Wednesday, August 10, 2011

सांसदहरुको चर्तिकला:


                                                                                                                                    Description: C:\Documents and Settings\subodh\Desktop\Subodh Pics\clip_image002.jpg

                                                       सुबोधराज प्याकुरेल.

आजकल नेपालका सांसदहरुको चर्तिकलाका बारेमा निकै टिप्पणी सुनिन्छ. निर्भिक आलोचना लोकतन्त्रको सुन्दर पक्ष हो. बिशेषतः संसदीय समिति का काम र काम गर्ने तरिका देखेर व्यवस्थापिका को भूमिका वारेमा थाहा पाउने हरु चाहिं चकित पार्नु अस्वाभाविक होइन. संसदीय समिति नीति निर्माणका सहयोगी हुन. नीति अनुसारको काम भयो भएन भनेर नीतिगत परिक्षण गर्ने सर्वोच्च निकाय पनि हुन. तर नीतिगत परिक्षण गर्ने ले जिम्मेवार पक्षलाई जवाफदेही बनाउनु पर्नेमा हाम्रा सांसद कहिले दुध चाख्न जान्छन भने कहिले प्राविधिक बिशेषले मात्र सम्परिक्षण गर्न सक्ने कुरामा समेत फैसला सुनाउन पुग्छन. उनीहरुले जवाफदेही बनाउनु पर्ने भनेको मन्त्रालय लाइ हो र त्यो पनि सम्बन्धित मन्त्री मार्फत. तर कुनै दिन हवाइजहाज उडाउने ककपिटमा सांसद बिराजमान हुन पुग्नु भयो भने पनि आश्चर्य नमाने हुने अवस्था सृजना गरि सकेका छन उनीहरुले. के त उनीहरु बेरोजगार भएकाले यस्तो भएको हो? कसै कसैको रायमा आफ्नो इज्जतको धोति फुस्केको कुरा राम्ररी बुझेकाले त्यहि सुमर्ने क्रममा यस्ता व्यवहार गर्दैछन उनीहरु. फाल्तुको व्यस्तता सृजना गर्ने क्रममा अनेकन उल्का गर्दै छन. संसदको गरिमा र प्रतिनिधित्व को सर्वोच्च अगुवा  संसदीय समिति नै हुन भन्ने ठुलो भ्रम उनीहरुमा छ. काठमान्डू महानगर पालिकाले बनाउन लागेको फ्लाइओभरको मामिलामा संसदीय समितिमा सर्वोच्च अदालतको निर्णय बिरुद्ध भनिएको भनेर जे कुरा बाहिर आयो त्यसले उनीहरुको दम्भ र अज्ञानता कै पुनर्पुष्टि गय्रो भन्दा अत्युक्ति हुने छैन. आफ्नो जिम्मा नपर्ने कुरामा पनि मन्त्री, प्रधानमन्त्री लाई नै बोलाएर हप्काएको अप्रिय दृश्य हामीले हेर्नु परि रहेको छ. अब त पुल, बाटो, अस्पताल, मकै-चामल, दुध, दही, यस्तै एजेन्डामा संसदीय समितिहरु आ आफ्नो हैकम देखाउँदै छन.
सांसदहरु जनताका प्रतिनिधी हुन. उनीहरुले जनताको बोलि बोल्नु पर्छ. सांसद पार्टीको घेरा भित्र मात्र अटाउँदैन. त्यसैले बिकशित देशमा पार्टी व्हिप लाग्ने बिषय हरु नै सिमित गरिएका हुन्छन. सांसद निजी बिल मार्फत कानुनको संसोधन, नया कानुनको निर्माण गर्ने हैसियतका जन-प्रतिनिधी हुन. सांसद मार्फत जनतालाई सुचित गर्नु, जनताको राय लिनु र जनताको अभिमत अनुसार काम गर्नु राज्यका सम्पूर्ण अंगको कर्तब्य हो. त्यसैले सांसद वा सभामुख ले संबैधानिक वा सरकारी निकायमा नियुक्ति गर्दा पार्टी का प्रतिनिधी छान्छन भनेर होइन कि व्यापक जनता संग घुलमिल भएकाले असल मान्छे को पहिचान गर्न सक्षम हुन्छन भनेर उनीहरुलाई त्यो जिम्मेवारी दिइएको हो.
सांसद जनतामा पार्टीको प्रतिबिम्ब पनि हुन. उनीहरुको क्रियाकलापले समग्र राष्ट्रीय राजनीतिको प्रतिनिधित्व पनि गर्छ. जनताले सब भन्दा पहिले सांसदलाई छामेर राज्यको न्यानो को मापन गर्छ भनिन्छ. यसरी हेर्दा उनीहरु उपर बहुमुखी जिम्मेवारी छ. राजनीतिक हिसाबले राज्यलाई अद्यावधिक गर्ने र नीतिगत रुपमा त्यता डोय्राउने जिम्मेवारी उनीहरुमा छ. सरकार देशी-बिदेशी र परम्परागत संरचना को दवाबमा हुन्छ. असल नेताले जनताको दवाब मार्फत त्यस्ता घेरा तोड्नका लागि सांसदको सहयोग लिने गर्छन. जनताको आवाज बोल्ने सांसदको अभिप्राय को साथ पाएर असल काम गर्न सरकार लाइ सजिलो हुन्छ. यस अर्थमा सांसद नागरिक समाज र सरकार बीचका सेतु पनि हुन.
हाम्रा सांसदको चाला हेर्नुस. जनता प्रतिको जवाफदेहिता को मापदण्ड का हिसाबले भन्ने हो भने उनीहरु असफल भइ सके. कसैले पनि सांसद लाइ संझिदैन. केवल पार्टीका नेताको मात्र कुरा गर्छन.
यति गम्भीर सवाल उठेका छन तर संसदमा बहस हुँदैन. हंगकंगमा गएर माओवादीका अध्यक्ष ले पारसशाह  संगै तिन अरब डलरको लगानीमा लुम्बिनी बिकाशको योजना बनाए भनिन्छ. त्यो राम्रो भए सहयोग गर्न, नराम्रो भए रोक्न, बिधी-प्रकृया नपुगेको भए पुय्राउन संसदमा बहस हुनु पर्ने. नेपालको बारेमा, विश्व सम्पदाको मामिलामा, युनेस्को लाइ छाडेर युनीडो र चिनिया गैर सरकारी विकास संस्था  संग सम्झौता गरियो भनिन्छ. जनता रनभुल्ल मा छन. १९७० मा संयुक्त राष्ट्र संघ संग गरिएको सहमति अनुसार लुम्बिनी गुरु  योजना बनेको छ. मंसीर २, २०६६ मा अर्को चिनिया संस्था संग लुम्बिनी विकाश कोषको शर्त मा काम गर्ने सरकारी सहमति भै सकेको छ जसले आठ अरब डलर खर्च गर्ने योजना छ.
रुकुम जिल्ला कि १२ वर्ष की जमुना बुढा कुपोषण का कारण सोमालियाकी भुखमरी पिडित बालिका को जस्तो ज्यान लिएर भेरी अस्पतालमा उपचाररत छिन. सर्व साधारण र संघ संस्था हरु उनलाई सहयोग गरि रहेका छन. देशको संबिधानले खाद्य अधिकार को कुरा गर्छ. कुपोषण र भुखमरी जस्ता अवस्थामा राज्य को भूमिका तोंक्छ. तर यस्ता कुरामा हाम्रा सांसदलाई सरोकार नै हुन्न. नेपालगंज र लुम्बिनी मन्दीर क्षेत्रका सांसद कुनै समाचार पढ्ने सुन्ने गर्दैनन कि क्या हो? उनीहरु आफ्ना पार्टी बाट सम्बन्ध बिच्छेद गरेर बसेका छन कि क्या हो? आफ्नो निर्वाचन क्षेत्र संगको साइनो बिर्सिएकी क्या हो?
हाम्रा नेताहरुले नाबिर्सियुन कि जनता साच्चै आजित भै सके. कुनै दिन यस्तो नआओस कि नेता आयो भन्ना  साथ जनता हात हात मा जे पायो त्यहि लिएर नेता लखेट्न , कुट्न थालुन. त्यस्तै बेलामा कुनै भंगज्याहा को उत्पति हुन्छ. निरंकुशता र बैदेशिक हस्तक्षेप को ढोका खुल्छ. त्यसैले जनतालाई नजिक राख्ने, उनीहरुलाई सामेल गर्ने र उनीहरु प्रति संवेदनशील हुने कुरामा गम्भिरता पुर्वक ख्याल गर्ने मामिलामा हाम्रा सांसद हरुले गंभीर हुनै पर्छ. नेताको दास हुन छोडेर सिद्धान्तको अनुयायी, पार्टीको बन्धक बन्न छोडेर जनताको अपेक्षाको भरिया बन्न सके  मात्र आ-आफ्नो पार्टीको लक्षको सेवा गर्न सकिन्छ. बिग्रिएका कुरा सच्याउन सक्ने र आलोचनाको घेरा भित्र रहने ले मात्र देश र सिद्धान्तको सेवा गर्न सक्छन. सबै सांसदले हेक्का राखुन कि जनता ले उनीहरुलाई राम्ररी नियाली रहेका छन. आउँदो चुनावमा एउटा यस्तो अभियान पक्का पक्की हुने छ जसले स्वतः स्फुर्त रुपमा प्रमाणित नालायक हरुलाई भोट नहाल्न जनता लाई अपील गर्ने छ. दक्षिण कोरिया मा नालायक हरुको फेहरिस्त बनाएर हजारौं ले सडकमा सार्वजनिक अपील गरेका थिए र सयौं बिगतका खराब उम्मेदवारलाई हराएका थिए. पार्टी भित्र पनि पालो पर्खेर बसेका हरुले दाउ खेल्ने नै छन. माननीय सांसद हरु, कृपया पाउनु भएको अवसर र चुनौति लाइ बेलैमा चिन्नु होस. खतराको घन्टी बजी सक्यो.
August, 10, 2011.

Reservation in Bureaucracy:


Quality or Race in bureaucracy? This is the unanswered question by Nepali Polity.
System controls or the Person? This is another unanswered question by bureaucracy it self.
Opportunity to utilize one's capacity or to appease  some one for vested interest? This is open secret of groupism. 

I wonder that there is hardly substantive recommendation for correction in the system to perfect it, instead recommendors  insist on current lacking and assume this will remain forever and accept we do not have capacity to correct and we are cursed not to attain professional and impartial quality.

There is hardly any plan to develop capacity. None of groups are beggars. No one want live on mercy. Reservation in India has been proven curse. And we are eager to adopt same outdated formula. Idiots will be leaders and incapables will be officers due to wrongly applied current policy of reservation. 

Organizations are like a big vehicle having several components, small or big. But inefficiency of any component, irrespective of its size and role , the whole Vehicle will stop functioning. 

Developed or underdeveloped, the whole nation and nationalities are entitled to get fair and equal treatment. Law does not differentiate haves or have nots, so called higher or lower. Equality and equity are the most. Here is the point to consider and adopt Human Development formula and statistics we have been generating since decades.

I am not expert. But i firmly believe on making every one equal owner of the nation and that through her/his capacity to assert, own and apply her/his quality to serve the nation. State is obliged to induce affirmative actions but that not by putting the cap but giving capacity to compete. The right to equal access to opportunities cannot be fulfilled if one does not have the capacity to compete.

Politicians need one capacity, to express the will of the people correctly.
Bureaucracy needs various capacity, to Plan, Translate and Improve. As such Bureaucracy is far more important for me. Without government Belgium is functioning not less better than with the government. I have seen the value of the word Permanent Government there.

Corrupt persons want to be CDO, LDO, Land Mgmt Officer, Irrigation Er. Road Er. etc. None of these leaders claim to reform the Post and communication, Science and Technology. Some Ministries were decided at the heaven by God for them, Supplies, Oil corporation. Don't believe on them. Analyze their motive. I do not mean others are better. I do not prescribe monopoly. But i firmly believe, if given opportunity and authority our bureaucracy and intellectuals have capacity to reform the bureaucracy is such manner that it will reflect Diligence, Quality and Impartiality.
I repeat again: Affirmative plan to develop competing  capacity.
No reservation for short or medium or any term. Each moment is equally important.

I know many persons will dislike my idea. Its radical society. Some may blame me because i am Bahun. But i quote with pride i have developed capacity and fought for the rights of Disadvantaged persons many times more than many so-called anti-Bahun leaders. Some may criticize because i am Pahadi. Let them know that i am 17th generation of Madhesi. I am more madhesi than many leaders claiming sole madhesi. I will challenge with them - which generation you are?  
I believe such questions should not come in 21st century civilization. Because i also believe that Right to Movement is the fundamental Human Rights of the People.

Tuesday, August 9, 2011

नेपालका सांसदहरुको चर्तिकला:

नेपालका सांसद महोदय हरुको चर्तिकलाको वारेमा टिप्पणी गर्नु भएकोमा धन्यवाद. संसदीय समितिहरु राज्यको नीति निर्माणका सहयोगी र नीति अनुसारको काम भयो भएन भनेर नीतिगत परिक्षण गर्ने निकाय हुन. कुनै कुरामा चित्त नबुझे जिम्मेवार मन्त्रीलाई जवाफदेही बनाउने काम उनीहरुको हो. यहाँ त कुन दिन पाइलट संग चित्त नबुझेर हवाइजहाज़ उडाउन कक पिट ताक्लान भन्ने पो पीर परिसक्यो. बेरोजगार र बदनाम भएपछी फुस्केको धोती सुमर्न नालायक हरुले गर्ने चर्तिकला यस्तै हुने गर्छ. अचेल उनीहरु महानिर्देशक, अधिकृत संग भलाकुसारीमा व्यस्त छन. देशको सार्वभौमिकता संग गाँसिएको कुरा संग बेमतलब भएर बसेका छन. पारस र प्रचण्ड मिलेर तिन अरब डलर ल्याउने हावादारी सम्झौता हंगकंग मा गरे. जनताका प्रतिनिधी के भएको हो भनेर एक शब्द सोध्दैनन. असल काम भए सहयोग गर्न, खराब भए रोक्न, प्रक्रिया नपुगेको हो भने प्रक्रिया पुय्राउन, राष्ट्रिय इज्जत को सवाल भए नियन्त्रण गर्न पनि एक वचन सोध पुछ त गर्नु पर्थ्यो?
समावेशी को भूत ले क्षमताको पहिचान पोलेर खाइ हाल्यो. दिन दिनै राक्षस ले पालो लगाएर वस्ती सखाप पारे जस्तो नेपाली अस्मिता सखाप पर्ने हरुको अगुवाईमा हामी जनता लाचार भएको अवस्था छ. अहिले समावेशी को नाममा सरकारी जागीरमा आरक्षण खोजिंदैछ, असक्षम हरुलाई नेतृत्वदायी - नियन्त्रणकारी भूमिकामा राख्न खोजिंदै छ. असक्षम लाइ क्षमतावान बनाउने योजना जानेरै बनाइएको छैन. किनकि क्षमतशील व्यक्ति दास बनेर पछी लाग्ने वाला छैन. पछि यस्तो दिन आउनेछ कि क्षमतावान हरु आफ्नो आफ्नो निजी व्यवशाय तिर लाग्ने छन. बौद्धिक, अनुसन्धान मा लाग्ने छन. उनीहरु धनाढ्य बन्लान. त्यसपछी ब्यापारी-धनाढ्य भए वापत रुसका क्रान्तिकारी देखि युरोपका गरीब सम्म बाट योजना वद्ध ढंगले लखेटिएका-मारिएका यहुदी को दुर्गति मा तिनै सक्षम हरुलाई पुय्राइने छ. आफु माखो मार्न नसक्ने अनि अरुले गरि खाएको देख्न नसक्ने आहारिस लाइ क्रान्तिको नाम दिने चोर हरु ले यसै गर्छन. यो भावुकता को खेति मौलाएको मौसम हो. यसबाट जनता मुक्त हुन समय लाग्छ. मुक्त हुनासाथको समय भयावह हुन सक्छ.
कुनै दिन यस्तो नआओस कि नेता देख्ना साथ बहुला कुकुर आएजस्तो गरेर जनता नेता आयो, नेता आयो भन्दै कराउन र गाउँले हरु हात हातमा जे पायो त्यहि टिपेर तिनको नास गर्न दगुरुन. त्यस्तै बेलामा भंगज्याहा हरुको उत्पति हुन्छ. निरंकुश शासक, सैनिक बिप्लव, बैदेशिक हस्तक्षेप पनि त्यस्तै बेलामा हुने गर्छ. पार्टीको बीचार र बीचार अनुरुप सारा राष्ट्रलाई समान मानेर आफन्त पराइ नभनी निरन्जन व्यवहार गर्ने लाइ हाम्रो शास्त्र ले नेता भन्छ. नेताको सफलता भनेको अर्काको मन जित्न सक्नुमा निर्भर हुन्छ.
हाम्रा नेता सामन्तवाद को, राजतन्त्र को बिरोध गर्छन तर व्यवहार ठिक त्यहि गर्छन जसको बिरोध गर्नमा उनीहरुले आफ्नो जीवनको अमुल्य बर्ष बिताए. अर्कालाई हेप्ने, दुत्कार्ने, लूटने, टुक्र्याउने र शासनको नाममा दमन गर्ने.
फेरी केहि समय पर्खी बसौँ, जनताको चेतना फर्की आउनेछ.
शुभेक्षु,
सुबोध.