Tuesday, February 6, 2018

नेपालमा संक्रमणकालीन न्यायको वर्तमान अवस्था : आयोगको धारणा

               ०७४|माघ|२२.
                                                              राष्ट्रिय मानवअधिकार आयोग|
उपश्थिति: आयोगका अध्यक्ष, अनुपराज शर्मा| सदस्यहरु, सुदिप पाठक, मोहना अन्सारी|
द्वन्द्व पीडित साझा चौतारीका अद्यक्ष, सुमन अधिकारी, पीडितहरु, अधिकारकर्मी|
बिशेष उपश्थिति: एमालेका अग्नी खरेल| नेकांका नारायण खड्का|
बिषय: संक्रमणकालीन न्यायका लागि गठित आयोगहरुको क्षमता, काम र समयावधी थप्ने सन्दर्भमा विषयवस्तुको मुल्यांकन गरिएको थियो|
·         आयोगहरुले अपनाएको कार्यबिधी पीडितलाई न्यायको अनुभूति दिलाउने प्रकारको भएन|
·         सर्वोच्च अदालत, संयुक्त राष्ट्र संघ र पीडितले खोजेको परिपूरणको मान्यता अनुरुपको भएन|
·         अहिलेका आयुक्तहरुबाट कार्यसम्पादन हुनसक्ने देखिएन|
·         अन्ततः अन्तर्राष्ट्रिय क्षेत्राधिकारलाई आमन्त्रण गर्ने कार्यशैली देखियो|
इन्सेकको धारणा: (सुबोध राज प्याकुरेल, अध्यक्ष)
1.       लक्ष: द्वन्द्व पिडितलाई परिपूरणको अनुभूति दिलाउनु हरेक संक्रमणकालीन न्यायसंग सम्बन्धित निकायको केन्द्रीय लक्ष हुनुपर्छ| त्यस्तै मानसिकता र लक्ष अनुरुपको सृजनशीलताको अपेक्षा पनि राख्नु पर्छ| उल्लेखित लक्ष हासिल गर्न ४ कुरा आवश्यक पर्छ:-
2.       पूर्वाधार:
1.       बिशेष कानून|
2.       संरचना|
3.       बिशेष अदालत र,
4.       विशिष्ट (सृजनात्मक) प्रकृया|
1.       हेक्का रहोस कि आजको दुनियाले दण्डमुक्तिलाई मान्यता दिंदैन| तर कस्तो ज्यादतीमा कति सजाय भन्ने कुरा राष्ट्रहरुको आफ्नै सार्वभौम अधिकारक्षेत्र भित्र पर्दछ|
2.       सामान्य बेलाको फौजदारी कानून अनुसारको सजाय तोक्ने कुरा संक्रमणकालीन मामिलामा व्यवहारिक हुँदैन|
3.       स्वीकारोक्ति पनि एक प्रकारको सजाय ग्रहण गर्नु नै हो|
4.       सत्य स्थापित नगरियुन्जेल संक्रमणकालीन मामिलामा एक पाइला पनि अगाडी बढ्न सकिन्न| अर्थात संक्रमणकालीन न्यायको प्रथम पाइला सत्यको स्थापनाबाट सुरु हुन्छ|
5.       सत्य स्थापना तीन पक्षको साझा सहमतिमा गरिन्छ/गर्नुपर्छ:
1.       पीडित २. पीडक र ३. समाज|

३. काम: संक्रमणकालीन न्यायका संयन्त्रले गर्नुपर्ने काम:
1.       अन्यायको छानबीन गर्ने| परिश्थितिजन्य प्रमाणका आधारमा घटना स्थापित गर्ने|र, परिपूरणको लागि सिफारिस गर्ने| स्मरण रहोस, यि सबै काम गर्दाको आधार पीडित,पीडक र समाजबाट प्राप्त हुने ज्ञान र सहयोग नै हो| र, संक्रमणकालीन न्यायका संयन्त्रहरु आफै स्वतन्त्र निर्णय गर्ने होइन कि घटनाबाट प्रभावितहरुको सत्यताको अभिलेखमा रोहबरमा बस्ने पात्र मात्र हुन|
2.       संक्रमणकालीन न्यायका संरचनाले हेर्ने र छुट्याउने केवल दुइ कुरा मात्र हो, न्याय वा अन्याय| उसले कानूनका दफा वा अनुसन्धानको अवस्था अथवा अभियोजनको प्रामाणिकता हेर्ने होइन| नेपालका संक्रमणकालीन न्यायका लागि गठित आयोगहरुसंग केहि आधार पहिले देखि छ:-
1.       सर्वोच्च अदालतको निर्णय, निर्देश|
2.       नेपाल पक्षराष्ट्र भएको अन्तर्राष्ट्रिय कानून|
3.       सन्धी ऐन| जस अनुसार अन्तर्राष्ट्रिय कानूनसंग बाझिएको हद सम्म घरेलु कानून निष्क्रिय हुन्छ|
४. सरकारले गर्नुपर्ने काम: (संसद, महान्यायाधिवक्ता र प्रहरी, अनुसन्धानसंग सम्बन्धित):
1.       संक्रमणकालीन सजायको कानून|
१.१. पीडित, पीडक र समाजले क्षमादान दिन चाहेमा सजायमा हुनसक्ने छूटको कानून|
१.२. पीडाको र पीडकको अभिलेख राख्ने बैकल्पिक उपायको कानून|स्मरण रहोस सजाय छैन भने               अपराध पनि हुन्न|
१.३. गम्भीर प्रकृतिका अपराधको मामिलामा भूतलक्षी कानून|
१.४. परिपूरणसंग सम्बन्धित क्षेत्राधिकार, कार्यविधि र जवाफदेहिता स्पष्ट किटान गरिएको कानून|
2.       संक्रमणकालीन अपराधको मामिलामा न्याय सम्पादन गर्न बिशेष अदालतको गठन|
3.       अभियोजन र अनुसन्धान गर्ने विशिष्ट संरचनाको गठन|
4.       द्वन्द्व बाट शिक्षा लिएर भविष्यको लागि अपनाउनु पर्ने सामाजिक न्याय, नागरिक मर्यादा र नगरिक सुरक्षाको लागि अनुसन्धाताहरु सम्मिलित विज्ञहरुको समितिको गठन|

धन्यवाद|

Thursday, February 1, 2018

कर्मकाण्डी विभाजनको काम छैन:


हाम्रो परिवारमा कर्मकाण्डीको नजरमा अन्तरजातीय ठहरिने बिहेवारी भए| मावलको सगोत्री, भाषाले नेवार, जातिले म्लेच्छ बुहारीहरू आए| सबै हाम्रा असल छोरी समान छन| जात मिलाएर हेर्दा भाषा फरक भएकी बुहारी कर्मकाण्डी सिद्धान्तले पनि ज्योतिष ब्राह्मण हुन| एउटी बुहारी ब्राजिलकी हुन जसको मातृभाषा पोर्चुगिज हो| हामी तिन जना दाजुभाई छौं र हाम्रा छ जना छोराछोरी| दुइ वटी छोरीहरु र चार भाई छोराहरु| मेरी आमा अस्सी बर्ष कटीसक्नु भएको थियो जब मेरो छोराले बेलायतमा पढ्न बस्दा ब्राजिलकी केटीसंग माया बसेको र उनि यहाँ आएर बिवाह गर्न चाहन्छिन भन्ने खबर लिएर उहाँ सामु डराउँदै हामी हाजीर भयौं| उहाँले सहर्ष भन्नु भयो, नातिले छानिसक्यो अब उसको मर्जी हामीले त आशिर्वाद पो दिने हो| बेलायतमा एसीसीए र एमबीए सकेर आएको केहि दिनमै छोराले आफ्नो इच्छा बतायो| बुहारी आइन| कत्रो बिश्वास उनले हाम्रो परिवार प्रति गरिछन? हवाई अड्डामा छोरा लिन गयो र राति ११ बजे उनि हामीकहाँ आइन| हामीले भन्यौं, हाम्रो परिवारलाई जाँच्नु चित्त बुझे बिवाह गरीदिउँला| ४-५ दिन पछि उनले आत्मविश्वास प्रकट गरिन| ललितपुर जिल्ला प्रशासनमा लगेर बिवाह दर्ता भयो| त्यसपछि बिराटनगरमा वैदिक प्रकृयाले बिवाह गरिदियौं| सम्पूर्ण परिवार र इष्टमित्र सहभागी भए| त्यसपछि बुहारीको माइत पठाइयो दम्पत्ति लाई| त्यहाँ उनीहरुको रिवाज अनुसार बिवाह समारोह गरे| अहिले हामी तिन भाईका पाँच नाति र छ नातिनी छन|
आमा छ बर्ष अघि बित्नु भयो| आमाहरुले सासूको बिंडो थामेका छन| चार भाई छोराहरु मध्ये एउटा ब्राजिलमा व्यापार गर्छ| बाँकि तिन बिराटनगरको उद्योग, कृषि फर्म र हेटौडाको उद्योग चलाएर बसेका छन| चारै जनामा सगोलको एकता छ| दुई दिदि बहिनी समेत छ जनामा सपरिवार आत्मीय सम्बन्ध छ| ठूलो ज्वाईं बिराटनगरमा उद्योगपति हुनुहुन्छ कान्छा लण्डनमा जागिरे|
मलाई अचम्भ लाग्छ मान्छेहरु संगत नगरिकनै जातमा भेदभाव किन गर्छन? हुनत हाम्रो संबिधानमै जातीय आधारमा नागरिकलाई बिभाजन समेत गरिदिए| जुन चिज हटाउन तिर लाग्नु पर्थ्यो त्यसलाई संबैधानिक बनाइदिए| तिमि अर्को भन्दा फरक छौ भनेर छुट्याई दिए|
रामरिझन यादव हाम्री झापाली चेलीका श्रीमान| उहाँकी छोरीले पनि अन्तरजातीय बिवाह गर्ने भइछन| छोरीलाई शुभाशिष, ज्वाईंलाई सलाम|

सुबोध/लता प्याकुरेल| बिराटनगर| हाल: काठमान्डू|