Thursday, January 19, 2017

नागरिकको दायित्व :

विश्व अर्थतन्त्रको बिकाशको पछिल्लो तथ्यांक हेर्ने हो भने १९८० यता यसको बढोत्तरी ३ सय ८० प्रतिशतले भएको छ| तर दैनिक ५ डलर भन्दा कम आम्दानी गर्न सक्ने गरीब हरुको संख्या बढेर १ अरब १० करोड पुगेको छ| प्राकृतिक श्रोतको दोहन चरम अवस्थामा पुगेको छ र भनिन्छ अबको ५० बर्षमा पृथ्वीका मानिसले आफ्नो उपभोगमा आधा कटौती गर्नुपर्ने दिन आउंदै छ| महात्मा गान्धीले भन्नु भएको थियो , तिम्रो आवश्यकतालाई धर्ति माताले पुरागर्न सक्नु हुन्छ तर तिम्रो लालच पुरागर्न सक्ने क्षमता उहाँमा छैन| यसै हप्ता विश्वका राष्ट्र प्रमुखहरु न्युयोर्क स्थित संयुक्त राष्ट्र संघमा भेला हुँदै छन, दिगो बिकाशको संयुक्त राष्ट्र संघीय कार्य योजनालाई पारित गर्न| भर्खरै अक्सफाम नामक गरीबी बिरुद्धको बेलायती संस्थाले सार्वजनिक गय्रो कि विश्वका आधा गरीबहरुको सकल धन भन्दा बढी धन जम्मा ८ जनासँग छ र यो अनुपात तेजिका साथ् बढ्ने क्रममा छ| ति ८ विश्व-धनाढ्य मध्ये ६ जना अमेरिकी छन| अहिले विश्वका बीचार निर्माता र सञ्चार जगतमा व्यापक होहल्ला चलिरहेको छ| अब के गर्ने? उपभोग घटाउने, जनतालाई थोरैले पुय्राउने र अम्मल र विलासी जीवन शैली त्याग्न अभिप्रेरित गर्ने? अथवा धनाढ्यहरुको आम्दानीमा बढी कर लगाउने? सबैले गरीबीलाई जीवनको दुरुहता अथवा कष्टसँग गाँसेर हेरेका छन| देशका सरकारहरु कमाउनेलाई बढी कर लगाउन आनाकानी गर्छन| अमेरिकी चुनावको मुख्य मुद्दा नै करको दर घटाउने र सामाजिक सुरक्षाका कार्यक्रमबाट सरकारले हात झिक्ने कुरामा केन्द्रित भएको थाहै छ| धनीमानीको चन्दा र साथ् बेगर चुनावी रमझम गर्नै नसकिने देशमा अति-धनी उपर अंकुश लगाउन गाह्रै छ| बैदेशिक लगानी गरेर देशमा आम्दानी भित्र्याउनेहरु राजनीतिका वास्तविक निर्णायक भैसकेका छन| जहाँ जहाँ उनीहरुको लगानी छ त्यो देश संगको सम्बन्ध र त्यहाँबाट हुने फाइदाका कारण कुटनीति र बैदेशिक सम्बन्धका वास्तविक खेलाडी पनि उनीहरुनै बनेका छन| अमेरिकामा ब्याप्त स्वतन्त्र-नगरिकपनले भन्छ – “ म कमाउँछु र बीमा गरेर वा नगरेर आफ्नो व्यवस्था आफै गर्छु बेकारमा यो राज्य बीचमा किन आयो? मेरो आम्दानीमा कर थोपर्ने होइन अनुगमन गर सुरक्षा देउ र आफ्नो सरोकार कम गर |”
अर्को चित्र पनि संसारमा छ| अमेरिकी जनताको बार्षिक आम्दानी सरदर ५३ हजार डलर भन्दा ४७ हजार कम अर्थात मुस्किलले ६ हजार डलर बार्षिक आम्दानी भएको क्युबाका नागरिकको पनि सरदार आयु अमेरिकाको सरह ७९ बर्ष नै छ| त्यस्तै अवस्थामा पेरु, इक्वेडर, होंडूरास, निकारागुवा र ट्युनिसिया जस्ता देश पनि पुग्ने क्रममा छन| सबै प्रकारका शिक्षा र स्वास्थ्यमा पहुँचको अवस्थाका दृष्टिकोणले क्युबा अमेरिका भन्दा अगाडी छ| ७ दशक देखि अमेरिकी नाकाबन्दी खेपेर पनि क्युबालीहरु पुग्दो क्यालोरीको पहुँचमा छन| भर्खरै विश्व आर्थिक मंचले प्रकाशित गरेको समावेसी बिकाश सूचकांकमा सामेल ७९ राष्ट्रको सूचीमा बार्षिक प्रतिव्यक्ति आय ८ सय ५ डलर भएको नेपाल १५ औं स्थानमा छ| जबकी प्रति व्यक्ति आय १ हजार ६ सय ४ भएको भारत ६० औं स्थानमा अर्थात नेपाल भन्दा ४५ तह तल छ| प्रशस्त प्राकृतिक श्रोत भएका अफ्रिकी देशहरु शोषण बिरुद्ध, भेदभाव बिरुद्ध, राष्ट्रियताको पक्षमा आदि इत्यादी नारा लिएर उदाएका धार्मिक, जातीय, भाषिक समुहमा विभाजित भएर शसस्त्र आन्दोलनमा छन| सुडानको के कुरा गर्नु नाइजेरिया, इथियोपिया, टर्की  लगायतका देशहरु पनि घनघोर शंकटमा छन| अफगानिस्तान र सिरियाको दशा बयान गर्नै परेन| फ्रान्सेली अनुसन्धानकर्ता हरुले दक्षिण एसियाली देशहरुको बामपन्थी आन्दोलनको अध्ययन गरेर एउटा पुस्तक प्रकाशित गरेका छन|मैले ०६१ सालमा पढेको हुँ| उनीहरुको निष्कर्ष के छ भने सुरुवातमा न्याय समानता समावेशिता देशभक्ति आदि सुन्दर नारा लिएर उदाएका क्रान्तिकारी आन्दोलनहरु शसस्त्र संघर्षका लागि धन जम्मा गर्न लागे पछि अधोगतिको शिकार हुन्छन| किनकि धन असुल्नका लागि लुट्न जान्ने आपराधिक शैली र व्यक्ति भित्र्याउने बाध्यताले ति राजनीतिक संगठनहरु प्रदुषित हुन्छन| पार्टी भित्रै अन्तरसंघर्ष चर्कन्छ| बलियोले दमन गरेर जित्छ| किनकि संघर्षको बेलामा स्वच्छ प्रजातान्त्रिक प्रकृया सम्भव हुन्न| अन्ततः त्यस्ता समुह बिदेशी वा स्वदेशी शक्तिको पन्जामा परेर सुस्ताऊंछन् अथवा अस्ताउँछन| तिनको अन्त्य र नयाँ राजनीतिक उपक्रमको सुरुवातको चरण बडो खतरनाक हुन्छ| किनकि यो बेलामा देशभित्र छिर्न र पकड जमाउन देशी बिदेशी शक्तिहरुको तँछाडमछाड हुन्छ| यदि कुनै नेताले राष्ट्रिय स्वाभिमान जोगाउने गरी स्वतन्त्र निर्णय गर्न खोज्यो भने त्यस्तो नेताको तेजोवध गर्न हरसम्भव प्रयास गरिन्छ| हस्तक्षेप गर्नेहरुको अभिप्राय भनेको आफ्नो पक्षको समुहलाई राजनीतिमा स्थापित गर्नु र त्यो गुण लगाए वापत त्यस देशको दोहन गर्ने दीर्घकालीन मार्ग प्रशस्त गर्नु हुन्छ| बहुजातीय र अनेक विविधता भएका देशहरु यस मामिलामा बढी संवेदनशील हुन्छन यसर्थ हस्तक्षेप गर्न सजिलो हुन्छ| हरेकलाई तिमि बेग्लै, उ बेग्लै भनेपछि पुग्छ| कतै संख्या देखाएर, कतै सम्पन्नता देखाएर ,कतै चालचलन देखाएर भड्काउन सजिलो हुन्छ| भर्खरै प्रकाशित इन्टोलरेन्सट्रयाकर नामक अध्ययनले देखाए अनुसार अनेक बहानामा असहिष्णु र विभेदकारी व्यवहारलाई राजनीतिले संरक्षण दिने प्रवृति दक्षिण एसियामा बढ्दो छ र भारत र बंगलादेशमा यसको गति तिब्र छ| हिटलरले यहुदीहरुको सम्पन्नता देखाएर जर्मनहरूलाई भड्काएका थिए| ज्ञान, बिज्ञान, शिक्षा, उद्यम जस्ता क्षेत्रमा अग्रणी रहेका यहुदीहरुले प्रथम विश्वयुद्धमा आफ्नो देश अपमानित हुँदा अनुसन्धान, उत्पादनमा प्रशस्त योगदान गरेको भएता पनि लडाइको मोर्चामा प्रत्यक्ष लड्ने काममा उनीहरुको उपस्थिति नगण्य थियो|
महात्मा गान्धीले ग्रामीण अर्थतन्त्रलाई मियो मानेर भारतको आर्थिक बिकाशको नक्सा कोर्नुपर्छ भन्नु हुन्थ्यो| अहिले सन् २०३० सम्ममा विश्व नागरिकलाई गरीबी बाट उकास्ने दिगो बिकाश लक्षको योजनाले आम नागरिकको पहुँचमा रहने मर्यादित जीवनस्तरको कल्पना गरेको छ| शिक्षा मार्फत क्षमता र संचेतना अनि सचेत र सक्षम नागरिकले प्राप्त गर्ने अवसरका कारण हुने दिगो बिकाशको कल्पना गरेको छ| सबै खाले भेदभावका बिरुद्ध नागरिकसमाज, सरकार र अन्तर्राष्ट्रिय संलग्नताको वकालत गरेको छ|वातावरण, शिक्षा, स्वास्थ्य र तालीम जस्ता कुराको उल्लेखमात्र गरेको छैन कि त्यसको निरन्तर र प्रभावकारी अनुगमनको व्यवस्था पनि गरेको छ| १७ प्रमुख उद्धेश्यका साथ् आएको यो दिगो बिकाश लक्षका बारेमा आगामी दिनमा हामीकहाँ पनि प्रशस्तै चर्चा हुनेछ| र यो चर्चाको मियोमा हुनेछ हामीकहाँ उपलब्ध प्राकृतिक, मानव र आर्थिक क्षमताको अधिकतम उपयोग गर्दै न्यायपूर्ण बिकाशको बाटोमा कसरि अगाडी बढ्ने? भारतको राष्ट्रिय कांग्रेस अथवा अमेरिकाको रिपब्लिकन पार्टी लगायत अनेक देशको अनुभवले के भन्छ भने राष्ट्रिय स्वाभिमान र सामाजिक बिकाशको कुरा लिएर अगाडी बढेका सामाजिक आन्दोलनहरु पछि राजनीतिक दल बन्न पुगे|आन्दोलनको बिकाश क्रममा मुख्य तगारोको रुपमा राज्य देखा परेपछि ति आन्दोलनले राजनीतिक आन्दोलनको स्वरूप ग्रहण गरे | प्रचूर श्रोत भएको अमेरिका धन र धनीको पक्षधर् भयो| धेरै गरीब भएको भारत समन्यायको अथवा समाजवादी भयो| तथापि १० बर्षका लागि भनेको आरक्षण ७ दशक बितिसक्दा पनि भारतले अहिले सम्म हटाउन सकेको छैन|
कुनै पनि देशको वास्तविक सम्पति भनेको त्यहाँका नागरिक नै हुन| र बिकाश तब मात्र सम्भव छ जब सम्पूर्ण नागरिक समग्र देशको बिकाशका लागि एकाग्र भएर लाग्छन| आज हामी सिंगापुरको चर्चा सुन्छौं | त्यहाँको बिकाशको मुख्य कारण त्यहि हो| युगान्डाले दोहोरो अंकको बिकाश दर हासिल गर्नुमा पनि बिगतको हिंसात्मक द्वन्द्व बाट पाठ लिएर सम्पूर्ण युगान्डाली एक हौँ भन्ने संकल्प लिनाले हो|हुतु र तुत्सीको द्वन्द्व पछि उनीहरुले हुतु-तुत्सीको परिचय दिने थर नै लेख्न बन्द गरे| राष्ट्र बिकाशको चरण दुखदायी हुन्छ| किनकि जो पहिले देखि बिकसित छन तिनकै इलम र क्षमताको अधिकतम प्रयोग गर्न राज्य बाध्य हुन्छ| तर बिगतको दुख:का पीडितहरु तत्कालै आफ्नो स्वामित्व चाहन्छन| राज्य पाइला पाइला गरेर मात्र अगाडी बढ्न सक्छ |तर पिडित हरु तत्कालै उफ्रिएर माथि पुग्न चाहन्छन| राज्यका निर्माता भनेको जनता नै हुन| लोकतन्त्रमा सबै नागरिक समान यस कारण हुनछन कि उनीहरु सबैको अभिमतको मुल्य बराबर हुन्छ| सबैले बराबरी भोट दिएर संसद, सरकार र कानूनको निर्माण गर्छन| कानूनले भेदभाव गर्दैन भने त्यो समावेशी राज्य हो| यसबाट निष्कर्ष निस्कन्छ कि नागरिकलाई समान ठान्ने कानूनको उपयोग पनि बराबरी गर्नसक्ने नागरिक तयार नहुन्जेल राज्य व्यवहारमा समावेशी हुन सक्दैन| सुचनामा पहुँच नभएको नागरिकले अवसरका बारेमा थाहै पाउंदैन| क्षमता नभएको नागरिक प्रतिष्पर्धामा अब्बल बन्नै सक्दैन|
राजनीतिले सबै नीतिको प्रतिनिधित्व गर्ने, सबै नीतिका बीच समायोजन गर्ने भएकोले नागरिक समानताको नीतिलाई व्यवहारमा रुपान्तरण गर्न समावेशी कार्यक्रमको अवलम्बन गर्नु पर्छ| क्षमतामा अब्बल भएर प्रतिष्पर्धी बन्न सक्ने नागरिकको बिकाश गर्नु नै राज्यको प्रमुख दायित्व हो| जसको क्षमता बिकाशमा जस्तो अड्चन छ त्यस अनुसारको उपचारको कार्यक्रम निर्माण गर्नु , त्यसको पक्षमा जनचेतनाको बिस्तार गर्नु र आम नागरिक र उनीहरुसंग सम्बन्धित शिक्षा, संचार, सामाजिक आन्दोलनलाई परिचालित गर्नु पनि उसको दायित्व हो| यहाँनिर भ्रम पाल्नु हुन्न कि राज्य भन्नु नै सरकार मात्र हो| राज्य भन्नुको अर्थ हामी सबै नागरिक हौँ|
माथि उल्लेखित सबै उद्धेश्य पुरागर्न सक्षम नागरिक र निश्पक्ष प्रतिकृयाको आवश्यकता पर्छ| नागरिक समाजको भूमिका यस्तै कर्मका लागि महत्वपूर्ण मानिएको हो| संस्था वा व्यक्ति प्रतिको संलग्नता भन्दा माथि उठेर बिषयको आधारमा तथ्य र तर्कका आधारमा सामाजिक प्रयास गर्ने बौद्धिक श्रोतका रुपमा नागरिक समाजका अभियन्ताहरु लोकतान्त्रिक विश्वमा स्थापित छन| र, संयुक्त राष्ट्र संघले समेत नागरिक समाज वा गैरसरकारी संस्थाको समानान्तर प्रतिवेदनलाई मान्यता दिने गरेको छ| उनीहरुलाई संस्थागत आवद्धता समेत दिने गरेको छ| बिकाशको अर्थ आफ्नो बारेमा आत्मनिर्भर निर्णय लिनसक्ने र व्यक्तिगत, सामाजिक, आर्थिक बिकाशका अवसर सम्म पहुँच भएको नागरिक बन्नु हो| पहुँचका लागि क्षमता चाहिन्छ| क्षमताको बिकाशमा बाधक अनेक तत्व छन्| ति सामाजिक, आर्थिक वा राजनीतिक हुन सक्छन| जस्तो बाधक छ त्यस अनुसारको उपचारको आवश्यकता पर्छ| केवल राजनीतिक समाधान खोज्यो भने त्यसले संसद मार्फत कानून बनाइदेला| संरचना पनि बनाइदेला| तर व्यवहार र संस्कार फेरिएन भने त्यो कानूनको किताबमा सीमित रहने छ| सिंगो देशको बिकाशको अभिप्राय भएन भने एकातिर अल्पसंख्याको बारेमा बढी ध्यान दिइयोस भन्ने अर्कोतिर जनसंख्याको मात्र आधारमा राजनीतिक पहुँच चाहिन्छ भन्ने जस्तो माग आउला| हामी नागरिक समान हौँ भन्नासाथ समानताको बाटोमा जे जस्ता तगारा छन त्यसलाई हटाउने दायित्व पनि सबै नागरिकको काँधमा छ भन्ने कुरा बुझिएन भने कसैले जातीय आधारमा कसैले भूगोलको आधारमा, कसैले इतिहासको आधारमा अग्राधिकार माग्न थाल्छन| यसले प्रगतिशील प्राप्तिको सिद्धान्तलाई नामेट पारिदिन्छ| अर्थात सिंगो राष्ट्रिय दायित्वलाई सम्झेर पछाडी परेका नागरिक प्रतिको हाम्रो पहिलो दायित्वलाई नकार्छ| जसरी नेतृत्व बिकाशको प्रकृया नभएको  पार्टीको आयु लामो हुन्न, नौलोपनको निरन्तरता नभएको ब्यापार फस्टाउँदैन त्यसै गरी सीमित समुदाय, भूगोल र संस्कारमा आधारित राष्ट्रियता पनि बलियो हुँदैन| भूगोल यथार्थ हो| जनता चलायमान हुन्छन| जहाँ अवसर मिल्छ त्यहाँ सर्ने मानव जातिको चरित्र नै हो| अवसरको समानताका लागि अबिकशित समुदायको बिकाशलाई प्राथमिकता दिएजस्तै अबिकशित भूगोलले पनि प्राथमिकता पाउनुपर्छ| र अबिकशित भूगोलको बारेमा प्राथमिकता नअलमलियोस भनेर सेन्टी-लग भनिने न्यायपूर्ण प्रतिनिधित्वको सिद्धान्त संसारभरी लागु छ| हाम्रो देशमा यस्ता कुरा कसले गरिदेला? गर्नुपर्ने राजनीतिज्ञ हरुले हो| तर उहांहरु नागरिकलाई जनसंख्याको मापनले हेर्न अभिशप्त हुनुहुन्छ त्यसैले जसरी भएपनि बढी भोट पाउन सकेसम्म बढी जनतालाई आफ्नोमात्र वरिपरी राख्ने रणनीति अंगाल्नु भएको छ| हामीकहाँ महात्मा गान्धी वा नेल्सन मण्डेला जस्ता कुनै राजनेता पनि छैनन् जसको कुरा सुनेर मन नलागे पनि जनताले भरोसा गरुन| यो खाडल पुर्ने जिम्मा पनि इतिहासले नागरिकसमाजको काँधमा हालिदिएको छ|

मानबअधिकारलाई मार्गदर्शन मान्ने प्रतिवद्ध नागरिक समाजका लागि सामाजिक न्याय उनीहरुको लक्ष हो|लोकतन्त्र समाजिक न्याय प्राप्तिको प्रकृया हो| र कानूनको शासन उनीहरुको अनुशासन हो| सामाजिक न्यायको बाटोमा सांस्कृतिक, सामाजिक  व्यवहार तगारो छ भने सांस्कृतिक, सामाजिक  चेतनाको अभियान चलाउनु पर्छ| आर्थिक, राजनीतिक नीतिहरु बाधक छन् भने त्यसको बारेमा खुला बहस गरेर सुधारको अभियान चलाउनु पर्छ| हरेक कर्म र अभियानको लक्ष चाहिं पछाडी परेकाहरुको प्रतिष्पर्धी क्षमताको बिकाश र मर्यादाको समानता नै हुनुपर्छ| सबै नागरिकले आत्मसात गर्नुपर्छ कि देश सबैको साझा हो र एक कुनाको बिकाश वा अबिकाशको फल वा पीडा सबैले साझा भोग्नु वा सहनु पर्ने छ| नेपालले पटक्कै प्रगती गर्न सकेन भन्नेहरुले मानव बिकाशको संयुक्त राष्ट्र संघीय प्रतिवेदन र विश्व आर्थिक मंचको समावेशी बिकाशको प्रतिवेदन पढेपछि सायद बुझ्ने छन् कि हाम्रो मानवीय बिकाशको प्रकृया भारत, पाकिस्तान आदि देश भन्दा राम्रो र समावेशी छ| यसलाई अझ राम्रो बनाउने तरिका भनेको राष्ट्रिय एकता र देश भरिका जनता प्रतिको हरेक नागरिकको दायित्वबोध नै हो| 

Thursday, October 27, 2016

लोकमान प्रवृतिको समूल अन्त्य गरियोस:०७३ कार्तिक ०५

संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्की बिरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावको हामी स्वागत गर्दछौं| तत्कालिन राजा ज्ञानेन्द्रको निरङ्कुश शासन कब्जाको बिरुद्ध लगभग एक बर्षको संघर्ष पश्चात हामीले मुक्ति पाएका थियौं| तर खुलेआम संबिधान, कानून र राजनीतिक इमान्दारितालाई कुल्चदै गरिएको अख्तियार दुरुपयोग अनुसन्धानको नियुक्तिका बिरुद्ध सिंगो चेतनशील जमातले तर्कपूर्ण ढंगले वास्तविकता उजागर गरिरहँदा पनि संसदीय सुनुवाइका लागि साढे तिन बर्ष कुर्नुपर्ने स्थितिले हाम्रो देशको राजनीति, संबैधानिक सर्वोच्चता र कानूनको शासन मार्फत नागरिकको मर्यादा र स्वतन्त्रताको रक्षा गर्ने स्थिति भयावह प्रकारले कमजोर पारिएको कुरा छर्लंग भएको छ|
लोकमानको नियुक्ति तथा अख्तियार र त्यसमा कार्यरतहरुले उपभोग गरेको अवशिष्ट, अनियन्त्रित र विशिष्ट अधिकारको प्रत्यायोजन किन र कसरि गरियो भन्ने अहम सवाल जीवित छ| केहिदिन यता पटके अपराधीहरु, लागु पदार्थका ब्यापारीहरु प्रहरी द्वारा पक्राउ परेकामा उनीहरु अख्तियारका सुराकी रहेको भेद खुलेको छ| सरकारका सचिवालय, बिभाग र राजश्व संग सम्बन्धित निकायहरुले माथीको आदेश भन्दै आर्थिक, बिकाश र व्यवशायिक क्षेत्रमा मनपरी आतंक मच्चाएका घटनाहरु बग्रेल्ती छन| कर्मचारीतन्त्रको अराजक व्यवहारका कारण आम नागरिक मौन आतंकमा बस्न बाध्य गराइएका छन|
सर्वोच्च अदालतको तेजोवध गर्न लोकमानको घरमा भाडामा बस्ने देखि स्थानीय निकायका सचिव, सरकारी नियुक्ति पाएका उच्च पदस्थ देखि सादा पोशाकमा खटिएका प्रहरी सम्मको व्यवहार देख्दा आम नागरिकले देशको कानून कुनै एक व्यक्तिको लहडमा उनकै कब्जामा पुगिसकेको आभाष पाएका छन| नागरिक समाजका चेतनशील आवाज़लाई थान्को लगाउन समाज कल्याण परिषद, उद्यमीका बिरुद्ध राजश्व अनुसन्धान, शैक्षिक संस्थाहरुका बिरुद्ध सम्बधित परिषद  र सर्वसाधारणलाई तर्साउन एआइजीको नेतृत्वमा खटाईएका डेढसय भन्दा बढीको अराजक जत्थाले मुलुकलाई त्राहिमाम बनाएको थियो| अहिलेपनि अख्तियारको थुनुवा केन्द्र यातना गृहको विद्रूप प्रमाणको रुपमा छ जहाँ कालो सीसामा पारिएको सानो प्वालमा मुख जोडेर थुनुवाले भेटघाटमा आएका संग कुरा गर्नु पर्छ| त्यसरी थुनामा परेकाले अदालतबाट बारम्बार सफाई पाउँदा पनि अख्तियारको कारवाही प्रतिशोधपूर्ण थियो भन्न संसद वा सरकार वा कुनै नेताले सकेका थिएनन|अहिले कुनाकाप्चा बाट उनको सम्मानपूर्ण वहिर्गमनको पक्षमा चर्चा गर्न थालिएको छ| कोहि अदालतको बीचाराधीन बिषय हो भन्न थालेका छन्| तर जीवन्त सवाल के हो भने अदालतले उनको नियुक्तिको वैधताको प्रश्न मात्र निरुपण गर्ने हो| उनको र उनका मतियारहरुको अपराधको छिनोफानो संसदले नै गर्नुपर्छ| गम्भीर अपराधका नाइकेहरुलाई पूर्पक्षका लागि थुनामा राखेर कारवाही गर्नुपर्छ|
लोकमानसिंहको नियुक्ति राष्ट्रीय स्वाभिमान बिरुद्धको कूकर्म हो र देशको अर्थतन्त्र तथा नागरिक स्वाभिमानलाई निस्तेज गर्ने अभिप्रायको षडयन्त्रको डरलाग्दो कडी हो भन्ने कुरामा कुनै दुबिधा राख्नु हुन्न| उनि राष्ट्र, लोकतन्त्र र कानूनको शासनलाई भद्दा मजाक बनाउने प्रवृतिका द्योतक बाहेक अरु केहि पनि होइनन|
सम्पूर्ण सांसदहरुलाई हेक्का रहोस स्वतन्त्रताको स्वाद चाखिसकेका नेपाली जनता अब फेरी अराजकता र निरंकुशताका पृष्ठपोषकहरुको ज्यादति सहन तयार छैनन| जनताबाट अनुमोदित भै रहनुपर्ने नेतृत्व र पार्टीहरुले यस कुरालाई अत्यन्तै गंभीरतापूर्वक मनन गरुन र आगामी दिनमा लोकमान प्रवृतिको समूल अन्त्यगर्न आवश्यक आमूल परिवर्तनका दिशामा सदृश्य काम गरेर देखाउन भनि आम नागरिक साक्षी राखेर यो वक्तब्य जारी गरेका छौ|
सुबोधराज प्याकुरेल,

अध्यक्ष, इन्सेक|

Thursday, August 11, 2016

दम्भको ओखति हुँदैन:

हामी सङ्क्रमणकालीन समयको सन्धिकालमा छौं| जाने हामीले विश्वलाई उदाहरण हुनेगरी सुस्पष्ट मार्गचित्र सहित संक्रमणकाल पार लगाउने छौं| नजाने घांटी घांटी आइसकेको सफलतालाई फेरी अनिश्चयमा झार्ने छौं| कसैले औंला ठड्याउन नहुने, कानून बिधी र प्रकृया मान्नै नपर्ने दम्भ मात्र संक्रमणकालको समाधानमा सदृश्य देखिएको बाधा हो|
नेपाल विविधताको देश हो| कुनै एक गाउँ समेत एकल जातीय पूर्ण बहुमतको पाउन गाह्रो छ| जनताले कहिले पनि जातिवादमा आधारित भएर नेता चुनेका छैनन| हाम्रो धर्म, परम्परा सबै विविध आस्थामा सम्मिलन भएर बिकशित भएका छन्| अन्तर्राष्ट्रिय कानूनले सामाजिक समुदायको कुरा गर्छ| हाम्रो सामाजिक बनौट विविध समुदायको सम्मिलनले निर्माण भएको छ| मष्ट पूजा गर्ने देखि रातो टिका लगाउने सम्म एकै सामुदायिक समाजका रुपमा रहेका छन| मिलिजुली, आदरार्थी शब्दले एकअर्कालाई सम्बोधन गर्छन| हेपेर बोलिने शब्द पनि सस्नेह प्रकट गरिन्छ| समाज बिकाशको सिद्धान्तले भन्छ मानिस रहंदा बस्दा अन्तरघुलन हुँदै गएर समप्रकारको सामाजिक समुदायमा रुपान्तरित हुन्छ|
कानून, संरचना र प्रशासनिक रचनाका हिसाबले नेपाल विश्वको पुरातन देश हो| शासकको एकल नियन्त्रणमा सदियौं चलेको भएतापनि गाथगादी ताकेको आरोप बाहेक अन्य आरोपमा मृत्युदण्डको विरलै प्रयोग भएको देश मध्ये नेपाल पर्दो रहेछ| सामुदायिक झगडा र वैमनस्य हामीकहाँ रहेन|
२००७ सालको परिवर्तन पछि हामीले विश्व समुदाय समक्ष हाम्रो पहुँच बढायौं| ०४६ को आन्दोलन पछि हाम्रो परिचय सगरमाथा, बीर गोर्खाली भन्दा फराकिलो भयो र हामी विश्व लोकतन्त्र समाजको अभिन्न अंग बन्यौं| हामीले अन्तर्राष्ट्रिय कानूनको अधिकतम समर्थन गरिसकेका छौं| संयुक्त राष्ट्रसंघमा बिभिन्न महासन्धि र विश्वव्यापी आवधिक समिक्षामा हाम्रो अनुकूल उपश्थिति रहेको छ| घरेलु कानून भन्दा माथि हामीले अन्तर्राष्ट्रिय कानूनलाई राखेका छौं| हाम्रो सम्बिधान, हाम्रा अन्तर्राष्ट्रिय प्रतिवद्धता र हाम्रा राजनीतिक दलहरुका बिधान कार्यक्रम सबै मानवअधिकार र कानूनको शासनको सिद्धान्त अनुरुपका छन|
संगठनहरुको संगठन महासंगठनको रुपमा राजनीतिक दलहरु हुने गर्छन| बीचार दर्शन र सिद्धान्तका आधारमा राजनीतिक दलहरुले जनताको अभिमत पाउने गरेका छन| सम्भावना र श्रोतको प्रचुरता भएर पनि सामाजिक द्वन्द्वलाई बैचारिक एकता र सांस्कृतिक सुधार मार्फत समाधान गर्ने र जनता बीचको सहकार्य बढाएर समृद्ध मुलुक निर्माण गर्ने अठोट ज्ञान र बिज्ञान नभएका नेताहरुका कारण हाम्रो उन्नति कुइरोको काग भएको छ| हतारमा दौडिन खोज्ने कसैलाई लाग्छ कि उनको हातमा शत्ता पुगे दिन दुना रात चौगुना उन्नति हुनेछ| कसैलाई लाग्छ कि जन्मका आधारमा मानिस शासक हुन्छ र असल वा खराब पनि हुन्छ| यी दुवै खाले मानिसहरुले जानीनजानी समाजमा त्रास, दम्भ र जबर्जस्तीको संस्कार रोपिरहेका छन| समाजमा ब्याप्त विभेदकारी चलनलाई सुधार गर्ने जिम्मेवारी भएकाहरु स्वयम् कानून र सामाजिक व्यवहारलाई छ्यासमिस पारेर घृणालाई संगठनको आधार बनाउने गलत र अस्थिर रणनीतिमा लागेका छन| जबरजस्ती गर्न जान्ने र नश्लीय बिभाजन मार्फत घृणा फैल्याउन आतुर हरुले आखिरमा जनमानसको नजरमा आफ्नै नेता र संगठनको तेजोवध गरिरहेका छन|
नेपाली समाजको सुन्दरता भूकम्प पश्चातको समाजमा देखेर संसारभरिका मानिस चकित परेका थिए| र, उनिहरुले भने- नेपाल जस्तै दुखमा पनि मुस्कुराउने हरुको देश हो| द्वन्द्वकालमा एकअर्काबाट पीडीत परिवारले समेत चाडवाड, मर्दापर्दा एकअर्कालाई सघाउन छोडेनन्| नेपालीको पहिचान सामूहिक, साझा र इन्द्रेणी स्वरूपको मात्र हुनसक्छ| जन्म वा थरको विभाजन गर्न खोजे नश्लवादमा फसिन्छ र जनताबाट तिरष्कृत होइन्छ| नेपालको जनसंख्याको झन्डै ६० प्रतिशत युवा छ| ४० लाख भन्दा बढी युवाहरु वैदेशिक आप्रवासनमा रहने गरेका हुन्छन| जहाँ आप्रवासनामा रहेका हुन्छन त्यहाँ मिलिजुली बस्छन| अचेल नौलो मानिसलाई –के थरी पर्नु भो? भनेर सोधिन्न| के गर्नु हुन्छ? भनेर चाहिं सोधिन्छ| अर्थात अबको युग योग्यताको युग हो| आजको युवा योग्यता बढाउने कुरामा आइ पर्ने तगारालाई मात्र विभेदको कारक मान्छ| र योग्यतालाई नै पहिचान पनि ठान्छ| नेपालले पनि योग्यता, क्षमता र अवसरको युगमा प्रवेश गरिसकेको कुरा यथार्थ हो| यो चुनौती हो र अवसर पनि | मुलुक त्यस दिशामा अगाडी बढिसक्यो| नबढ्नेहरु यात्रामा छुट्नेवाला मात्र छन|
द्वन्द्वकालमा धेरै अप्रिय घटना भए| रगतमा सौन्दर्य र आतंकमा विजय देख्ने उत्ताउलाहरुले उत्पात बिगारे| जनतालाई जात धर्म वर्ग लगायत के के मा विभाजित गरिदिन सकिन्छ गरिदिएर आफ्ना कूकर्मलाई बीचार र संगठनको जामा पहिय्राउन जानेकाहरुले एकताबाट चुंडीएको समाजमा घीनलाग्दा अपराध गरे|
अब हामीले बिगतका अनुभवलाई निश्पक्ष अङ्गीकार गरेर कठोर पाइला चल्नु जरुरि छ| नेताहरुले आफ्नै बारेमा पहिले कठोर निर्णय र संयमित व्यवहार दर्शाउने हिम्मत गरेभने हामी संक्रमणकालको चुनौती जित्न सफल हुनेछौं|
सबैले बुझेको कुरा के हो भने सजाय छैन भने अपराध पनि छैन| सत्य स्थापित नभई के को र को संग मेलमिलाप गर्ने? कानूनको शासन मान्छु भन्नेले मान्नु पय्रो कि लोकतन्त्रमा विधिको शासन भनेको संबैधानिक निकायहरुको स्वायत्तता र अधिकार क्षेत्रको सम्मान हो| फौजदारी अपराधमा सत्य प्रमाणित गर्ने क्षेत्राधिकार अदालतको मात्र हो| अन्तर्राष्ट्रिय कानूनले दण्ड मिनाहाको कुरा मान्न सक्दैन| तर कति दण्ड, कस्तो दण्ड भन्ने कुरा सम्बन्धित राष्ट्रको सार्वभौम अधिकारको कुरा हो| हाम्रो कानूनले चालिस प्रतिशत सम्म दण्ड (कैद) मिन्हाको प्रवन्ध गरेको छ| सत्य निरुपण तथा मेलमिलाप आयोग जस्ता निकायहरु पीडितको सहयोगी मात्र हुन| आदेशकर्ता बन्न पाउंदैनन| पीडित, पीडक र समाजले गरेको वाचा र फैसलामा यस्ता आयोगहरु रोहबरमा बसेर सहमति प्रमाणित गर्ने निकाय मात्र हुन| त्यसैले सत्य स्थापित गर्नु पर्छ| सत्य स्थापित गर्ने काममा सहयोग गर्ने र अपराध स्वीकार गर्ने काम पीडकले गर्नु पर्छ| तत्कालिन परिश्थिति, वाध्यता र भ्रमका बारेमा पीडित पीडक र समाजका बीच खुलेर वार्तालाप हुनुपर्छ| पीडितको मर्यादा, सुरक्षा र पहिचानको प्रत्याभूति राज्यका तर्फबाट आयोगले गर्न सक्नु पर्छ| यसरि परिश्थिति मेलमिलापजन्य बनेको अवस्थामा आंशिक वा प्रतिकात्मक सजाय अदालतले घोषणा गर्ने र पीडकले स्वीकार गर्ने हो भने अहिलेको सङ्क्रमणकालीन पीडा बाट हामी मुक्त हुनेछौं| सङ्क्रमणकालीन मामिलामा पीडित पीडक र समाजको वाचा अनुरुप सत्य आयोगले रोहबरमा प्रमाणित गरेका घटनाहरुमा उल्लेख गरे अनुसार आंशिक, प्रतीकात्मक सजाय निरुपण गर्ने अधिकार दिने कानून र उक्त कानूनको प्रयोग गर्ने अख्तियारी प्राप्त बिशेष अदालतको गठन यसका लागि पूर्व शर्त हुन| गम्भीर अपराध बाहेकका मामिलामा सार्वजनिक चौरलाई एक दिनका लागि हिरासत क्षेत्र घोषित गरेर केहि घन्टाको स्वीकारोक्ति र माफी कार्यक्रम द्वारा समाधान गर्न सकिने खालका सामान्य घटनाहरुको भरमार छ| अर्थात मूलत: मेलमिलाप बाटै टुंगिने घटनाहरु धेरै छन्| केहि घटनामा कारागारमा बसेर माफीको निवेदन दिएर मुक्ति पाउने हुनसक्छ| थोरै घटना छन् जसमा पूर्ण कारवाही गर्नैपर्ने हुनसक्छ| त्यसमा आम रुपमा त्यस्ता घटना छन् जो द्वन्द्वरत पक्षको आधिकारिक चाहना भन्दा व्यक्ति बिशेषको उत्ताउलोपन वा निजी स्वार्थका कारण घटाइएको थियो| संसारमा नौलो नजीर स्थापना गर्नसक्ने यो अवसर हामीले गुमाउनु हुन्न|
कानूनको शासन पीडितमुखि हुन्छ| यदि चित्त बुझेन भने पीडित वा पीडक दुवै सामान्य अदालत जान पूर्णत: स्वतन्त्र हुन्छन| घरेलु प्रकृया र न्याय व्यवस्थाले न्याय दिन नसकेको अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुन्छ| आजको विश्व यसै गरि अन्तर्राष्ट्रिय न्याय प्रणालीको स्थापनाको यात्रामा साहसिक ढंगले अगाडी बढिरहेको छ|
राजनीतिलाई बीचारबाट थुतेर बीभाजनमा जाकिदिने र न्यायलाई राजकीय कोष बाँडेर भागशान्ति गर्ने राजनीतिका खेलाडीहरुको बर्चस्व अबको युगमा टिक्नेवाला छैन| अहिलेलाई यतिमात्र भन्न सकियो कि दम्भको ओखति हुँदैन|

Thursday, May 26, 2016

कथानुभूति: म्यारिज एक बुद्धिबर्धक खेल | प्रकाशित मिति: सोमबार, जेठ १२, २०७१

Shivam

सुबोधराज प्याकुरेल print

  • 480
     
    26
     
    0
    Google +
     
    528
     
  • GET NEWS ALERTS

म्यारिज बुद्धिवर्धक खेल हो, तपाईँ नखेल्नेलाई के थाहा? बाहुनले च्याउ खाओस् न च्याउको स्वाद पाओस्! यी शब्दले मलाई होच्याउने साथीहरू शुक्रबार साँझदेखि पलेँटी कस्थे र शनिबार मध्यरात वा आइतबार सखारैसम्म एकै ठाउँ जमेर खेलेको खेलै गर्थे। आइतबार बिहान कार्यालयमा आउँदा तिनका आँखा हान्ने पाडोको जस्तो रातो, तातो देखिन्थ्यो। उनको काममा म आइतबार तन्मयपूर्वक सघाई दिन्थेँ। शुक्रबार उनीहरूको “आजको खाल” कहाँ बस्ने तय भयो भनेर मलाई थाहा भइहाल्थ्यो। डेढ बजे कार्यालय सकिन्थ्यो अनि म बाहिर निस्कन्थेँ। केही पुस्तक पसल चहार्थेँ। साँझ पर्नुअघि कौतुहल लाग्थ्यो र बुद्धिजीवीहरूको बुद्धिवर्धन हेर्न पुग्थेँ। उनीहरूका हातभरी तास हुन्थे। हल्का हावा लागेपनि उड्न सक्ने गरी समातिएका तास अब झरे, तब झरे जसरी समातेर निर्मग्न उनीहरू तास तान्ने–फाल्ने गर्थे। मैले कहिलेपनि यो खेलमा कसरी ज्ञान, बुद्धिको प्रयोग हुन्छ भन्ने बुझ्न सकिन। एउटा कुरा चाहिँ गजबको थियो। कोसँग कुन तास छ भन्ने कुरा त्रिकालदर्शी सरह उनीहरू बताउन सक्थे। मलाई सबभन्दा नराम्रो लाग्ने कुरा चाहिँ खेलाडीहरू थुइक्क थुइक्क भनिरहन्थे। यसो भनिरहँदा कतिपयका मुखका थुकका बाछिटा तासदेखि ओछ्याइएको तन्नासम्म छरिएको चाहिँ देखिन्थ्यो। रिसाहा हाकिमहरूमा पनि नामालुम कहाँबाट यस्तो सज्जन सहनशीलता उम्रिन्थ्यो कि थुक, खकार पनि वास्तै नगरी उदारमना भावले खेलिरहन्थे। 
 
म अड्तीस उन्चालीस सालतिरको कुरा गर्दै छु। जतिबेला म बैंकको जुनिअर हाकिम थिएँ र विराटनगरमा कार्यरत थिएँ। तर थुप्रै तास प्रेमी हाकिमहरूलाई उनीहरूको काम फत्ते गर्न सघाई दिएबापत उनीहरूबीच प्रिय पनि थिएँ। कहिलेकाहिँ खासखुस चल्थ्यो– “ए आज श्रीमान पनि आउने रे”, “ए आज सहायक आउनु हुने भा’छ।” यस्तैयस्तै गफ भएको बेलामा मैले सहायक अञ्चलाधीश, न्यायाधीश भनिएका मानिसहरूलाई पनि भेटेको छु। ठालुदेखि खेलाडीसम्मले मलाई प्रेमपूर्ण व्यवहार गर्थे। बसिरहोस् जस्तो गर्थे। तर खाल चलेको घरको कामदार र गृहिणीको हतारोपन, खटाइ, थकावट देख्दा मलाई सकस हुन्थ्यो। हेर्न रहर लाग्ने, खेल्न मन नलाग्ने। अझ भनौँ, आँट नआउने मान्छे थिएँ म। त्यतिबेला मैले अति सुनेको नाम हो म्यारिज। कागजमा नम्बर र लेनदेनको फेहरिस्त यति चाँडो लेख्थे त्यहाँका खेलाडीहरू कि ती मध्ये मेरा दौंतरीले बैंकको हिसाब मिलाउन नसकेको कुरा सम्झिदा पनि मलाई अचम्म लाग्थ्यो। त्यही टोलीमा एकजना काजी पनि थिए। उनी ठूलै घरानाका हुन् भनिन्थ्यो। उनका पिताले श्री–सम्पति जुवामा सकेकाले उनले सामान्य जागिर खानुपर्ने अवस्था आयो भनिन्थ्यो।
 
एक पटक तिहारमा उनको घरमा सेल खान बोलावट आयो। जागिरमा जुनियर भए पनि रवाफमा उनी उपल्ला थिए। कजिनीले बनाएको पक्कु, साँधेको खसीको टाउको, फ्रेन्च–फ्राई, मथिङ्गलको अचार आदि अनेकन व्यन्जनका चर्चा तसडची (म त्यतिबेला तास खेल्नेलाई जुवाडे भनिन्छ भनेर बुझ्दैन थिएँ), हरूको बीचमा व्याप्त थियो। पत्नीको स्वादिष्ट व्यन्जनको फलस्वरूप काजीको रवाफ रन्किएको थियो। आउँदिन भन्न सकिएन। सेल, अनर्साको साथमा मधेसका व्यन्जन पनि तयार गरिएको रहेछ, ठेकुवा, तितौरी आदि। फिलिङ्गो हालेको अचार लगायतका बास्नादार व्यन्जन तयार थियो। हिमाल, पहाड, मधेस र बेलायती सुगन्धले भरिपूर्ण भान्सा थियो। टन्न खाइयो। तसडचीहरूको जमात सबै थिए। साथमा अरूपनि ठूलै मान्छे जस्ता लाग्नेहरू पनि थिए। एउटा गजक्क परेको डल्लेलाई देखाएर काजीले मलाई भने– “ओ माड्साप, तपाइँ नेपालमा निरङ्कुशता छ, यो व्यवस्था जान्छ भन्नु हुन्छ नि, हो यो मान्छे त्यस्तै कुरा जान्ने मान्छे को–को हुन् भनेर खोजिरहन्छ, उसलाई त तास खेल्ने, सिनेमा हेर्ने पैसा पनि माथिबाटै पो आउँछ त, खाने हो त्यस्तोमा जागिर? तपाइँले खुरु–खुरु अहिलेको काम गरिरहने, खाली को–को कस्ता–कस्ता छन्, अडर  आए अनुसारको सूचना खोज्ने मात्र हो, तेजिलो मान्छे खोज्या भन्छन्, त्यो जागिर त गजब रहेछ माडसाब, के गर्नु हामीले नसक्ने काम रे। तपाइँले सक्नुहुन्छ भन्छ उ त।” मेरो आङ् सिरिङ्ग भयो।
 
“कसरी भन्छ उसले मैले सक्छु भनेर ?” मेरो प्रश्नमा उसले भन्यो– “अस्ति तपैँले दोस्रो विश्वयुद्ध र त्यसपछिको विश्वका बारेमा गरेको कुरा र राणा शासन किन ढल्यो भन्ने बारेमा गरेको चर्चा हाम्रो खालमा सुनेदेखि तपाइँको कायल भए जस्तो छ, यस्तो मान्छे काम लाग्छ, आउनुस् ठीकठाक दोस्ती गरौँ”। लुरु–लुरु पछि लाग्नु बाहेक मसँग उपाय थिएन। साँझ परेपछि काजी साहबले घोषणा गर्नु भयो, आज पंचक खुलेको दिन हो र उनका पिताले छाडी जानु भएको कौडीलाई उनले चलायमान गर्नै पर्छ। अर्थात् हामी सबैले कौडी खेल्नै पर्छ। म सँग खल्तीमा १५ रुपियाँ बाहेक थिएन। मैले वरतिर तानेर उनलाई बताएपछि उनले भने– “हे माड्साप, के हाकिम भएर पनि १५ रुपियाँ बोकेर चाडबाडमा हिँडेको, पख्नुस्।” उनी लम्किएर भित्र गए र पाँच पाँचका २० वटा नोट लिएर आएर मैले खल्तीमा हालेँ। खाल जम्यो। मैले तासमा देख्ने गरेका सबै ठालु जम्मा भएर गोलाकार बनाए। मखमली थैलीको तुना खोलेर काजीले कौडा घोप्ट्याए। सुरुमै मारा, मारा पो गर्न थाले तसडचीहरू। डल्ले मानिसले किन हो म प्रति निकै सरोकार जनायो। आउनुस् माड्साप भनेर छेउमै राख्यो। म च्याँखेसम्म राख्न तयार थिएँ। मैले काजीलाई भनें, “हेर्नुस् है म खेल्ने होइन तपाइँको कौडाको इज्जत राखिदिने मात्र हुँ।” उसले भन्यो– “माड्साप तपाइँले कि सबै हारेर जाने नभए जितुन्जेल त खेल्नै पर्‍यो नि।” खै के भो, मैले च्याँखे थापेकै भरमा ३५ सय जितेछु। तर उठ्न पाइएन। ५ हारे १० थप्नु पर्ने, डबलको चक्कर हुँदो रहेछ। कहाँबाट आउँदो हो यत्रो पैसा ? धन्न एक बेला यस्तो आयो जब मैले जितेको, काजीले दिएको १ सय र खल्तीमा भएको १५ मध्ये १० हारिसकेँ। मलाई त्यो हराइले सन्तोष दियो। मैले जुरुक्क उठेर काजीलाई हात जोडेँ “लौ मसँग यही ५ बाँकी छ, म हिडेँ।” मैले चारैतिर आँखा डुलाउँदा श्रीमान, सहायक, कर्साब, भन्सार, कर आदि साबहरू जस्ताले हात हातमा कौडा नचाउँदै थिए र खालमा १ सय घटिका नोट च्याँखे राख्न वजिर्त भइसकेको थियो। लामो स्वास तानेर लम्किएँ। निस्कने बाटैमा काजीको भान्साकोठा थियो। कजिनी छेउको लम्पटमा फ्याँ परेर लडेकी थिइन्। भान्से गन्जी धरी फुकालेर भित्ताको अडेस लागेर पसारिएको थियो। श्रीमानको, श्रीमानको .....भनेर चर्को आवाज भित्रबाट आउँदै थियो। सरासर तल ओलिएँ। साइकलको साँचो खोल्न पनि अलमल भइरह्यो। बल्ल ताल्चा खुल्यो, खट्याक्क। तर त्यतिन्जेल धोद्रो आवाज डुक्रिन थालेको थियो, “चिन्या छस्, को हुँ ? झिकौँ ? उडाई दिउँ ? मेरो च्याँखे नहान्ने, बडो न्याय गरी खाने भै खाएको ?” बीच बीचमा काजीको मलिन स्वर आइरहेको थियो, “हैन करसाब, श्रीमान पनि झुक्यानमा परिबक्स्यो, के गर्नु, बल्ल एउटा बाहुन निस्क्यो खाल छाडेर, सबै हजुर जस्तो दिल्दार कहाँ हुन्छन र ?” मेरो आङ सिरिङ्ग भयो। धन्न जोगिएछु म, म्यारिजको बुद्धि र कौडाको जाँगर बाट।
 
अचेल सुन्दै छु,  म्यारिज बुद्धिवर्धक खेल हो रे, तास जुवा होइन रे। त्यसो भए कौडा पनि हैसियत र दिल्दारी मिल्नेहरू बीचको रमझम त हो नि, कसरी हुन्छ जुवा ? काजीका लप्टन ज्वाईं काठमान्डूबाट आएका भन्थे। उनी बेला बेलामा रिल वाला क्यामराले फोटो हान्थे। लगत्तै हिसाब बताउँथे, “एघाह्र रिल सकियो।” कौडा हान्दै गरेका श्रीमानको फोटो अहिलेका सभासदले पाए भने के गर्लान ? एकजना सभासदले पाए, अर्कालाई दिए रे। संसदीय जाँचबुझमा संलग्न अर्का सभासद त्यो फोटो हेरेको हेरै रन्थमोलमा छन् रे, साँच्ची जुवा भनेको चाहिँ के हो? भनेर। सायद पार्टीको बैठक बसेर त्यसले फैसला नगरुन्जेल उनी रनभुल्ल रहनु पर्नेछ। म पनि रनभुल्लमा छु, वास्तवमा जुवा भनेको चाहिँ के हो?

१६:२९:३६