Thursday, February 24, 2011

Vishnu Pyakurel - http://patriotnepali.blogspot.com/2011/02/blog-post_16.html
सरी भन्ने र जनयुद्ध?. नेपाली जनताले विक्रम सम्वत् २०५२ देखि २०६३ सालसम्म भोगेको अवधि एउटा कष्टकर र अरुचीकर क्षण थियो। त्यो एक आन्तरिक द्वन्द्व या गृहयुद्ध थियो। अशिक्षा, गरिबी र भोकमरीमा उम्रेको विद्रोह थियो। बेरोजगारी, तल्लो तहका जनताप्रति शासकको बेवास्ता र सत्तामा र्‍याल काढ्नेहरूको लहड र सनकको प्रतिफल थियो तर ‘जनयुद्ध’ थिएन । 'जनयुद्धको महान बाटो'मा गोल्डस्टार जुत्ता लगाएर भिर, पाखा र जंगलको कठिन यात्रामा ऊर्जा र जोवन खर्चेका, जीवन जोखिममा पारेकाहरूको चित्त नबुझ्नसक्छ तर धरातलीय यथार्थ र समयमलाई पहिचान गर्न नसकी अल्मलिएको त्यो विद्रोह चिनिया क्रान्ति र विश्वका अन्य भागका कम्युनिस्ट विद्रोहको नक्कलमात्र
थियो।कान्तिपुर दैनिकमा २०६० साल मंसिरमा छापिएको समाचारअनुसार मागेको हलगोरु नदिँदा इलाममा माओवादीले ६० वर्षीय वृद्ध किसानको हत्या गरे। खलोमा धान झारिरहेका वृद्धलाई डोरीले खाँबोमा बाँधेर उनकै किशोर छोराका सामुन्ने माओवादीले घाँटी रेटेर मारे अनि छोरालाई 'बाँच्ने मन भए भाग् नत्र तँ पनि मर्छस्' भने। ती किसानको ‘अपराध’ थियो, माओवादीलाई काटी खान गोरु नदिनु। गोरु नदिएकै कारण गरिब किसानको हत्या गर्ने त्यस विद्रोहलाई कसरी ‘जनयुद्ध’ मान्ने?यस्तै धादिङमा २०६० साल भदौमा आमाको किरिया बसेका कांग्रेस कार्यकर्ता मोतिराम सिलवालको अपहरणपछि माओवादीले हत्या गरे। नवलपरासीको सोमनी गाउँ घेरेर २०६२ बैशाखमा माओवादीले १४ देखि ४० वर्षसम्मका एघार पुरुषलाई लहरै उभ्याएर गोली हानेर मारे। यस्ता आततायी घटनालाई कसरी ‘जनयुद्ध’ भन्ने?माओवादीले भनेको ‘जनयुद्ध’मा विचार वर्जित थियो। फरक विचार राख्ने यदु गौतम वा गोपाल गिरीहरू बाँच्न पाएनन्। गिरिजाप्रसाद कोइरालाको पुत्ला रत्नपार्कमा धेरै डढे तर पुष्पकमल दाहालको पुत्ला जलाउने गणेश चिलुवालले मारेरै छाडियो। शिक्षाको ज्योति दिने तर माओवादी कार्यकर्ताको उर्दी स्वीकार गर्न नसक्ने मुक्तिनाथ अधिकारीजस्ता गुरुहरु मारिए। बाग्लुङमा जनमोर्चाका कार्यकर्तालाई काठ रोप्ने बर्माले खोपियो। माओवादीले स्कुल र रेडक्रसका बस जलाए। व्यस्त राजमार्ग, सहरका चोक र स्कुलमा समेत बम राखे। त्यही कारण दर्जनौं विद्यार्थी र जनसाधारणको मृत्यु भयो। चितवनको बादरमुढेमा माओवादीको धरापमा परी यात्रुबाहक बस विस्फोट हुँदा ३८ जना मरे जसमा ३५ जना सर्वसाधारण थिए। सार्वजनिक बसमा नै आक्रमण गर्दा दोलखाको मैनापोखरीमा छ सर्वसाधारणसहित आठ सुरक्षाकर्मी मरे। महेन्द्रनगरमा एउटा जीप धरापमा पर्दा ११ सर्वसधारण मरे। अमेरिकी नियोगमा कार्यरत भएकै कारण दिपक पाखरेल र रमेश मानन्धरको माओवादीले हत्या गरे।माओवादीले बिनाकसुर पोखरामा उपप्राध्यापक इन्द्रबहादुर आचार्यलाई गोली हानेर मारे। पण्डित नारायण पोखरेलजस्ता समाजसेवी यही विध्वंसको सिकार भए। हचुवाका भरमा दुनियालाई दुस्मन र सुराकीको घोषणा गर्दै माओवादीले समाज जोड्ने सेतुहरूलाई अंगभंग बनाए या हत्या गरे। माओवादीले 'सम्पन्न देश बनाउन' पुल काटे, बाटो भत्काए। छोराहरू सुरक्षाकर्मी भएकै कारण बाबुआमालाई गाउँघरबाट खेदेर बिचल्लीमा पारे। संचारका उपकरण ध्वस्त बनाए। अधिकांश गाविस भवनमा आगो झोसे। उनिहरुले २०५८ सालमा कर्णालीको पुल काटिदिएपछि लठ्ठाबाटै आवतजावत गर्न बाध्य तीसौं जना मरे।स्कुल बन्द गरेर विद्यार्थीलाई बलजफि्त अपहरण गर्नु, शिक्षकहलाई मासिक पैसा बुझाउन बाध्य पार्नु , ढाट खडा गरेर पर्यटक र स्थानियवासी या व्यापारीसँग मनपरी कर असुल्नु, कथित जनसरकार निर्माण गरेर बलजफ्ती त्यसमा सिधासाधा गाउँलेलाई संलग्न गराउनु , आधारातमा डाँडामा विष्फोट गरेर दुनियालाई आतंकित पार्नु माओवादी चर्या भयो। यी त केही प्रतिनिधि घटना मात्र हुन्। प्रारम्भमा केही सकारात्मक देखिएको उसको 'युद्ध' विस्तारै पाशविक र क्रुर हुन थाल्यो। उत्तरार्द्धमा समाजमा टिक्न नसकेका र अपराधी प्रवृत्ति भएकाको संलग्नता बढ्नाले त्यो युद्ध झनै विद्रुप हुन पुग्यो।शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा तत्कालीन संयुक्त जनमोर्चा, नेपालले राज्यसँग केही राजनीतिक तथा जनजीविकाका सबालसहितको चालिस बुँदे माग प्रस्तुत गरेको थियो। ती माग जायज पनि थिए। ती मागमध्ये राजपरिवारको विशेषाधिकार कटौती अरू सबै २०४७ कै संविधानमा टेकेर पूरा गर्न सकिने थिए। तिनै माग पूरा गराउन यत्रो नरसंहार र विध्वंश आवश्यकै थिएन। यसर्थ, मानवीय संवेदना भुलेको उक्त दश वर्षे विद्रोह ‘जनता हार्ने युद्ध’ थियो। हतियारका दलाल पोस्ने युद्ध थियो। जनताको युद्ध थिएन त्यो।राजतन्त्र फयाँक्न र नेपाललाई गणतन्त्रात्मक बनाउन संसद्वादी दलहरूसँगै शान्तिपूर्ण जनआन्दोलनमा मिसिनु नै पर्‍यो भने त्यो युद्धको औचित्य कसरी पुष्टि हुनसक्छ? युगले माओवादीसँग सोधेको प्रश्न हो यो। भन्न त पंचहरूले पनि पञ्चायतलाई 'माटो सुहाउदो शासन' र जरैदेखि उठेको प्रजातन्त्र भन्थे। राणाहरू पनि आफ्नो जहानिया शासनलाई उचितै मान्थे। यसर्थ, माओवादीले पनि आफूले चलाएको ध्वंसलाई ‘जनयुद्ध’ भन्नु अनौठो भएन। तर स्वतन्त्र नागरिक र कलमजीवीले छातीमा हात राखेर भन्न सक्नुपर्छ– त्यो जनयुद्ध थिएन।
आपत् छ. माओवादीले आफ्ना कार्यकर्तालाई मदन भण्डारीले जस्तो रि-ओरिएन्ट गर्ने आँट गरेन. अरु पार्टीको भुईं १० बर्षे "जन युद्ध" ले फुस्कियो. माओवादी सबभन्दा ठूलो पार्टी भए पछी शंका झनै बढ्यो. पछिल्लो छैठौं बिस्तारित बैठक (पालूंटार) ले सडक-सदन र सरकारको प्रयोग गरी सत्ता कब्जा गर्ने रणनीति पारित गरेपछि आपत् माथि बिपत थप्पियो.
माओवादी न वाई सी एल न "लाल सेना" बिघटन गर्न सक्ने स्थितिमा छ. न अरु पार्टी उसले लोकतान्त्रिक प्रक्रिया प्रति साच्चै इमान्दार भएर रहन सक्छ भन्ने कुरामा बिश्वस्त हुन सकेका छन्. माओवादीको थुतुनो र हात झट्टै चल्ने कुरा दैनिकी भै सकेको छ. ३ लाख भन्दा बढी पूर्ण-कालिन कार्यकर्ता संगठित गर्न त्यस्तै हात चलाएर भए पनि - तर्साएर भएपनि दाना-पानी का लागि रकम जोहो गर्नु पर्ने बाध्यतामा माओवादी परेको छ. अब को आउला र एमाले - कांग्रेसका जस्ता घर-परिवार सबै लथालिंग पारेर राजनीति गर्ने कार्यकर्ता बन्न? आजको २१सौ शताब्दीमा. कि माओवादीले हिम्मत गर्न सक्नु पय्रो, भन्न सक्नु पय्रो, राजनीति आफ्नै बुतामा गर्नु भनेर. त्यसो भन्ने नेता तालिम प्राप्त सिपालु हातको दनक खान तयार पनि रहनु पर्ने हो कि?
अरु नेतालाइ थाहा छ, न जनतामा उनीहरु प्रति जाँगर छ, न कार्यकर्तामा आत्मबिश्वास छ. सक्नेले डांडो काटी सके. त्यसैले वरिपरी घुम्ने, राजधानी बस्ने गणेशका भरमा राजनीति गर्नुपर्ने भएपछी स्वदेशी - बिदेशी, ज-जसलाई बोकेर, ज-जसको भर परेर भएपनि राजनीतिको बिडो थाम्न बाध्य छन्. त्यसैले बैचारिक बिरोध भन्दा प्राविधिक बिरोध बढी गर्छन. आफ्नो एजेन्डा सहित औचित्यको दावी गर्नु भन्दा माओवादीको एजेन्डामा प्रतिक्रिया जाहेर गर्छन, प्राविधिक बढी देखिन्छन.
यो राजनीतिक अन्तरविरोधको चपेटामा हामी जनताको त हरिबिजोग भो नि.
शुभेक्षु,
सुबोधराज प्याकुरेल.
बिराटनगर-१५. subodh.freenep.blogspot.com