Tuesday, May 27, 2014

कथानुभूति: म्यारिज एक बुद्धिबर्धक खेल


म्यारिज बुद्धिवर्धक खेल हो, तपाईँ नखेल्नेलाई के थाहा? बाहुनले च्याउ खाओस् न च्याउको स्वाद पाओस्! यी शब्दले मलाई होच्याउने साथीहरू शुक्रबार साँझदेखि पलेँटी कस्थे र शनिबार मध्यरात वा आइतबार सखारैसम्म एकै ठाउँ जमेर खेलेको खेलै गर्थे। आइतबार बिहान कार्यालयमा आउँदा तिनका आँखा हान्ने पाडोको जस्तो रातो, तातो देखिन्थ्यो। उनको काममा म आइतबार तन्मयपूर्वक सघाई दिन्थेँ। शुक्रबार उनीहरूको आजको खालकहाँ बस्ने तय भयो भनेर मलाई थाहा भइहाल्थ्यो। डेढ बजे कार्यालय सकिन्थ्यो अनि म बाहिर निस्कन्थेँ। केही पुस्तक पसल चहार्थेँ। साँझ पर्नुअघि कौतुहल लाग्थ्यो र बुद्धिजीवीहरूको बुद्धिवर्धन हेर्न पुग्थेँ। उनीहरूका हातभरी तास हुन्थे। हल्का हावा लागेपनि उड्न सक्ने गरी समातिएका तास अब झरे, तब झरे जसरी समातेर निर्मग्न उनीहरू तास तान्नेफाल्ने गर्थे। मैले कहिलेपनि यो खेलमा कसरी ज्ञान, बुद्धिको प्रयोग हुन्छ भन्ने बुझ्न सकिन। एउटा कुरा चाहिँ गजबको थियो। कोसँग कुन तास छ भन्ने कुरा त्रिकालदर्शी सरह उनीहरू बताउन सक्थे। मलाई सबभन्दा नराम्रो लाग्ने कुरा चाहिँ खेलाडीहरू थुइक्क थुइक्क भनिरहन्थे। यसो भनिरहँदा कतिपयका मुखका थुकका बाछिटा तासदेखि ओछ्याइएको तन्नासम्म छरिएको चाहिँ देखिन्थ्यो। रिसाहा हाकिमहरूमा पनि नामालुम कहाँबाट यस्तो सज्जन सहनशीलता उम्रिन्थ्यो कि थुक, खकार पनि वास्तै नगरी उदारमना भावले खेलिरहन्थे।
म अड्तीस उन्चालीस सालतिरको कुरा गर्दै छु। जतिबेला म बैंकको जुनिअर हाकिम थिएँ र विराटनगरमा कार्यरत थिएँ। तर थुप्रै तास प्रेमी हाकिमहरूलाई उनीहरूको काम फत्ते गर्न सघाई दिएबापत उनीहरूबीच प्रिय पनि थिएँ। कहिलेकाहिँ खासखुस चल्थ्यो– “ए आज श्रीमान पनि आउने रे”, “ए आज सहायक आउनु हुने भाछ।यस्तैयस्तै गफ भएको बेलामा मैले सहायक अञ्चलाधीश, न्यायाधीश भनिएका मानिसहरूलाई पनि भेटेको छु। ठालुदेखि खेलाडीसम्मले मलाई प्रेमपूर्ण व्यवहार गर्थे। बसिरहोस् जस्तो गर्थे। तर खाल चलेको घरको कामदार र गृहिणीको हतारोपन, खटाइ, थकावट देख्दा मलाई सकस हुन्थ्यो। हेर्न रहर लाग्ने, खेल्न मन नलाग्ने। अझ भनौँ, आँट नआउने मान्छे थिएँ म। त्यतिबेला मैले अति सुनेको नाम हो म्यारिज। कागजमा नम्बर र लेनदेनको फेहरिस्त यति चाँडो लेख्थे त्यहाँका खेलाडीहरू कि ती मध्ये मेरा दौंतरीले बैंकको हिसाब मिलाउन नसकेको कुरा सम्झिदा पनि मलाई अचम्म लाग्थ्यो। त्यही टोलीमा एकजना काजी पनि थिए। उनी ठूलै घरानाका हुन् भनिन्थ्यो। उनका पिताले श्रीसम्पति जुवामा सकेकाले उनले सामान्य जागिर खानुपर्ने अवस्था आयो भनिन्थ्यो।
एक पटक तिहारमा उनको घरमा सेल खान बोलावट आयो। जागिरमा जुनियर भए पनि रवाफमा उनी उपल्ला थिए। कजिनीले बनाएको पक्कु, साँधेको खसीको टाउको, फ्रेन्चफ्राई, मथिङ्गलको अचार आदि अनेकन व्यन्जनका चर्चा तसडची (म त्यतिबेला तास खेल्नेलाई जुवाडे भनिन्छ भनेर बुझ्दैन थिएँ), हरूको बीचमा व्याप्त थियो। पत्नीको स्वादिष्ट व्यन्जनको फलस्वरूप काजीको रवाफ रन्किएको थियो। आउँदिन भन्न सकिएन। सेल, अनर्साको साथमा मधेसका व्यन्जन पनि तयार गरिएको रहेछ, ठेकुवा, तितौरी आदि। फिलिङ्गो हालेको अचार लगायतका बास्नादार व्यन्जन तयार थियो। हिमाल, पहाड, मधेस र बेलायती सुगन्धले भरिपूर्ण भान्सा थियो। टन्न खाइयो। तसडचीहरूको जमात सबै थिए। साथमा अरूपनि ठूलै मान्छे जस्ता लाग्नेहरू पनि थिए। एउटा गजक्क परेको डल्लेलाई देखाएर काजीले मलाई भने– “ओ माड्साप, तपाइँ नेपालमा निरङ्कुशता छ, यो व्यवस्था जान्छ भन्नु हुन्छ नि, हो यो मान्छे त्यस्तै कुरा जान्ने मान्छे कोको हुन् भनेर खोजिरहन्छ, उसलाई त तास खेल्ने, सिनेमा हेर्ने पैसा पनि माथिबाटै पो आउँछ त, खाने हो त्यस्तोमा जागिर? तपाइँले खुरुखुरु अहिलेको काम गरिरहने, खाली कोको कस्ताकस्ता छन्, अडर  आए अनुसारको सूचना खोज्ने मात्र हो, तेजिलो मान्छे खोज्या भन्छन्, त्यो जागिर त गजब रहेछ माडसाब, के गर्नु हामीले नसक्ने काम रे। तपाइँले सक्नुहुन्छ भन्छ उ त।मेरो आङ् सिरिङ्ग भयो। कसरी भन्छ उसले मैले सक्छु भनेर ?” मेरो प्रश्नमा उसले भन्यो– “अस्ति तपैँले दोस्रो विश्वयुद्ध र त्यसपछिको विश्वका बारेमा गरेको कुरा र राणा शासन किन ढल्यो भन्ने बारेमा गरेको चर्चा हाम्रो खालमा सुनेदेखि तपाइँको कायल भए जस्तो छ, यस्तो मान्छे काम लाग्छ, आउनुस् ठीकठाक दोस्ती गरौँ। लुरुलुरु पछि लाग्नु बाहेक मसँग उपाय थिएन। साँझ परेपछि काजी साहबले घोषणा गर्नु भयो, आज पंचक खुलेको दिन हो र उनका पिताले छाडी जानु भएको कौडीलाई उनले चलायमान गर्नै पर्छ। अर्थात् हामी सबैले कौडी खेल्नै पर्छ। म सँग खल्तीमा १५ रुपियाँ बाहेक थिएन। मैले वरतिर तानेर उनलाई बताएपछि उनले भने– “हे माड्साप, के हाकिम भएर पनि १५ रुपियाँ बोकेर चाडबाडमा हिँडेको, पख्नुस्।उनी लम्किएर भित्र गए र पाँच पाँचका २० वटा नोट लिएर आएर मैले खल्तीमा हालेँ। खाल जम्यो। मैले तासमा देख्ने गरेका सबै ठालु जम्मा भएर गोलाकार बनाए। मखमली थैलीको तुना खोलेर काजीले कौडा घोप्ट्याए। सुरुमै मारा, मारा पो गर्न थाले तसडचीहरू। डल्ले मानिसले किन हो म प्रति निकै सरोकार जनायो। आउनुस् माड्साप भनेर छेउमै राख्यो। म च्याँखेसम्म राख्न तयार थिएँ। मैले काजीलाई भनें, “हेर्नुस् है म खेल्ने होइन तपाइँको कौडाको इज्जत राखिदिने मात्र हुँ।उसले भन्यो– “माड्साप तपाइँले कि सबै हारेर जाने नभए जितुन्जेल त खेल्नै पर्‍यो नि।खै के भो, मैले च्याँखे थापेकै भरमा ३५ सय जितेछु। तर उठ्न पाइएन। ५ हारे १० थप्नु पर्ने, डबलको चक्कर हुँदो रहेछ। कहाँबाट आउँदो हो यत्रो पैसा ? धन्न एक बेला यस्तो आयो जब मैले जितेको, काजीले दिएको १ सय र खल्तीमा भएको १५ मध्ये १० हारिसकेँ। मलाई त्यो हराइले सन्तोष दियो। मैले जुरुक्क उठेर काजीलाई हात जोडेँ लौ मसँग यही ५ बाँकी छ, म हिडेँ।मैले चारैतिर आँखा डुलाउँदा श्रीमान, सहायक, कर्साब, भन्सार, कर आदि साबहरू जस्ताले हात हातमा कौडा नचाउँदै थिए र खालमा १ सय घटिका नोट च्याँखे राख्न वजिर्त भइसकेको थियो। लामो स्वास तानेर लम्किएँ। निस्कने बाटैमा काजीको भान्साकोठा थियो। कजिनी छेउको लम्पटमा फ्याँ परेर लडेकी थिइन्। भान्से गन्जी धरी फुकालेर भित्ताको अडेस लागेर पसारिएको थियो। श्रीमानको, श्रीमानको .....भनेर चर्को आवाज भित्रबाट आउँदै थियो। सरासर तल ओलिएँ। साइकलको साँचो खोल्न पनि अलमल भइरह्यो। बल्ल ताल्चा खुल्यो, खट्याक्क। तर त्यतिन्जेल धोद्रो आवाज डुक्रिन थालेको थियो, “चिन्या छस्, को हुँ ? झिकौँ ? उडाई दिउँ ? मेरो च्याँखे नहान्ने, बडो न्याय गरी खाने भै खाएको ?” बीच बीचमा काजीको मलिन स्वर आइरहेको थियो, “हैन करसाब, श्रीमान पनि झुक्यानमा परिबक्स्यो, के गर्नु, बल्ल एउटा बाहुन निस्क्यो खाल छाडेर, सबै हजुर जस्तो दिल्दार कहाँ हुन्छन र ?” मेरो आङ सिरिङ्ग भयो। धन्न जोगिएछु म, म्यारिजको बुद्धि र कौडाको जाँगर बाट।
अचेल सुन्दै छुम्यारिज बुद्धिवर्धक खेल हो रे, तास जुवा होइन रे। त्यसो भए कौडा पनि हैसियत र दिल्दारी मिल्नेहरू बीचको रमझम त हो नि, कसरी हुन्छ जुवा ? काजीका लप्टन ज्वाईं काठमान्डूबाट आएका भन्थे। उनी बेला बेलामा रिल वाला क्यामराले फोटो हान्थे। लगत्तै हिसाब बताउँथे, “एघाह्र रिल सकियो।कौडा हान्दै गरेका श्रीमानको फोटो अहिलेका सभासदले पाए भने के गर्लान ? एकजना सभासदले पाए, अर्कालाई दिए रे। संसदीय जाँचबुझमा संलग्न अर्का सभासद त्यो फोटो हेरेको हेरै रन्थमोलमा छन् रे, साँच्ची जुवा भनेको चाहिँ के हो? भनेर। सायद पार्टीको बैठक बसेर त्यसले फैसला नगरुन्जेल उनी रनभुल्ल रहनु पर्नेछ। म पनि रनभुल्लमा छु, वास्तवमा जुवा भनेको चाहिँ के हो?

सेतोपाटी: प्रकाशित मिति: सोमबार, जेठ १२, २०७१ मई, २६, ०१४, १६:२९:३६

Wednesday, May 21, 2014

ओबामा, मोदी र नेपाली नेतृत्व:


                                                               सुबोधराज प्याकुरेल
सन् २०११ को जाडोमा वाशिंगटनको व्हाइट हाउसमा राष्ट्रपति ओबामालाई मैले भेटेको थिएँ/ विश्वका बिभिन्न क्षेत्रका अधिकारकर्मीहरुका लागि आयोजित उक्त बैठकमा दक्षिण एसियाबाट म र पाकिस्तानकी वकिल तथा संयुक्त राष्ट्र संघको पूर्व प्रतिवेदक हिना जिलानीलाई बोलाइएको थियो/ हामीले ग्वान्टानामोमा अमेरिकी कानुन र मानव अधिकार कानुनको बर्खिलाफ कैदी बन्दी राखिएको, तिनलाई " सिमित यातना" जस्ता हास्यास्पद आधारमा यातना दिइएको, इराकमा नक्कली आरोपमा हमला गरिएको जस्ता बिषय समेत उठाएका थियौं/ राष्ट्रपति ओबामाले स्पष्ट जवाफ दिनु भएको थियो/ एउटा विश्व नागरिकका नाताले उहाँले सत्यनिष्ठापूर्वक कतिपय कृयाकलाप अनपेक्षित रहेको कुरा स्वीकार्नु भएको थियो/  बैठक करिब ४० मिनेट सम्म चल्यो/ राष्ट्रपति ओबामाले राज्य संचालन गर्दा आइपर्ने अप्ठयाराका बारेमा चर्चा गर्ने क्रममा भन्नु भयो " आज तपाइहरुले टेलिभिजनमा देख्नु हुनेछ कि कसरि मलाइ अमेरिकीहरुको स्वास्थ्य सुबिधाको योजना ल्याउन खोजे वापत आलोचना गरिन्छ, आज २ बजे एउटा विद्यालयमा कार्यक्रम छ, सके हेर्नु होला"/ उहाँको उक्त योजनाको सार उहाँले बताउनु भएको थियो/ योजना अनुसार राज्यले स्वास्थ्यको जिम्मा लिनु परे पछि उक्त खर्च घटाउनकालागि रोग नलाग्ने उपायहरु गर्न राज्य बाध्य हुनेछ/ स्वच्छ पानी, उपयुक्त ढल निकास, वातावरणीय सुरक्षा, जन-स्वास्थ्य सम्बन्धि संचेतना  जस्ता बिषयमा ध्यान दिने संस्कृतिको बिकाश हुनेछ/ तर अमेरिकीहरु आफै कमाउने र आफ्नोलागि आफै सुबिधाको छनौट गर्ने कुरामा अभ्यस्त भै सकेका छन/ उनीहरु भन्छन " म कमाउछु, कमाइ अनुसारको बीमा गर्छु, रोगब्याध लागेमा मन परेको अस्पताल वा देशमा जान्छु र उपचार गर्छु/ तिमि को हौ मलाई यसो गर, उसो गर, रोग लागेमा तिम्रो उपचार फलानो अस्पतालले गर्छ, त्यहाँ जाउ, भन्ने?" ओबामाले भने अनुसारकै प्रश्न उहाँलाई श्रोता हरुबाट सोधिएको मैले देखें/
यस पटक सम्पन्न भारतीय निर्वाचनमा गुजरातका मुख्यमन्त्री मोदीको जादु नै चल्यो/ प्रचारको ब्यापार पाएका निजि सञ्चार जगतमा त झन् भनिसक्नु थिएन उनको प्रचार/ त्यो मोदीको जादुको पछाडी एउटा मन्त्रले काम गय्रो, गुजरातमा लगातार डेढ दशक देखि बिकाशको लहर चलेको छ/ बिकाशको मापदण्डको रुपमा चौडा सडक, ठुला कारखाना, शानदार हवाई अड्डा र बैदेशिक र स्वदेशी लगानीका ठुल ठुला परियोजनाको सचित्र बर्णन गरियो/ सफा शहर, अत्याधुनिक रेल स्टेसन, हराभरा स्वच्छ शहर टेलिविजनमा हेरेर दर्शक मन्त्रमुग्ध भए/ ६० प्रतिशत जनता गरीबीको रेखा मुनि बस्ने भारतमा धेरैले ति संरचना मेरै उपभोगका लागि हो भन्ने कल्पना गरे/ केजरिवाल र राहुल गान्धीले तथ्यांक सहित गुजरातका किसानको जमिनबाट भएको बेदखली, बढ्दो गरीबीको खाडल, सार्वजनिक स्वास्थ्यको बेहाल लगायतका कुरा उठाई रहे/ राहुल गान्धीले त १ रुपिया प्रति बर्ग मिटरको मुल्यमा अडानी नाम गरेको ब्यापारिक घरानालाई जमिन उपलब्ध गराउन त्यहाँका किसानलाई उठिबास गराइएको र गुजरात अहिलेको भारतमा सर्वाधिक बढी ऋण केन्द्र सरकारबाट लिएर चुक्ता गर्न नसक्ने राज्यमा दरिएको तथ्यांक पनि प्रस्तुत गरे/ उत्तर प्रदेशका मुख्यमन्त्री मुलायम सिंह यादवले गुजरातबाट अहिले पनि ३७ हजार किशोरी हरु हराईरहेको दर्दनाक चित्र प्रस्तुत गरे/ यस्ता अनेकन आरोप र दावाले पटक्कै काम गरेन/
मोदीको पक्षमा गरिएको प्रचारको मन्त्र थियो,बिकाशका मामिलामा कुनै सम्झौता हुँदैन; जातीय आरक्षण, धर्म निरपेक्षता, रोजगारीमा आरक्षण, सरकारी कोषबाट दातब्य जस्ता कुराले मानिस पराश्रयी हुन्छ; राज्यले संरचना बनाइदिने, त्यसको उपयोग गरेर आफ्नो बिकाश गर्न चाहनेलाई सुरक्षा र सम्मान दिने मात्र हो/ अल्छी र बाधकलाई सजाय दिनै भनेर राज्यको निर्माण गरिएको हो/ जहाँ राज्यको भरोसाको कुरा हुन्छ त्यहाँ पार्टी, राजनीति र नेताको आधारमा भेदभाव हुन्छ/ प्रकृया ध्वस्त हुन्छ, नेता हावी हुन्छ/
राहुल गान्धी गाउँमा बस्ने भारतीय मानव संसाधनको कुरा गर्थे/ ७० प्रतिशत भारतीय गाउँले जीवनमा छन्/ उनीहरुको क्षमताको बिकाश गर्नु, उनीहरुका लागि अवसर जुटाउनु राज्यको कर्तब्य हो र यस क्रममा पछाडी परेका हरुको संरक्षणगर्नु राज्यको कर्तब्य हो भन्थे/ उनले यस सन्दर्भमा बर्षमा सय दिनको काम र सुचनाको हक सम्बन्धि कानुन र भ्रष्टाचार बिरुद्ध लोकपाल बिलको कुरा गरे/ कांग्रेसका नेताहरु बारम्बार भारतीय जनता पार्टीलाई सार्वजनिक रुपमा सोध्ने गर्थे " यो गुजरात मोडेल भनेको के हो?" भनेर/ गुजरात मोडेल बताउनै परेन/ त्यहाँको चित्र र बिकाशका ठुला ठुला संरचनाको बिवरण नै काफी भयो/
आजका नेताले ख्याल गरुन कि अबको तन्नेरी पुस्ता कसैको दया र दातब्यमा आश्रित हुन चाहन्न/ अवसर पाए पनि त्यसको उपयोग गर्न सक्दिन कि भन्ने हीनताबोधबाट अबको पुस्ता मुक्त हुने क्रममा छ/ नेपालमा १५ देखि ५९ बर्ष उमेर समुहका मान्छेको संख्या कुल जनसंख्याको ६० प्रतिशत छ/ यो इन्टरनेट पुस्ता देखेको र भोगेको कुरामा बाहेक बिश्वास गर्दैन/ गफ हो कि यथार्थ भन्ने कुरा जाच्न उ शिपालु भै सकेको छ/ २ करोड नेपाली स्मार्ट फोन चलाउछन्/ १ करोड इन्टरनेटमा अभ्यस्त छन्/ यस्तो बेलामा अनेकन आरक्षण र सरकारी कोषको लोभ देखाएर जनतालाई कार्यकर्ता र कार्यकर्तालाई पिछलग्गु बनाउने प्रवृति अब चल्नेवाला छैन/ भारतीय राजनीतिमा देखियो र हामीकहाँ पनि मज्जाले देखिन थालेको छ कि सर्वाधिक बेइज्जति भएको क्षेत्र भनेको राजनीतिक व्यक्तित्व को हो/ यो राम्रो संकेत होइन/ यसर्थ आफ्ना घोषित आदर्श बाट परिचालित हुने, जनता समक्ष स्पष्ट, तार्किक र सहज बन्ने अनि आफ्नो अनुगमन गर्ने क्षमता बढाउने काम गरेर मात्र नेताहरुले आजको क्षमतावान पुस्ताको नेता बन्न सक्छन/ यो युग प्रतिष्पर्धाको युग हो/ आजका जनता ज्ञानी छन/ बुद्धिमान पनि छन/ तिनलाई नेतृत्व दिन विवेकशील व्यक्तिले मात्र सक्छ/
हामी कहाँ आरक्षण पनि चाहिएको छ/ सहयोग र सुरक्षा पनि चाहिएको छ/ सूचना र संरक्षण पनि चाहिएको छ/ भर्खर प्रकाशित नेपालको मानव बिकाश प्रतिवेदन अनुसार जातीय र लिंगीय भेदभाव बढी भएका जिल्लामा स्वास्थ्य, शिक्षा लगायतको बदहाल छ, त्यहाँ भ्रष्टाचार व्यापक छ/ बैदेशिक रोजगारी बाट प्राप्त हुने पैसाले पनि त्यस्ता ठाउँमा जग्गाको मुल्य बढाउने बाहेक अरु कुनै योगदान गर्न सकेको छैन/ सरकारी कोषमा बैदेशिक रोजगारीमा जानेबाट, आयकर तिर्नेबाट, दुर सञ्चार प्रयोग गर्नेबाट उठाइएको अरबौं रुपिया खर्च गर्न नसकेर थन्किएको छ/ जनताको नजरमा नेताहरुले राज्यको कोषमा मनपरी गर्छन/ त्यसैले उनीहरु पनि बिजुलीको खम्बा गाड्दा वा बाटो-नहर खन्न खोज्दा मनपरी मुवाब्ज़ा माग्छन/ अहिलेका हाम्रा नेतासंग देखाउनका लागि मोदीको जस्तो गुजरात छैन/ र, तार्किक ढंगले सैद्धान्तिकृत गरेर आश्वस्त पार्न सक्ने विवेकशील क्षमता पनि छैन/ हिंसात्मक द्वन्द्वबाट गुज्रिएका राष्ट्रहरुले शान्ति स्थापनाको एक दशकलाई बडो विवेकपूर्ण नजरले हेर्न र चलाउन सक्नु पर्छ/ अन्यथा एक दशकमा फेरी  विविध रुपको हिंसाको चक्र दोहरिन सक्छ/ यो बेलामा पारदर्शी, तार्किक र आम जनता संग निकटताको आभाष दिने नेतृत्वको आवश्यकता छ/ एक्लै ले नसके मिलिजुली सहि/

 ०७१ जेठ ०५, मई१९, ०१४ को अन्नपूर्ण दैनिकमा प्रकाशित/

Monday, May 12, 2014

Politics against Civil Society: Subodh Raj Pyakurel


                                                                                                                                                       

During my participation in a program related with Active Citizenry in Copenhagen in April 2014, one of the participants, Ms. Norah Owarga, MD of CPAR (Canadian Physicians for Aid and Relief), Uganda shared a story. I was moved to find that there are similarities in many places.
Half a century ago, in rural areas of Uganda, a woman accused of losing her chastity or virginity faced dire consequence. The local priest/mullah would rule that such should be thrown down from a stiff cliff. Regular "justice" process held every few months in the name of god and his wish purged such women.
This story was originally told by Professor Jessy Kwesiga who was Executive Director of Development Network of Indigenous Voluntary Associations (DENIVA) in Uganda while explaining the difference in role of Civil Society as Rights holders and mere philanthropist or pure project implementers.
Going further on Professor Jessy's story Ms. Norah added that few youths from the area decided to save those poor girls. When the women were thrown down from the stiff cliff, the youths would swim to the bottom of river and try to rescue them. They used to save several lives at intervals of punishment, feed and shelter those saved and few youths marry them as well. This noble work attracted attention of several kind-hearted persons. Support and sympathy came pouring. When some funding agencies got to know this unusual courage, they contacted this group and requested that such a commendable achievement needs to be documented properly so that more resource and support could be garnered and this project could motivate others to emulate elsewhere. Some suburban intellectuals were so moved that they were ready to join in the endeavors proposed by potential donors. Within months, the ecstatic intellects and the youths championed a proposal of project on rescue and rehabilitation. Their project was perfectly SMART (Specific, Measurable, Achievable, Result-based and time bound). So, the project was professional, transparent and potential.
Explained Ms. Norah that after relating the story, Professor Jessy asked the audience whether the project was successful?  Yes, it was. It was successful for the donors and recipients. But why the rescuers failed to raise voice against the inhuman practice of throwing women down the cliff allegedly for losing their chastity and why they could not question the justifiability of the practice? It is quite possible that their staffs might have been busy counting the record, overviewing logical frame-work, examining project objectives, assessing how many rescue targets had been fulfilled or yet to be fulfilled? That was a million dollar question.
When we see that Civil Society actors are going deeper to the causes soliciting justice, asking for progressive change advocating on ground of facts, they are severely attacked. Till they are limited to philanthropic activities, everything is okay. Authorities are happy that in advent of crisis, philanthropy will save their face rarely giving a thought on constructing foundation which can prevent the crisis. Most exponent deliberations are given on Rights Based Approach at international forums. But when people as right holders start claiming for meaningful participation in the socio-political development process, they are termed as forces against peace. Eventually advocates for awareness and claim are blamed as instigators and what not?
The day the rescuers begin to identify the cause of crisis and advocate for prevention, they will also be termed as groups involved in insulting the culture or authority. Likewise, the moment Civil Society mentions people's wish, readiness and their meaningful participation, the rulers begin to level charges of politicizing the issue as if the Civil Society acts by manipulating politicians or that they need a veil of political parties or syndicate to carry out their duty.
We know that about 1 to 5 per cent of the total foreign funding goes to the NGOs. Most of NGOs do not try to go for root cause of women being thrown from the cliff. Sector, nature, monitoring and control of projects are put under state authority. Even efforts that are purely voluntary are sullied as being the projects orchestrated by invisible enemies and visible agents with ulterior motives. So, recipients of 5 per cent of foreign funding are demonized and 95 per cent are glorified as genuine nationalists.
In fact, rulers are seriously terrified with the popularity of Civil Society. They have adopted psychology of monopolist. They have the notion that none other than themselves or their syndicates, which can be traders, contractors or bureaucrats among others, should get the playing field. And they don't want to see that any other entity, be it Civil Society or Citizenry is able to raise question and to lay condition of support. Evolution of local strength enabling citizens to intervene in national politics is viewed as the greatest enemy for politicians, especially the national ones. Under a cover of the political band, there are readymade syndicates including syndicate of business and other sectors usually tied with foreign investment and profit- interest. Truth is power when that is exposed to public. But we have seen media are rarely able to stand as audience's forum.
The challenges are clear: evolve the power of people, uncover any seen and or unseen syndicate and expose the business of invisible threats embraced by persons who think they are borne to rule. Inception of new age has begun where digital media and internet users are emerging as force to be reckoned. Familiarity with international laws and development processes are other sources of awareness. New and emerging generation, eager to learn facts about their culture, history and reason behind domination are in take-off position for conscience. Days are not very far. Let’s be prepared.
Writer is Human Rights Defender:
Read him: www. SubodhFreenep.blogspot.com

(Portable): 98510-26841.