Monday, June 27, 2011

नकारात्मक सोंच बाट माथि उठौँ


                                                                                                                        Description: C:\Documents and Settings\subodh\Desktop\Subodh Pics\Subodh Daju.jpg
नकारात्मक सोंच बाट माथि उठौँ.
                                     सुबोधराज प्याकुरेल.

निर्वाचन आयोग यतिबेला विद्युतीय परिचय पत्र बनाउने काममा लागेको छ. यो कामलाई सहयोग गर्नु पर्नेमा आफुलाई मधेसी पार्टीका नेताहौँ भन्नेहरु यसको धुमधाम बिरोध गर्नमा व्यस्त छन. उनीहरुको तर्क छ कि मधेसमा जनताले नागरिकताको प्रमाणपत्र पाएका छैनन. नागरिक बाहेकले मतदाता बन्न नपाउने कुराको बिरुद्ध यो कु-तर्क आएको हो भन्ने कुरा घाम जत्तिकै छर्लंग छ. नागरिकता ऐनमा संसोधन गर्दा उनीहरु संलग्न थिए. अब जनतालाई नागरिकताको प्रमाणपत्र लिन चेतनशील बनाउने, त्यस काममा सहयोग, सहजीकरण गर्नु पर्नेमा राजधानीमा बसेर उग्र कुरा गर्ने र असल काममा भाँजो हाल्ने षणयन्त्रमा उनीहरु सामेल भएका छन. केहि बुद्धिजीवी र प्रशासकहरु समेत १६ बर्ष पुगेकालाई १८ बर्ष पछि मात्र पाइने मतदाताको प्रमाणपत्र बाँडन लागिएको भन्दै बिरोधमा जुटेका छन. यी तिनै व्यक्ति हुन जसले आफ्ना नवालिग सन्तानको राहदानी लिनकालागि नावालिग नागरिकता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय बाट लिन्छन. अहिले थालिएको विद्युतीय परिचयपत्रलाइ बिस्तारित गरिएमा, जुन क्षमता हामी संग छ, नागरिकता, सामाजिक सुरक्षा, मतदान, सम्पत्ति, कर जस्ता यावत कामकालागि उपयोग गर्न सकिन्छ. नागरिकको अभिलेख बैदेशिक रोजगारी लगायत सम्पूर्ण काममा प्रयोग गर्न सकिन्छ. प्रहरीलाई अपराध अनुसन्धानमा बैज्ञानिक र बिश्वस्त प्रक्रिया अपनाउन सहयोग पुग्छ. त्यतिमात्र होइन एउटा मतदाताले देशको वा बिदेशमा समेत रहेको कुनै पनि मतदान केन्द्रमा गएर आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न सक्छ. मतदान केन्द्रमा हुने बदमासीका लागि त्यहाँ गरिने भिडभाड सहायक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ. मतदान केन्द्र छान्न सकिने भएपछी मतदाता लाइ सजिलो हुन्छ र भिड कम भएपछी मतदान सहज हुन्छ. आफ्नो सुविधाको मतदान केन्द्र प्रयोग गर्न पाए पछि मतदान केन्द्रमा भिडभाड काम हुन्छ र मतदानको संख्या पनि बढ्छ.
केन्द्रिकृत नागरिक अभिलेख प्रणाली बेगर आधुनिक राज्यको कल्पना गर्न सकिन्न. अहिले बिरोध गर्नेमा ठुलो संख्या तिनको छ जसले संसारका बिकशित राष्ट्रमा घुमी घुमी यो व्यवस्था देखेर बुझेर आएका छन. आम नागरिकहरु नागरिकता प्रमाणपत्र, नागरिक पहिचानको दुरुपयोग प्रति आक्रोशित छन. आधुनिक बिश्वमा अपराधीहरुले बैज्ञानिक सुविधाको दुरुपयोग गर्ने गर्छन. इन्टरनेट र फोन को दुरुपयोग खतरनाक स्तरमा पुगेको छ. भारतमा समेत त्यहाँको सञ्चार प्राधिकरणले टेलिफोन, मोबाइल नम्बर दिने र सेवा प्रदायक कम्पनीले त्यस नम्बरमा सुबिधा दिने व्यवस्था गरिएको छ. यो व्यवस्थाले अर्काको नम्बरको दुरुपयोग रोक्न मद्दत गर्छ. कम्पनि फेरे पिच्छे नम्बर फेरिने झन्झट रहन्न. इन्टरनेट लगायत विद्युतीय सुविधाको पहिचान प्रदान गर्ने कामलाई एकिकृत गर्नु आवश्यक छ. त्यस्तै बैंक खाता नम्बर पनि एकिकृत प्रणाली बाट दिने र अन्तर बैंकिंग सुबिधा बैंकहरुले एक आर्काका ग्राहकलाई दिनै पर्ने व्यवस्था नगरी मुद्रा निर्मलीकरण लगायतको भ्रष्टाचार र आतंकवाद बिरोधी उद्धेश्य हासिल हुन सक्दैन.
मुद्रा, सम्पत्ति, कर र सञ्चारको एकिकृत अनुगमन बेगर भ्रस्टाचार र अपराध नियन्त्रण असम्भव छ. यी चारै चिज जनताका अधिकार हुन तर सदुपयोग मात्र गर्ने शर्तमा. स्वतन्त्रतालाइ राज्यले ग्यारेन्टी गर्छ, सहजिकरण गर्छ तर अराजकता र अपराधलाई दण्डित नगरी स्वतन्त्रताको रक्षा गर्न सकिन्न.
हाम्रा राजनीतिज्ञहरुलाई यस्ता कुरामा वास्ता नै छैन. आफ्नै पार्टी वा अर्कोलाई गाली गरेर ठुलो हुने रोग लागेको छ. नेपालको संसदमा कुनै सांसद वा सांसद समुहले यस्तो कुरामा प्राइभेट बिल प्रस्तुत गर्दैन. उनीहरुले गरे हुन्थ्यो. अपराध, दुरुपयोग र भ्रष्टाचारले पहिलो शिकार समाजको कमजोर पक्षलाई बनाउँछ. तन्नेरी, महिला, दलित आदि संसदीय संजालहरु यस मामिलामा बढी सचेत हुनु पर्ने. कानुन र हाम्रै संसदीय अभ्यास ले पनि प्राइभेट बिल प्रस्तुत गर्न दिएकै छ. राष्ट्रिय मानव अधिकार आयोग यस्तै प्राइभेट बिल बाट अगाडी बढाइएको थियो. अहिले त्यो आयोग संबैधानिक बनि सकेको छ. अर्कालाई होच्याएर आफुलाई ठुलो देखाउने छुस्के र संकुचित चरित्र बाट मुक्त नहुन्जेल न आफ्नो इज्जत बढ्छ न राष्ट्रको.
नेपाल त यस्तो राष्ट्र भयो जहाँ जात-जाति पिच्छे सेनाको बटालियन बनाउनु पर्ने माग उठ्छ. बिदेशीलाई चिठी लेखिन्छ, मेरो देशको फलानो समुदायको नाममा तिम्रो देशको सेनामा भर्ति खोलिदेउ, भनेर. अब संबिधानमा यो पनि लेख्नु पय्रो कि यदि बैदेशिक आक्रमण भएछ भने अघिल्लो पंक्तिमा कुन जातको बटालियन लड्न जाने भनेर. यस्ता दिक्दारीका कथा अनन्त छन. कसैले यो नभनुन कि फलानो-फलानो ले गरेको यस्ता यस्ता कुरा चाहिं सुबोधले बोलेन भनेर. नेपाल यस्तै हो, उदाहरण नै के दिइन्छ भने फलानो ले संसार बिगारी सक्यो मैले भ्याएको त जाबो यत्ति न हो. कृपया नकारात्मक सोंच बाट माथि उठौँ.

Wednesday, June 8, 2011

Omnipotent/Impotent Leadership.

 Our own incompetency has propelled so called intervention from outside and inside. Leaders think they are omnipotent whereas in every steps they have proven to be impotent. They should re-call to define correctly the slogan once given by late king Birendra; POLITICS FOR DEVELOPMENT. People need food first and freedom to earn and grow for food. Food does not connote only cereals and freedom does not mean only freedom to work (as slave and or wage earner).

चुनौति र अवसर.





आजको विश्व अनेक नौला अनुसन्धान-विकाश र चेतना बाट प्रभावित छ. त्यस मध्ये सर्वाधिक प्रभावित दुई वटा बिषय छन; (०१) मूल्य अभिबृद्धी र आउट सोर्सिंग(बहिरंग प्रयोग).
भएका पेशा, व्यवशायमा उही उत्पादन लागतमा बढी भन्दा बढी मुल्य थप्न सक्नु मूल्य अभिबृद्धी हो. यो शब्द सुन्दा ब्यापार-कारोबारमा लागु हुने जस्तो लाग्न सक्छ. तर एउटा कर्मचारी वा बिज्ञले उत्तिकै खर्च वा पारितोषिक लिएर अरुको तुलनामा कति बढी प्रतिफल दिन्छ त्यहि नै उसले राष्ट्रलाई दिएको मुल्य अभि बृद्धी हो भन्न सकिन्छ. कार्यालय समयमा लाए-अह्राएको काम मात्र गर्ने एक थरी हुन्छन, अर्का थरी आफ्नो काममा नयापन ल्याउन आतुर हुन्छन. त्यसलाई सिर्जनात्मक ढंगले गर्न चाहन्छन. निर्धक्क संग तर्क गर्छन. अरुलाई बिश्वासमा लिन्छन. र, नया आयाम थप्न सक्षम हुन्छन. यस्तो चर्याले उनीहरुले गर्ने कामको इज्जत र पहिचान बढाउँछ. संस्थाले गर्ने उत्तिनै लगानीले प्रतिफल बढाउँछ. उत्पादनको मुल्य अभिबृद्धी हुन्छ.अर्थात सेवाको मुल्य बढ्छ. मुल्य संधै मुद्रामा मात्र गणना हुन्न. कतिपय सामाजिक सदभाव  चेतना र विकाशका लागि गरिने मुनाफा रहित काम हरु पनि हुन्छन. यस्तोमा भनौँ प्रभाव अभिबृद्धी.
अर्को व्यापक चर्चामा आएको शब्द छ – आउट सोर्सिंग. यसको अर्थ हो आफ्नी कामका लागि बाहीरी क्षमताको प्रयोग गर्नु. आजको इन्टरनेटको जमानामा को कहाँ बसेर कसलाई सघाई रहेको हुन्छ भन्ने कुरा अपरम्पार भै सक्यो. उत्पादन कार्यमा सस्तोमा राम्रो स्तरको सामान एउटाले बनाउँछ र अर्कोले त्यसमा आफ्नो ट्रेड-मार्क राखेर बेच्छ. बनाउनेले वस्तुको उत्पादन बाहेक अरु कुनै जिम्मा लिंदैन. आफ्नो ट्रेड मार्क राख्नेले त्यसको बजार, ग्राहक, ग्यारेन्टी आदि सबै चिजको जिम्मा लिन्छ. बजार व्यवस्था गर्नेले जहाँ जच्यो त्यहाँ सामान बनाएर ल्याउँछ र बेच्छ, सप्लाई गर्छ. यो त भयो बजार को कुरा. कानुन र मानव अधिकार को कुरा हेरौं. अदालत हरुमा बिश्वका उत्तम कानुनहरुको हवाला दिएर बहस हुन्छ. न्युयोर्कमा बनेका अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरु संसार भर लागु हुन्छन. जेनेभामा बनेको मानवीय कानुनले आन्तरिक र बाह्य द्वन्दमा गर्नु पर्ने व्यवहार लाइ निर्देशित गर्छ. संसारको एउटा कुनामा बिकशित ज्ञान र क्षमताले अर्को कुनाको समाजलाई झक्झक्याउँ छ. राष्ट्रिय कानुन र व्यवहारले अपेक्षित प्रतिफल दिन सकेन भने बाहीरको ज्ञान र क्षमताको प्रयोग गरिन्छ. राष्ट्रिय अदालतले न्याय दिन सकेन भने अन्तर्राष्ट्रिय न्यायिक उपचारको ढोका खुल्छ.
आजको युग सामाजिक सञ्जाल र वैयक्तिक क्षमताको युग हो भनिन्छ. सामाजिक भन्नाले विश्व समाज भन्ने बुझिन्छ. वातावरण – महिला – जनजाति आदि क्षेत्रमा काम गर्ने सञ्जाल हरु देश देखि विदेश सम्म र अन्तराष्ट्रिय मंच सम्म मान्यता प्राप्त छन. संयुक्त राष्ट्र संघका सबै जसो प्रक्रियामा नागरिक समाजका संस्थाहरु आफै वा प्रतिनिधी मार्फत सहभागि हुन्छन. यसले गर्दा प्रत्येकले क्षमता अभिबृद्धी को अवसर र एक्यवद्धता को तागत पाएको छ. जसले बढी योगदान गर्न सक्यो त्यसको बढी पहिचान हुने नै भयो. अर्थात प्रतिफल को आधारमा प्रभाव अभिबृद्धी गर्न सक्ने को इज्जतिलो पहिचान हुन्छ. सामाजिक मुल्य भनेकै आफ्नो सामाजिक योगदानको प्रभाव हो. अहिले हामी राष्ट्र र समाजका लागि जे गर्छौँ त्यसमा संसारका असल अनुभव लाइ पनि मध्य नजर गरेर गर्छौँ. बाहिरी बुद्धि र अनुभव लाइ यसरी रष्ट्रिय कल्याण का लागि उपयोग गर्नु आउट-सोसरसिंग (बहिरंग प्रयोग) हो.
आजको पुस्ता जुनसुकै पेशामा संलग्न भए पनि उसकालागि मुल्य अभिबृद्धी चुनौति हो भने बहिरंग प्रयोग अवसर. यसलाई आधुनिक ज्ञान-संगत र आफ्नो विवेकका आधारमा सदुपयोग गर्नु पर्छ.
०६८ जेष्ठ-२५. June-08/2011.