Friday, September 30, 2011

शरद सिंह भण्डारीलाइ सोधौँ:




तराइका बाइस जिल्लाले छुट्टिने रहर गरे कुन कानुनले रोक्छ? भन्ने शरद सिंह लाइ सोधौँ, यस्तो कुरा गर्नु भनेर चाहिं कुन कानुनले तिनलाई अधिकार दिएको छ? उनले राम्ररी बुझ्नु जरुरी छ कि देशको सार्भभौमिकता र राष्ट्रिय अखण्डतामा आंच आउने अवस्थामा सबै कानुन निरस्त हुन्छन. राज्यले आफ्नो अन्तिम बल प्रयोग गर्छ. देशका नागरिक सबै सिपाही बन्छन र आफ्नो सम्पूर्ण शक्ति लगाएर अलगाव, बिखण्डन  को बिरुद्ध लड्छन. बिखण्डन बिरुद्ध लडनु प्रत्येक नागरिकको कर्तब्य हो. उनले यो पनि बुझुन कि राष्ट्रले प्रयोग गर्ने अन्तिम र भरपर्दो शक्ति भनेको सेना हो. त्यस्तो सेनाको राजनीतिक प्रमुखको ओहदामा बसेर ह्वास ह्वास्ती फजुलका कुरा छाद्ने ले पद मात्र होइन राजनीतिबाटै सन्यास लिनुपर्ने हो. उनलाई चुनौति दिन चाहन्छु, तागत छ भने मधेसको जिल्ला को के कुरा कुनै एउटा गाउँको कुनै एउटा वडा बाट देशबाट अलग्गिने आवाज उठाइदेउ. मानौंला तिम्रा हुर्मत. उनि र यस्तै नक्कली मधेसी भनाउँदा केहि नेताका कारण मधेस बदनाम भएको हो.
यी भण्डारी कसका चाकर हुन कुन्नि? यिनलाई चाहिं पाहाडे भन्दै यिनको सम्पत्ति माथि किन धावा बोलिएन होला? यिनले कहिले नेपाली टोपी नलगाउने भएकाले यिनको शीरको टोपी पनि फालिएन होला, मधेसमा बस्ने कुल ५१ प्रतिशत नागरिक मध्ये २४  प्रतिशत पहाडे मुलका परेकी २७ प्रतिशत मधेसी मुलका परे यी भण्डारी कुन्नि. यी बस्न त मधेस मै बस्छन, त्यतै राजनीति पनि गर्छन, मधेसी फोरमका नेता हुन, तर मधेसी नेताका परिभाषा भित्र यिनी नपर्नु पर्ने हो. थर गोत्र ले त यिनलाई पाहाडे  भन्छ. किन त जात हटक गरिएका पाहाडे लाइ आफ्नो पार्टीमा राखेर नेता बनाएको  होला भन्ने शंका चाहिं निवारण भयो. यी तथाकथित मधेसी मसिहा का असली चाकर रहेछन.
गजेन्द्र नारायण सिंह ले ४० लाख मधेसीले नागरिकता पाएका छैनन् भन्ने बेफ्वाँक को रटान लाइ राजनीतिको मूल नारा बनाएका थिए. हृदयेशले बीचार गरे ३० बर्ष अघि को ४० लाख अहिले त पक्कै ६० लाख पुग्यो. उनले नारा थपे - ' मधेसमा ६० लाखले नागरिकता पाएका छैनन्'. अहिले दुई हातले आँखा चिम्लेर नागरिकता छर्दा पनि १२ लाख टेकेन. तर नया जोगी आएका छन, राजेन्द्र महतो. उनीलाई नेपालमा नागरिकले मात्र मत हाल्ने व्यवस्था हुन लाग्यो  भनेर पेट पोलेर हैरान छ. पारिकै मतदाता नामावली अनुसार रुजु समेत नगरी मताधिकार नदिई उनलाई भएकै छैन.
यस्तै यस्तै जातीय , क्षेत्रिय बिभाजनको सानो घेराको राजनीति गर्ने र हरेक ठाउँमा स्थानीय रजौटाको निर्माण गर्ने कुत्सित मनसायका साथ च्याउ सरि पलाएका नेताका पंक्तिमा एउटा अर्को थपिएको व्यक्तित्व सावित भएका छन, शरद भण्डारी. बधाई.

No comments:

Post a Comment