Friday, August 24, 2012

आजको चुनौति:


आजको चुनौति:
·         लूटपाट, ठगी, असहिष्णु.
·         समानान्तर राज्य, राज्यको अनुपश्थिति (सिन्डिकेट, समुह, समिति).
·         भ्रस्टाचार को संस्कार.
·         जातिय बिभाजन र कमजोर समाज उपरको हमला.
·         च्यातिएको राष्ट्रियता, अपहेलित राष्ट्रिय स्वाभिमान.
·         निराश, निरस, अपमानित नागरिक.
·         कानुनको शासनको समाप्ति.
·         जो ठुलो चोर उसैको ठुलो स्वोर.
·         घाइते राष्ट्र असफल हुँदै रसातलमा पुग्ने क्रममा छ.
·         राष्ट्रको गौरव, इतिहास, ब्याकरण- शब्दार्थ र सामाजिक बनौट लगायत सबै संरचनाको  अपव्याख्या गर्ने, त्यसलाई भ्रष्टीकरण गरिदिने प्रयास भएका छन. त्यस्तो दुष्प्रयासका नेपाली दलाललाई खुलेआम सहयोग गर्ने, उक्साउनेहरु छन.
·         कुनै पनि क्षेत्रमा योजना छैन. सबै कुरा अपर्झटमा चलेको छ.
अनुपश्थित बिकल्प:
·         जनता विकल्पलाई साथ दिन्छन. तर नेपालमा बिकल्प दिने र सुविचारित विकल्पलाई सर्वसाधारणले सरल ढंगले बुझ्ने गरी कार्य योजना प्रस्तुत गर्ने कुनै दल, नेता र समुह छैन.
·         राजनीति नेता बिशेष र उनको मण्डलीलाइ दर्जामा पुय्राउने चाल को रुपमा बदनाम भएको छ.
·         नेताले फलानो लाइ हटाऊ, मलाई पुय्राउ त भन्छन तर त्यसले जनताको दिनचर्यामा के फरक पार्छ र किन फरक पार्छ भन्दैनन.
·         नेपालको मुलधारको राजनीतिले सामाजिक आन्दोलन र समाज सुधारको सचेतन प्रयासलाई अग्रगामी परिवर्तनको आधारशीलाको रुपमा उपयोग गर्ने रणनीतिको  निर्माण गर्न सकेन.
कमजोर प्रतिपक्ष:
·         प्रजातान्त्रिक बिधी र प्रकृया द्वारा राज्य रुपान्तरण गर्न सकिने व्यवस्था आफु समेतको संलग्नतामा स्थापित गरी सकेपछि जबर्जस्ति हिंसा मच्चाउने माओवादीलाई सैद्धान्तिक जवाफ दिन कांग्रेस र एमालेले सकेनन.
·         भगोडा नेता/कार्यकर्ताको पार्टी भए कांग्रेस/एमाले. माओवादीले एकक्षत्र पायो. हिजो जनतालाई छाडेर भागेकाहरुलाई थाहा छ, आफ्नो हिजोको बेइमानी वा लाचारी.
·         राजाले शेर बहादुर देउबाको सरकार बिघटन गर्दा र आफै सत्ता कब्जा गर्दाको कांग्रेस/एमालेको हविगत जे जस्तो देखियो त्यसको भूत ले दुवै पार्टीलाई अझै पनि तर्साएकै छ. अहिले भूत फेरिएको होला तर सामना गर्नेको प्रवृति र चरित्र फेरिएको छैन.
प्रजातन्त्र जनताको नजरमा:
·         जहाँ गरी खाने स्वतन्त्रता हुन्छ.
·         जहाँ सरकारी काममा सबै नागरिक समान सम्मानका हकदार हुन्छन.
·         जहाँ क्षमता विकाश गर्न चाहनेलाइ आवश्यक संरचना उपलब्ध हुन्छ.
·         जहाँ जनताले छाम्न सक्ने गरी नजिकै सरकार हुन्छ.

·         जहाँ राजनीति जनता संग नङ-मासु को सम्बन्ध राख्न प्रतिवद्ध हुन्छ. र दलहरु जनता संगको सामीप्यका लागि एक आपसमा प्रतिष्पर्धा गर्छन. जनताको चाहना अनुसारको कानून, नीति निर्माण गर्न र त्यस अनुरुप भयो भएन भनेर जनता संगै अनुगमनको काममा संलग्न हुन्छन.
·         जहाँ कानुनको शासन हुन्छ.
·         जहाँ सार्वजनिक जिम्मेवारी र हैसियत अनुसारको जवाफदेहिताको ग्यारेन्टी हुन्छ.
·         जहाँ बलियो सरकार हुन्छ र उदाहरणीय चरित्रका अगुवा हुन्छन.
·         जुन राष्ट्र र समाजले पछिल्लो पुस्ताको लागि सोच्ने गर्छ.
अहिले हाम्रो देश तिघ्रे गुन्डाको पकडमा परेकी लाचार किशोरीको हालतमा छ.
छुट्याउन आउने अर्को मुसटण्ड संग भरोसा गर्न लायक तत्व छैन.
माओवादीले सबै पार्टी भित्र खेली सक्यो. पाइलै पिच्छे उसका शर्त हरु फेरिन्छन. छिमेकी लाइ समेत नाना भाँती कुरामा अल्झ्याई राखेको छ. अब रीम संग संबन्ध गासिन्छ पनि भन्दै छ. सञ्चार देखि सामान्य प्रशासन सम्म सर्वत्र लगभग निरंकुश कब्जा को स्थिति छ. निकट महिनामा सर्वोच्च अदालत, अख्तियार, निर्वाचन आयोग लगायत अनेकन निकाय स्वतः खाली हुँदै छन. तर कांग्रेस/एमालेको एकतर्फी रटान बाबुराम फेर्ने मात्र छ. माओवादीको यो मनपरी गर्ने क्षमताको आधार हुन मधेसी पार्टी. कांग्रेस /एमाले तिनै फोहरीलाई लिएरै अर्को सरकार बनाउने रणनीतिमा छन त्यसैले त्यस फोहरी जमात बारे केहि बोल्दैनन.
·         वास्तवमा नेपाली जनता राज्यको प्रगतिशील रुपान्तरण चाहन्छन. त्यसका लागि जनताको प्रत्यक्ष संलग्नता र आम्दानीको अधिकतम प्रतिशत आम्दानी गर्ने क्षेत्रकै उन्नतिमा लगानी होस भन्ने चाहन्छन.
·         मुलुक यति बेला हुण्डरी अघिको शान्ति को स्थितिमा छ. अन्तर्राष्ट्रिय समुदाय सामु माओवादीको बिकल्प दिन सक्ने राजनीतिक बिकल्प छैन.
काठमान्डू संगको अन्तरविरोध:
आम नेपाली जनतालाई भारत मन पर्दैन जबकी शैक्षिक, धार्मिक, स्वास्थ्य जे काममा पनि त्यहीं नगई हुन्न. मन नपर्नाको कारण के हो भने त्यहाँ जाँदा रेलको टी टी देखि रिक्सावाला, मन्दीरका पण्डा र डाक्टरको दलाल सम्मले पाइलै पिच्छे लूटने र हेप्ने गरेका हुन्छन.
आम नेपालीका लागि काठमान्डू त्यस्तै पैशाचिक नगरी हो. संचयकोष को कर्जा लिन देखि मामुली भन्दा मामुली काम पर्दा पनि काठमान्डू नआई हुन्न. यहाँ आएपछी घुस्याहा कर्मचारी देखि बेइमान होटेल वाला सम्म ले सक्दो पिरोलिएर फर्कनु पर्छ. गाउँ घरमा ठुला कुरा गरेर ठुला नेता, जन- प्रतिनिधि बनेकाले काठमान्डूमा घर जम गरेर सपरिवार बसेको ज-जसलाई जनताले देख्छन ति सबै संग एक प्रकारको आहारिस वा आक्रोश पालेरै फर्किन्छन.
कुतर्क र लहडको भरमा नेपालमा हिंसात्मक आन्दोलन भयो. त्यसले लुट्न बाहेक अरु केहि सिकाएन. लुटेराको पुस्ता बाहेक अरु कुनै तत्वको उत्पादन गरेन. आहारिस, आक्रोश र द्वेष बाहेक अरु कुनै संस्कार स्थापित गरेन. त्यसको गति कतै बाट पनि सुस्त भएको छैन. त्यसले एक्काइसौं शताब्दीमा बोक्रे युगमा फर्किनु पर्ने भन्दै जातिवादको वकालत गर्दै छ. सार्वजनिक यातायात देखि सार्वजनिक संस्था सम्मका व्यक्ति हरुले गर्ने व्यवहार देख्दा लाग्छ सबै अरुलाई झम्टिन तम्तयार भएर बसेका छन. यो देश मनोरोगीहरुको देश भएको छ. कुनै आमा, बाबु लाइ सोध्नोस तिनले आफ्नो सन्तानलाई भोलिको गुज्रानका लागि कुनै आधार वा सल्लाह दिन सक्ने अवस्थामा छैनन्. ट्रेड युनियन देखि सिन्डिकेट सम्म लुट्नका लागि खडा गरिएका अराजक औजार बनेका छन. दलका नेता डनको आहारा र सहारा मा जीवित छन. अर्थतन्त्र चौपट छ. कानुनको शासन छैन. जिम्मेवार पदाधिकारी छैन. सुरक्षा निकाय योजनावद्ध ढंगले ओइलाएको छ. बैदेशिक क्षेत्रमा नेपाल असुरक्षित र कुनै बेला ढल्न सक्ने राष्ट्रको रुपमा चिनिएको छ. योजनविहीन देश बनेको छ नेपाल. अहिले बत्ति छैन. बिजुली उत्पादन हुँदा ट्रान्समिसन लाइन हुने छैन. सजिलै गर्न सकिने सानो भन्दा सानो काम पनि गरिन्न. हरेक व्यक्ति निराश छ. नेपाल शंकटापन्न र असफल मात्र होइन धाराशायी भइसकेको मुलुक हो. तर यो एक्काइसौं शताब्दीले उपचारका नौला बिधिको सृजना गरेको कारणले होला अथवा धराशयी घोषणा गरे पछि बोक्नु पर्ने भार को डर का कारणले होला बिश्व समुदायले नेपाललाई असफल राष्ट्र घोषणा गरी सकेको छैन.

नेपाल बचाउन र बढाउन सकिने देश हो. पाँच बर्ष भित्र सुगम जिन्दगी स्थापित गर्न सकिने देश हो. आम जनता सामू सत्य बोल्ने र सैद्धान्तिक जगमा उभिएर तद अनुरुप व्यवहार गर्ने आँट भएका नीडर नेताको खडेरी परेको छ. त्यसलाई हटाउने इमान्दार प्रयासको मात्र खाँचो छ. एक पटक फेरी छालाको मायाले नपिरोलिएका नया पुस्ताका मदन भण्डारीको खोजीमा छ मुलुक.


सुझाव:
राष्ट्र बिकाशको योजना निर्माण गरौँ र भ्रम हरुको जवाफ तयार पारौं.


नागरिक अभियान:
Making Responsive to Responsible: जिम्मेवारहरुलाई तदारुक बनाउने.
Citizen’s Code of Conduct: नागरिक आचारसंहिता को निर्माण गर्ने.



(भदौ,०८,२०६९ मा नेपाल बुद्धिजिवी परिषदद्वारा आयोजित छलफलकालागि)

सुबोधराज प्याकुरेल.
(O) 4278 770 Ext: 109. (R) 5541 549 (M) 98510 26841.                                                                      




No comments:

Post a Comment