Thursday, November 21, 2013

विवेकशील जनताको अपेक्षा:



                                                     
सुबोधराज प्याकुरेल, (स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको यात्रा सन्दर्भमा)

हाम्रो देशमा हजार बाह्र सय बर्ष पुरानो बर पीपल र अरु रुखहरु छन् जसको जनताले पूजा गर्छन. ति रुखका जरा दह्रो संग गाडिएका र फैली रहेका हुन्छन. बटुवालाई छहारी, पाकालाई चौतारी र किसानलाई पशु आहार पनि दिन्छन ति रुखले. पूजा र धर्म-कर्म गर्नेलाई त रुख पवित्र केन्द्र नै हो. अहिले नेपाली कांग्रेसले सम्झिनु पर्छ, स्थिरता उसको पहिचान हो, दायीत्व हो र जिम्मेवारी हो. यो जिम्मेवारीलाई उसले प्रजातान्त्रिक समाजवादको बाटोमा उदारतापूर्वक अगाडी बढ्दा मात्र पुरा गर्न सक्छ. आफ्नो बिगत र सैद्धान्तिक टाट उल्टाई बाट नेपाली कांग्रेस मुक्त होस भन्ने चाहनाका साथ् जनताले उसलाई पत्याएका हुन.
एमालेले पाएको मत मदन भण्डारी र उहाँले प्रतिपादन गर्नु भएको जनताको बहुदलीय जनवादको सेवा लिने आतुरताको प्रकट  चाहना हो. धेरै ठाउँमा सामान्य जनताले मदनलाई यति सम्मानका साथ् सम्झी रहेका रहेछन कि म त भाव बिभोर भएँ. तिनको एक स्वर थियो, " बरा लाइ सुनियो, चित्त बुझाइयो तर उनले गरेको हेर्न पाइएन, अकालमै मारे ". लोकतान्त्रिक बिधि, कानुनको शासन र जनमत लिएर
सामाजिक न्यायका लागि जनताको गोरु बन्ने एमालेको चाहना साकार होस भन्ने उनीहरुको आशिर्वाद छ.

एमाओवादी अति उत्ताउलियो भन्ने जनताको ठहर छ. उनीहरु चाहन्छन उसका असल चिन्तनका लागि उसले असल व्यवहार, असल कार्यकर्ता-नेता र स्पष्ट नीति पनि ल्याउनु पर्छ. उनीहरुलाई अलमल छ, यो पार्टी नेताका लागि हो कि जनताका लागि. देश प्रति केहि नेताले द्रोह गरे र जातीय नारामा अरुलाई उरालेर सामान्य जनताको जीन्दगीलाइ विखण्डित पारे भन्ने ठुलो गुनासो छ उनीहरुको एमाओवादी प्रति. तर परि आउँदा जस्तो सुकै कठिनाइ मोल लिन सक्ने पार्टी एमाओवादी हो भन्ने उनीहरुको ठम्याई छ.

मधेस र जनजाती पार्टीका लाइ आम रुपमा पद को लोभ र आहारिसले खोलिएको जमात ठानिएको छ. कतिपय व्यक्ति पार्टीले इज्जत नदिएकोले पनि त्यता तिर लागेका छन् भन्ने ठानिएको छ. ठुला पार्टीले बुद्धि पुय्राउने हो भने यिनीहरु त्यतै लाग्छन भन्ठान्ने हरु प्रशस्तै छन्.

सबै पार्टीहरु बाट सैद्धान्तिक कुरा होस, स्वच्छताको व्यवहार होस भन्ने चाहन्छन आम नेपाली. पुराना पुस्तामा बी पी, पुष्पलाल र नया पुस्तामा मदन भण्डारी लोकप्रिय छन्. गगन थापा र बिकाशानन्द को क्रेज भएका तन्नेरी हरु शहर र शहर उन्मुख गाउँ हरुमा प्रशस्त पाइयो.
५६% घरका मानिसहरु बैदेशिक रोजगारीमा गएका ले होला, त्यस बिषयमा कुनै पार्टीको घोषणापत्र पनि सविस्तार भएन भन्ने ठुलो गुनासो छ. सरकारले गर्न नसकेको कुरा मध्ये सबभन्दा बढी गुनासो इन्टरनेट र फोन को दुर्दशालाइ लिएर छ. परदेश गएको खसम संग राम्ररी कुरा गर्न, भाइबर, स्काइपे मा साक्षात्कार गर्न नपाएकोमा बिशेषत: युवतीहरु आक्रोशित पनि छन्.
सुदुर पश्चिमान्चलका आम जनता बिकाश र एकताको उदाहरणका रुपमा आफ्नो क्षेत्र लाइ प्रमाणित गर्न सकिन्छ भन्ने ठान्दछन. सुदुर पुर्व देखि सुदुर पश्चिम सम्म हरेक तिर आफ्नो भूगोल प्रति गौरव छ. उन्नतिको सम्भावना प्रतिको चेतना पनि छ. ज्ञान को भोक छ. राज्यले जानकारी र सहजीकरण मात्र गरि देओस, हामी हाम्रो बिकाश आफै गर्छौं भन्ने प्रतिवद्धता पनि छ. स्थानीय निकायको निर्वाचन झट्टै होस भन्ने उनीहरु चाहन्छन. अचम्भ के लग्यो भने संघीय राज्यका बारेमा आम जनताको उत्साह त्यति छैन.

सबैमा साझा चिन्ता छ र आक्रोश पनि छ कि नेताहरुमा चेतना, ज्ञान, बुद्धि र विवेकको कमि छ. सबै नेता आम जनता होइन कि आसे-पासे लाउकेको भर पर्ने गर्छन. ठुला नेता हरु त पार्टी भित्र वा बाहिर रहेका सबैको उत्तिकै हित चिन्त, निरन्जन हुनु पर्नेमा गुट का नाइके बन्छन र आफु र देशलाई ध्वस्त पार्छन.
कति विवेकशील छन् नेपाली जनता. के नेता त्यस्ता छन्? यस पटकको नेपाल यात्राको आंशिक चरणमा मलाइ यहि प्रश्नले लखेटी रह्यो, अझै लखेटी रहेको छ. भोली सम्ममा प्रत्यक्ष तर्फको परिणाम आइसक्ने छ. त्यसमार्फत केहि राहत पाउन सकूँ. सबैको जय होस.


No comments:

Post a Comment