Friday, May 20, 2011

नेतालाई दिउँसैको सपनाको भ्रम बाट मुक्त भएको देख्न चाहन्छौं.

हो, आकाश खस्दैन. जेठ - १४ मा संबिधान बन्दैन. नबनोस. हामीलाई फरक पर्दैन. हामीलाई फरक पर्ने व्यवहार फेरिनु पय्रो. न्यायपूर्ण व्यवहार हुनु पय्रो, कानूनको मर्यादा हुनु पय्रो, गरिएका वाचा पुरा गरिदिनु पय्रो. हामीले स्वतन्त्रता पूर्वक बाँच्न र गरिखान पाउनु पय्रो.
हामीले संबिधान पढेर जाँच्ने होइन, हामीले त भोग्नु परेको दिनचर्या को बारेमा बोल्ने हो. अन्याय लाइ ढाकछोप गर्ने चलन बन्द हुनुपय्रो. त्यस्ता चलन का बिरुद्ध अदालतमा नालेश लाग्ने प्रवन्ध हुनुपय्रो. झट्टै फैसला दिने अदालत र कार्यान्वयन गर्ने शाशन हुनुपय्रो.
माउ कानून हो संबिधान भन्छन. नया संविधानले यस्ता कानून बनाउनै पर्ने वातावरण बनाइ दिनु पय्रो. नबनाउने को पद स्वतः: खुस्किने प्रावधान राखिदिनु पय्रो. हामीले त अचम्भ पो भोगेका छौँ बाबै! पञ्चायत मात्र हो र राणाकालीन कानून अनुसार सजाय खेपेर बसेका छौँ.
२८ लाख किसानी गर्ने संग जमिन छैन. ७ प्रतिशतले ३० प्रतिशत भूमि ओगटेका छन, १३ प्रतिशत भूमि बाँझो राखिन्छ. जहाँ मन लाग्यो त्यहीं घर घडेरी बनाइन्छ. यस्तो बेथिति हटाउनु पय्रो. सबै जग्गा सार्वजनिक हुन्छ. जग्गा धनीले त भोगाधिकार न पाएको हो. हर्जाना बेगर भोगाधिकार खोसिन्न, त्यत्ति हो. सर्वोच्च ले एक दशक भयो, जग्गा को व्यवस्थापन सरकारले गर्ने हो भनेर फैसला गरेको. टंक प्रसादले जंगल राष्ट्रियकरण गर्न सके अहिले तिन- चौथाई बहुमत लिएर बसेका बामपन्थी जग्गाको मामिलामा यस्ता फैसला गर्न सक्दैनन्. मुफतमा क्रान्तिकारी र कुनी के कारी को नारामा जनतालाई अल्मल्याउन मात्र सिपालु भएका छन.
हामी सबै भ्रम बाट मुक्त छौँ. नेतालाई दिउँसैको  सपनाको भ्रम बाट मुक्त भएको देख्न चाहन्छौं.


No comments:

Post a Comment