Wednesday, June 8, 2011

चुनौति र अवसर.





आजको विश्व अनेक नौला अनुसन्धान-विकाश र चेतना बाट प्रभावित छ. त्यस मध्ये सर्वाधिक प्रभावित दुई वटा बिषय छन; (०१) मूल्य अभिबृद्धी र आउट सोर्सिंग(बहिरंग प्रयोग).
भएका पेशा, व्यवशायमा उही उत्पादन लागतमा बढी भन्दा बढी मुल्य थप्न सक्नु मूल्य अभिबृद्धी हो. यो शब्द सुन्दा ब्यापार-कारोबारमा लागु हुने जस्तो लाग्न सक्छ. तर एउटा कर्मचारी वा बिज्ञले उत्तिकै खर्च वा पारितोषिक लिएर अरुको तुलनामा कति बढी प्रतिफल दिन्छ त्यहि नै उसले राष्ट्रलाई दिएको मुल्य अभि बृद्धी हो भन्न सकिन्छ. कार्यालय समयमा लाए-अह्राएको काम मात्र गर्ने एक थरी हुन्छन, अर्का थरी आफ्नो काममा नयापन ल्याउन आतुर हुन्छन. त्यसलाई सिर्जनात्मक ढंगले गर्न चाहन्छन. निर्धक्क संग तर्क गर्छन. अरुलाई बिश्वासमा लिन्छन. र, नया आयाम थप्न सक्षम हुन्छन. यस्तो चर्याले उनीहरुले गर्ने कामको इज्जत र पहिचान बढाउँछ. संस्थाले गर्ने उत्तिनै लगानीले प्रतिफल बढाउँछ. उत्पादनको मुल्य अभिबृद्धी हुन्छ.अर्थात सेवाको मुल्य बढ्छ. मुल्य संधै मुद्रामा मात्र गणना हुन्न. कतिपय सामाजिक सदभाव  चेतना र विकाशका लागि गरिने मुनाफा रहित काम हरु पनि हुन्छन. यस्तोमा भनौँ प्रभाव अभिबृद्धी.
अर्को व्यापक चर्चामा आएको शब्द छ – आउट सोर्सिंग. यसको अर्थ हो आफ्नी कामका लागि बाहीरी क्षमताको प्रयोग गर्नु. आजको इन्टरनेटको जमानामा को कहाँ बसेर कसलाई सघाई रहेको हुन्छ भन्ने कुरा अपरम्पार भै सक्यो. उत्पादन कार्यमा सस्तोमा राम्रो स्तरको सामान एउटाले बनाउँछ र अर्कोले त्यसमा आफ्नो ट्रेड-मार्क राखेर बेच्छ. बनाउनेले वस्तुको उत्पादन बाहेक अरु कुनै जिम्मा लिंदैन. आफ्नो ट्रेड मार्क राख्नेले त्यसको बजार, ग्राहक, ग्यारेन्टी आदि सबै चिजको जिम्मा लिन्छ. बजार व्यवस्था गर्नेले जहाँ जच्यो त्यहाँ सामान बनाएर ल्याउँछ र बेच्छ, सप्लाई गर्छ. यो त भयो बजार को कुरा. कानुन र मानव अधिकार को कुरा हेरौं. अदालत हरुमा बिश्वका उत्तम कानुनहरुको हवाला दिएर बहस हुन्छ. न्युयोर्कमा बनेका अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरु संसार भर लागु हुन्छन. जेनेभामा बनेको मानवीय कानुनले आन्तरिक र बाह्य द्वन्दमा गर्नु पर्ने व्यवहार लाइ निर्देशित गर्छ. संसारको एउटा कुनामा बिकशित ज्ञान र क्षमताले अर्को कुनाको समाजलाई झक्झक्याउँ छ. राष्ट्रिय कानुन र व्यवहारले अपेक्षित प्रतिफल दिन सकेन भने बाहीरको ज्ञान र क्षमताको प्रयोग गरिन्छ. राष्ट्रिय अदालतले न्याय दिन सकेन भने अन्तर्राष्ट्रिय न्यायिक उपचारको ढोका खुल्छ.
आजको युग सामाजिक सञ्जाल र वैयक्तिक क्षमताको युग हो भनिन्छ. सामाजिक भन्नाले विश्व समाज भन्ने बुझिन्छ. वातावरण – महिला – जनजाति आदि क्षेत्रमा काम गर्ने सञ्जाल हरु देश देखि विदेश सम्म र अन्तराष्ट्रिय मंच सम्म मान्यता प्राप्त छन. संयुक्त राष्ट्र संघका सबै जसो प्रक्रियामा नागरिक समाजका संस्थाहरु आफै वा प्रतिनिधी मार्फत सहभागि हुन्छन. यसले गर्दा प्रत्येकले क्षमता अभिबृद्धी को अवसर र एक्यवद्धता को तागत पाएको छ. जसले बढी योगदान गर्न सक्यो त्यसको बढी पहिचान हुने नै भयो. अर्थात प्रतिफल को आधारमा प्रभाव अभिबृद्धी गर्न सक्ने को इज्जतिलो पहिचान हुन्छ. सामाजिक मुल्य भनेकै आफ्नो सामाजिक योगदानको प्रभाव हो. अहिले हामी राष्ट्र र समाजका लागि जे गर्छौँ त्यसमा संसारका असल अनुभव लाइ पनि मध्य नजर गरेर गर्छौँ. बाहिरी बुद्धि र अनुभव लाइ यसरी रष्ट्रिय कल्याण का लागि उपयोग गर्नु आउट-सोसरसिंग (बहिरंग प्रयोग) हो.
आजको पुस्ता जुनसुकै पेशामा संलग्न भए पनि उसकालागि मुल्य अभिबृद्धी चुनौति हो भने बहिरंग प्रयोग अवसर. यसलाई आधुनिक ज्ञान-संगत र आफ्नो विवेकका आधारमा सदुपयोग गर्नु पर्छ.
०६८ जेष्ठ-२५. June-08/2011.

No comments:

Post a Comment