Wednesday, December 7, 2011

हिंसा मोहबाट होसियार

:
अचेलका युवाहरु माझ हिंसा अतिप्रिय भएको छ. हामीले हिंसाको संस्कार बसाली सक्यौं. दुइ दिन अघि प्रधानमन्त्रीलाइ बिरोध जनाउन त्रिभुवन बिमान स्थल गएका युवाले निर्दोष सवारी साधनलाई तोडफोड गरे, आगो लगाए. पर्सी पल्ट चितवन झ्यालखानमा रहेका कैदी बन्दीले आपसमा दुर्दान्त हिंसा मच्चाए. समाचारहरु पनि आङ सिरिंग पार्ने खालका सुनिन्छ. कतै घांटी रेटेर, कतै घनले हिर्काएर मानिसलाई मारिएको छ. एउटा टेलिभिजनमा एकजना तन्नेरीले फलाना फलानालाइ हामी मार्छौं भनेर हाका हाक्की बोले. संचारले पनि सामान्य मर्यादा बिर्सेर त्यस्ता अभिव्यक्तिलाइ प्रसारण गरिदियो. उनले कालो मास्क लगाएर बोले. प्रेस  काउन्सिल , पत्रकार महासंघ, संचार मन्त्रालय सबै छन. तर सबै श्री तीन महाराज जस्ता भएका छन. लिखित उजुरी, बिन्ती नपरी कोहि तात्दैन. नेताले खुलेआम हिँसा को पक्षमा बोल्छन. त्यसरी बोल्न हुन्न भन्ने हरु पनि छन. तर " जेठा मामा त भाङ्ग्रा को धोती, कान्छा मामा को  के गति?" भने जस्तो भयो हाम्रो देश. देश त सबैको बराबरी हो. अचेल जे बिग्रे पनि पुलिस र नागरीक समाज लाइ धारे हात लगाउने चलन छ. पुलिस आदेशमा चल्छ, नागरीक समाज जहाँ तहीं रुन्छ, भुक्छ.
हाम्रो भावी पुस्तालाई कतै हामी हिँसा ग्रस्त समाज त बुझाउंदै छैनौं? हिंसाको संस्कार बस्यो भने मुक्त हुन पुस्तौं लाग्न सक्छ. चित्त नबुझेकाले निर्धक्क बोल्ने र तिनको बाणी लाइ तत्कालै सार्थक रुपमा सुन्ने संस्कार बसालौं.
सुबोधराज प्याकुरेल.

No comments:

Post a Comment