Wednesday, September 18, 2013

मानवअधिकारकर्मीले बुझेको राजनीति र सामाजिक उन्नतिका नियम:


पहिलो: आफुलाई मानवका रुपमा बुझ्ने.
दोश्रो:  मानवको अस्तित्व र मुल्यलाई आत्मसात गर्ने.
तेश्रो:  नागरिकका प्रत्येक कर्म मानवीयता को चिन्तन द्वारा लक्षित हुन्छ भन्ने कुरा स्वीकार गर्ने.
कारण के हो भने; सम्पूर्ण मानवअधिकार सम्बन्धि सिद्धान्तहरु पहिले मानिसलाई मानव मानेर त्यसभित्रको अन्तरवस्तु, विविधता र गहनताको रक्षार्थ बनाइएका छन्.
मानवअधिकार, कानुनको शासन र लोकतन्त्र मानवीयताको प्राप्ति र रक्षाकालागि प्रयुक्त गरिने औजार हुन.
राजनीति मानवीय कर्महरूलाई निर्देशित गर्ने एकतावद्ध प्रयासको सगोल चिन्तन हो. त्यस अर्थमा:
·         बीचारको क्षेत्रमा; राजनीतिले सृजनात्मक, उत्पादनशील र बौद्धिक प्रयासहरुको सम्मान गर्छ,
·         सुरक्षाको क्षेत्रमा; राजनीतिले अनपेक्षित हस्तक्षेपलाइ दण्डित गर्छ,
·         अर्थतन्त्रको क्षेत्रमा; राजनीतिले अरुसंगको उदार,सहकारी र वितरणलाइ सहजीकरण गर्छ,
·         वित्तीय/सहयोगी क्षेत्रमा; राजनीतिले सामाजिक सम्बन्ध गाँस्न अनेक प्रकारका सहकार्यको निर्माण गर्छ; जस्तै-: सञ्चार, अभिव्यक्ति/धारणाको स्वतन्त्रता, यात्रा-यातायात तथा मानव बिकाशका लागि आवश्यक पर्ने संरचनाहरु; जस्तै:- स्वास्थ्य, शिक्षा, खानेपानी, सामाजिक र बैज्ञानिक अनुसन्धान इत्यादि.
आधुनिक राज्य सक्षम नागरिकको भरमा चल्छ, बिकशित हुन्छ. मानव संशाधनको सक्षमताका कारण नै धेरै देशले भरपर्दो उन्नति गरेका छन्; (फिनल्याण्ड, स्वीडेन, स्विजरल्याण्ड आदि).
अवसरहरुमा पहुँचको समानता अन्तर्राष्ट्रिय श्रम संगठन लगायत संयुक्त राष्ट्र संघका सबै सिद्धान्तले स्थापित गरेको मान्यता हो;
सिद्धान्तहरुलाई बिस्तारित गर्ने र लागु गर्न रणनीतिको निर्माण गर्ने राजनीतिले नै हो; यसर्थ:- पहुँचमा समानताकालागि क्षमता बिकाशको प्रगतिशील योजना बनाउनु राजनीतिको मुख्य लक्ष हो.
सबै जना इतिहास, संस्कृति र भूगोल संग शरीर मात्र होइन मनले पनि बाँधिएका हुन्छन. राजनीतिले यो बन्धनको संकीर्णताबाट मुक्त राष्ट्रिय समाजको निर्माण गर्न सक्नुपर्छ.
नेपाल जेसिजको एरिया सम्मेलन,दुहबीमा प्रस्तुत:
सुबोधराज प्याकुरेल.
अध्यक्ष, इन्सेक.
०७० असोज ०४.



No comments:

Post a Comment