Tuesday, November 24, 2015

विश्लेषण : लर्तराे छैन मधेस विखण्डनको प्रारुप; साध्यबहादुर भण्डारी


२०७२ मंसिर ८ गते १०:२९ मा प्रकाशित
 4619  268 
  32
( यदि भारतीय संस्थापनले घरि घरि भनेजस्तो नेपालको समस्यालाई उसले राजनीतिक समस्या मानेको भए नाकाबन्दी गरिरहेका आफन्तिलाई भन्ने थियो यो राजनीतिक समस्या भएकोले राजनीतिक उपायले समाधान खोज| आफै प्रधानमन्त्रीको चुनावमा भाग लिन संसदमा फिर्ता पठाउन सक्ने भारतले आन्दोलनरत मधेसी नेतालाई संसद भित्रै विवाद महा-विवाद गर्न अह्राउने थियो| उसको सीमा भित्र र उस पटिको दायित्व भित्र पर्ने सीमाको नाकाबन्दी गर्नेलाई उल्टै ज्वाईं जस्तो सुश्रुसा गर्ने थिएन )|

मधेस आन्दोलनको पृष्ठभूमिबारे चर्चा गर्दा हामीले २०६४ सालमा फर्किनुपर्छ । २०६४ सालको वैशाख २८ गते नेपालको मधेसलाई लिएर भारतको पटनामा एउटा वैठक बस्यो । भारतीय गुप्तचर संस्था ‘रअ’का पदाधिकारीको विशेष उपस्थिति रहेको वैठकमा थिए, रामराजाप्रसाद सिंह, उपेन्द्र यादव र राजेन्द्र महतो । मधेसमा भूमिगत आन्दोलन गरिरहेका ज्वालासिंह र जयकृष्ण गोइत पनि थिए ।
Sadhaya-Bhadur-Bhandariउक्त वैठकमा १० वर्षभित्र मधेसलाई पहाडबाट टुक्राउने विषयमा छलफल भएको थियो । ज्वाला सिंहले तत्कालै मधेसमा ‘छायाँ सत्ता’ चलाउने प्रस्ताव गरे । बयोवृद्ध रामराजा सिंहलाई ‘मधेसका राष्ट्रपति’ बन्न अफर गरियो । तर रामराजाले अस्वीकार गरे । यो वैठकका विषयमा करिव दुई महिनापछि उनै रामराजाले खुलासा गरेका थिए ।
त्यसपछि फेरि २०६४ आश्विन १८ देखि २१ गतेसम्म दोस्रो वैठक बस्यो, पटनामै । वैठकमा उपस्थिति थियो, भारतीय विदेश मन्त्रालयको नेपाल शाखा हेर्ने सहसचिव पि्रतिशरण कौरको । सो वैठकले अलग मधेसको प्रस्तावबाट एक कदम पछि हटेर ‘समग्र मधेस एक प्रदेश’ को नारा तय गर्‍यो । उक्त वैठकमा पनि ‘रअ’का पदाधिकारीहरु तथा रामराजाप्रसाद सिंहको सहभागिता थियो ।
सो वैठक लगत्तै नेपालको राजनीतिमा नयाँ घटनाक्रमहरु भए । २०६४ मंसिरमा तत्कालीन कृषिमन्त्री महन्त ठाकुरले राजीनामा दिए । जेपी गुप्ता, हृदयश त्रिपाठी, राजेन्द्र महतो लगायत पाँच जनाले संसद सदस्यबाट राजीनामा दिए । दुई-चारकै अन्तरालमा तराई-मधेस लोकतान्त्रिक पार्टीको नाममा नयाँ पार्टी जन्मियो । आधिकारिक सूचना अनुसार उक्त पार्टीको घोषणापत्र जेपी गुप्ताले बनाएका हुन् । उनले बनाएको घोषणापत्रमा नेपाललाई देश र मधेस भनेर छुट्याइएको थियो । ‘नेपाल’ कतै उल्लेख थिएन । देश र मधेस दुवै आधी-आधी हुनुपर्छ भन्ने अवधारणामा घोषणापत्र निर्माण गरिएको थियो ।
बहुराष्ट्रवादको सूत्र
२००९ को अगष्ट १७-१८ तिर भारतका पूर्वप्रधानमन्त्री आइके गुजरालले कान्तिपुरका गोपाल खनाललाई एउटा अन्तरवार्ता दिए । त्यो अन्तरवार्ता प्रकाशित भएन । त्यसको व्यहोरा चाहिँ हामीकहाँ आइपुगेको थियो । अन्तरवार्तामा उनले प्रष्ट शब्दमा भनेका छन्, ‘नेपालमा एउटा होइन, दुई राष्ट्र छन् । पहाड र मधेस ।’
जिन्ना अलि मोहम्मदले १९४२ मा बहुराष्ट्रवादको सूत्र प्रयोग गरेर पाकिस्तानलाई भारतबाट अलग्याएका थिए । धर्मका आधारमा भारत एउटा होइन, दुई राष्ट्रको देश हो भन्ने उनको मान्यता थियो । एउटा हिन्दू र अर्को मुस्लिम । हिन्दू र मुस्लिम अलग हुनुपर्छ भनेर उनले पाकिस्तानलाई छुट्याए ।
भारतमा सन् १९६५-६६ बाट इन्दिरा गान्धीको काल सुरु भयो । इन्दिराले त्यही बहुराष्ट्रवादको सूत्र प्रयोग गरेर पाकिस्तानलाई विभाजन गरिन् । पूर्वी पाकिस्तानमा बंगाली भाषा बोल्नेहरु थिए भने पश्चिम पाकिस्तानमा उर्दु भाषा बोल्नेहरु थिए । अन्ततः भाषाका आधारमा बहुराष्ट्रवाद लगाएर पूर्वी पाकिस्तानलाई टुक्र्याई बंगलादेश बनाइयो । इन्दिराले रुससित सहयोग लिएर पूर्वी पाकिस्तान छुट्याएकी हुन् ।
इन्दिराले त्यही सूत्र श्रीलंकामा पनि लागू गरिन् । भारतले पाँचवटा गुरिल्ला संगठन निर्माण गर्‍यो । तलबदेखि हातहतियारसम्म उपलब्ध गरायो । भारतकै चतरामा उनीहरुलाई तालिम दिइयो । त्यसैबाट पछि लिट्टे जन्मियो ।
श्रीलंकामा दूई धर्मलाई बहुराष्ट्रवादको आधार बनाइयो । एउटा तमिलले मान्ने हिन्दू धर्म र अर्को सिंहालीले मान्ने बौद्ध धर्म । तमिलहरु तामिलनाडूबाट गएका हुन् । अंग्रेजको पालामा चिया र नून खेतीका लागि लगिएका उनीहरु श्रीलंकाका मौलिक वासिन्दा होइनन् । त्यहाँ दुई राष्ट्रको अभियान अन्तर्गत जाफ्ना प्रायद्विपमा तमिलको अलग राज्य खडा गर्ने योजना अन्तर्गत भारतले काम गरेको छ ।
नेपालमा पनि श्रीलंका र पाकिस्तान जस्तै बहुराष्ट्रवादको सूत्र लागू गरेर देश भनेको पहाड र हिमाल अनि मधेस भनेको तराई भनेर पाठ पढाउने काम भएको छ । तमलोपाको घोषणापत्रबाट यसको दस्तावेजीकरण भयो ।
आरएल यादवले लेखेको पुस्तक ‘मिसन रअ’ को २६३ पेजमा प्रष्ट लेखिएको छ, ‘सिक्किम भारतमा गाभिएपछि इन्दिरा गान्धीले हामी पाँचजनालाई नेपालको तराई फुटाएर भारतमा गाभ्ने काममा खटाएकी थिइन् । तर, १९७७ मा उनी पराजित भएपछि यो काम अधुरो रह्यो ।’ अहिले मोदीको सरकारले यही कामलाई निरन्तरता दिन खोजेको आशंका उब्जिएको छ ।
केही दिनअघि एक दक्षिण भारतीयले लेखेको लेख मैले हेरेँ । उनले नेपालको तराईलाई फुटाउने अनुकुुल परिस्थिति रहेको बताएका छन् । धेरैभन्दा धेरै भारतीयले नागरिकता लिएको, ठूला शक्तिराष्ट्रहरु भारतको निकट रहेका, नेपालका बुद्धिजिवीहरुको समुहलाई प्रभावमा लिइएको लगायतका दलीलहरु उनले पेश गरेका छन् । यसले गर्दा भारतको समुच्च समुच्च ‘ओरियन्टेसन’ तराई टुक्राउनेमा केन्द्रित देखिन्छ र मधेसवादी आन्दोलनको मुल मक्सद त्यही हो । थारुहरु यसमा हतियार बनेका छन् । जनजातिको एउटा समुह पनि प्रभावमा परेका छन् ।
मधेसमा घुसेको भारत
गत वर्षको मंसिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आए । सँगै आएका थिए उनका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभल । उनले राष्टपति डा. रामवरण यादवसँग प्रष्ट शब्दमा चुरेसहितको मधेस प्रदेश हुनुपर्ने अडान राखे । त्यतिबेला देखि नै हाम्रा राष्ट्रपतिको बोली र व्यवहार बिस्तारै फेरिन थाल्यो ।
भारतले चाहेमा आफूपट्टिको दशगजा एकछिनमा खाली गर्न सक्छ । नेपालपट्टिको दशगजा हामी खाली गर्न सक्छौं । तर, उसले आन्दोलनकारीलाई दशगजामा न्यानो स्वागत गरेको छ
तर, भारतको उक्त अडानलाई वेवास्ता गर्दै राजनीतिक दलहरुले संविधान जारी गर्न १६ बुँदे सम्झौता गरे । उक्त सम्झौताभित्र निहीत सत्तास्वार्थ आफ्नो ठाउँमा छ । तर, यो सम्झौता भारतीय प्रभावबाट अछुतो थियो । जुन भारतलाई पाच्य भएन ।
१६ बुँदे सहमतिका आधारमा संविधान जारी नगर्न दलहरुलाई चौतर्फी घेराबन्दी गरियो । मधेसवादी, जनजाति, थारुहरु आन्दोलनमा उत्रे । राष्ट्रपतिले निरन्तर दलहरुमाथि दबाव थोपरे । अन्तिममा भारतीय प्रधानमन्त्रीका विशेषदूत एस. जयशंकर नेपाल आएर आफ्ना एजेन्डा स्थापित नभएसम्म संविधान जारी नगर्न चेतावनी दिए । तर, सम्पूर्ण दबावका बाबजुद केपी ओलीको दृढताका कारण संविधान जारी भयो । उनलाई प्रचण्डले बलियो साथ दिएका थिए ।
यसअघि असार २९ गते उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहले टीकापुरमा गएर साम्प्रदायिक भावना भड्काउने भाषण गरेका थिए । उनीहरुलाई पहाडीलाई लखेट्नुपर्छ भन्दै थारुहरुलाई भड्काएका थिए । साउन ७ गते कैलालीमा भयानक घटना गराइयो । ०६३ साल चैत ९ गते गौरमा भाडाका अपराधी ल्याएर जसरी विभत्स नरसंहार गरिएको थियो, त्यस्तै किसिमको घटना दोहोर्‍याउन खोजियो । कैलालीमा पनि भाडामा अपराधी प्रयोग भएका छन् । गौर घटना गराउनेहरुले नै कैलालीमा घटना गराएको देखिन्छ ।
नेपालमा संविधानसभाको अत्यधीक मतबाट संविधान जारी हुँदा भारतले चिसो प्रतिक्रिया व्यक्त गर्‍यो । उसले संविधानको स्वागत गरेन केवल ‘नोट’ गर्‍यो । संविधानसभाको निर्णय प्रणव मुखर्जीको उपस्थितिमा तत्कालीन सातदलले भारतमै गरेका थिए । त्यही भारतकै मार्गचित्रमा लतारिएर दलहरु यहाँसम्म आएका हुन् । नेपालको संविधानसभा चुनावसम्म आउँदा रअको मार्गचित्र सफलिभुत भएको भनेर तत्कालित रअका प्रमुख टी हर्मिजले इन्डियन एक्सप्रेसमा लेखेको लेख २०६५ सालको जेठमा प्रकाशित भएको थियो । सबै प्लेटर्फमको हिसाबले कुरा गर्दा रअको मिसनअनुसार काम भएका थिए । तर, संविधान जारी गर्ने बेलामा उसको दिशानिर्देश अवज्ञा भएपछि भारत उग्ररुपमा प्रस्तुत भयो । मधेसवादी दललाई नाकाहरुमा आएर बस्न लगायो र आश्विनको ७ गतेदेखि नेपालतर्फको आपूर्ति ठप्प बनायो ।
भारतले चाहेमा आफूपट्टीको दशगजा एक छिनमा खाली गर्न सक्छ । नेपालपट्टीको दशगजा हामी खाली गर्न सक्छौं । तर उसले आन्दोलनकारीलाई दशगजामा न्यानो स्वागत गरेको छ । उनीहरुलाई भारतमै रसदपानी, त्रिपाल लगायत लजिस्टिक सहयोगहरु उपलब्ध गराइएको छ । भारतीय प्रहरीको आडैमा बसेर आन्दोलनकारीले नेपाल प्रहरीमाथि ढुंगा हानिरहेका छन् । नेपालको सिमाभित्र भएका आन्दोलनमा भारतीय नागरिक मारिए । भारतीय नागरिक घाइते भए । भारतीय नागरिक पक्राउ परे । यी सबै तथ्यहरुका आधारमा भन्न सकिन्छ कि मधेस आन्दोलनको आवरणमा मधेसी मोर्चा भए पनि यथार्थमा यसलाई भारतले नै कमाण्ड गरिरहेको छ ।
नेपालमा संविधान जारी भएलगत्तै भारतीय विदेश मन्त्रालयले नेपालको सम्बिधानका सम्वन्धमा आफ्ना सातबुँदे एजेण्डा अघि सार्‍यो । इन्डियन एक्सप्रेसमार्फत ती एजेण्डा सार्वजनिक भएको थियो । त्यही एजेण्डामा टेकेर मधेसी मोर्चाले अहिले ११ बुँदे माग अघि सारेको छ । यसमा दुई मधेस प्रदेश, सिंगो देशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, अंगीकृतलाई मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मको हकदावी, नेपाललाई बहुराष्ट्र घोषणा गर्नुपर्छ भन्नेसम्मका माग छन् । अधिकांश मागहरु छलफल लायकसम्म छैनन् ।
सीमांकन र नदी जडान
मधेसी मोर्चाले सबैभन्दा चर्को स्वरमा उठाइरहेको छ, प्रदेशहरुको सिमांकन परिमार्जन गर्नुपर्ने माग । तराईमा पहाडलाई नछोइकन अलग्गै दुई सग्ला प्रदेशहरु दिनुपर्ने उनीहरुको सबैभन्दा पहिलो र आधारभूत माग हो । समग्र तराईलाई दुई प्रदेश बनाउने मधेसी दलहरुको आफ्नै माग भने होइन । यो भारतले उनीहरुलाई बोकाएको एजेण्डा हो । भारतको यसमा गहिरो अभिष्ट लुकेको छ । त्यसबारे चर्चा गरौं ।
भारतले सन् १९७२ मा नदी जडान परियोजनाको खाका बनायो । सन् १९८२ बाट त्यस खाकालाई कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय पहल सुरु भयो । तत्कालीन भारतीय जलश्रोतमन्त्री प्रभू चावलाको अध्यक्षतामा कमिटी बनाइयो । सन् १९९१ मा भारत गएका नेपालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपालका सबै नदीनाला भारतका पनि साझा हुन् भन्ने व्यहोरामा हस्ताक्षर गरे । सन् २००२ मा नदी जडान परियोजना राष्ट्रपति एकेजे अब्दुल कलामले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आयो । भारतको सर्वोच्च अदालतले दुईपटक नदी जडानको पक्षमा निर्णय गर्‍यो ।
नदी जडान परियोजनाको प्राथमिकता अनुसार नेपालमा २९ वटा उच्च बाँध बनाउने भारतीय योजना छ । भारतले नेपालबाट निस्कने सबै पानीलाई पाँच क्षेत्रबाट संकलन गरेर दक्षिण पश्चिमको मरुभुमीकरण भइरहेको क्षेत्रमा लैजान चाहेको छ । पश्चिम र दक्षिण क्षेत्रका तीन करोड ४० लाख हेक्टर जमिन नेपालको पानीबाट सिचाइँ गर्ने योजना भारतको छ ।
नदी जडान परियोजना अन्तरगत २९ वटा ठूला उच्च बाँध बनाइसकेपछि भुकम्प जोखिम क्षेत्र भएकाले तिनीहरु फुट्न सक्छन् । यसबाट भारतका ठूला शहरहरु जोखिममा पर्ने भएकाले सुरक्षाको लागि चुरेको पछाडि पट्टी भारतले दुई ठूला संरचना बनाइरहेको छ । पाकिस्तानको किनारदेखि मेघालयसम्म एउटा २२ सय किलोमिटर लामो सीमा सडक बनाउँदै छ भारतले । ४ लेन, ६ लेन, ८ लेन र १० लेनको यो सडक आठ मिटर अग्लो छ । अर्को, संरचना भनेको भारतको पैसा, उसकै डिजाइन र प्रविधि तर, नेपालको सडक विभागका नाममा हुलाकी सडकको परियोजना नेपालभित्र अघि बढिरहेको छ । नेपालपट्टिको संरचनालाई चेक ड्याम र भारततिरको संरचनालाई चेन ड्यामका रुपमा लिन सकिन्छ । चेनड्याम र चेकड्यामको बीचबाट बाँध लगेर यस क्षेत्रमा परेका सबै पानीहरु बाँधमा संकलन गरी आफ्नो चार करोड हेक्टर जमिन सिचाइँ गर्ने परिकल्पना पनि भारतको छ ।
भारतले १९९ वर्षका लागि गण्डक परियोजना प्राप्त गरिसकेको छ । त्यहाँ नेपालले सानो कुलो पनि खन्न पाउँदैन । महाकाली हाम्रो हातबाट गइसक्यो
मोदी सरकार आएपछि सातवटा प्राथमिकताका कार्यक्रम अघि सारिए । तीमध्ये पाचौं नम्बरको कार्यक्रम थियो, एक हजार दिनभित्र १८ हजार गाउँलाई पूरै विजुली दिने । त्यो कार्यक्रम बनाइसकेपछि उनी सबैभन्दा पहिले भुटानमा पुगेर तीनवटा नदीनालाको सम्झौता गरे । दोस्रो भ्रमण नेपालमा गरे । नेपालमा उनले सुशील कोइरालालाई हातमा लिएर चारवटा भारतीय परियाजना, उपल्लो कर्णाली, अरुण तेस्रो, मध्यमर्स्याङ्दी दोस्रो र तामाकोशी तेस्रोलाई निस्कर्षमा पुर्‍याउने सहमति गरे । यी चार परियोजनाबाट भारतले हाम्रो बोर्डर कटाएर ट्रान्समिसन उता लैजाने छ । त्यसपछि उसले सम्पूर्ण उद्योगधन्दा यूपी, बिहार र पश्चिम बंगालमा ल्याउने छ । एक लाख १७ हजार २ सय ८० मेघावाट विजुली नेपालबाट मात्रै लैजाने भारतको योजना छ ।
नेपालको पूर्वी क्षेत्रबाट उत्पादित विजुली बिहारको सबैभन्दा पूर्वी क्षेत्र पूर्णियामा भण्डारण र प्रशारण गर्ने, मध्य क्षेत्रको विजुली मुजफ्फरपुरमा थन्क्याएर त्यहाँबाट वितरण गर्ने तथा पश्चिमको महाकाली लगायतका नदिनालाबाट आउने विजुली बरेलीमा थन्क्याएर वितरण गर्ने भारतीय योजना छ ।
पीटीसी इन्डियाले २०१२ मा यस्तो योजना बनाएको हो । नेपालमा पीटीसी इन्डियाको भगिनी संस्था पीटीसी नेपाल बनाउने तथा देशभित्र उत्पादित सबै बिजुली यसले खरिद गर्ने प्रस्ताव अघि बढाइएको छ । पीटीसी नेपालको कन्ट्रोल रुम दिल्लीमा राखिनेछ । नेपालमा पीटीसी इन्डियाका ६ जना एजेन्ट हुन्, आरजु देउवा, विमल कोइराला, विष्णु अधिकारी, हिमालय शम्शेर राणा, बसन्त चौधरी र ज्ञानेन्द्रलाल प्रधान । २०६५ सालको चैत ५ गते क्याबिनेटमा तत्कालिन जलश्रोत मन्त्री विष्णु पौडेलबाट पीटीसी नेपालको प्रस्ताव पेश भएको थियो । नेपाल-भारत विद्युत निगम भन्ने नामसमेत चयन गरेर अर्थसमितिमा पठाइएको थियो । उक्त प्रस्ताव अनुसार पिटिसी नेपालमा पिटिसी इन्डियाको ३० प्रतिशत, नेपाल सरकारको ३० प्रतिशत, ६ जना एजेन्टको ३० प्रतिशत सेयर रहने छ । बाँकी १० प्रतिशत सार्वजनिक वितरण गरिने छ जसमा उनीहरुले समेत प्रतिस्पर्धा गर्न पाउनेछन् । संसदको जलश्रोत समितिले पावर ट्रेडिङ कर्पोरेसन नेपाल खोल्नुपर्छ भनेर निर्देशन जारी गरिसकेको अवस्था छ ।
भारतले १९९ वर्षका लागि गण्डक परियोजना प्राप्त गरिसकेको छ । त्यहाँ नेपालले सानो कुलो पनि खन्न पाउँदैन । महाकाली हाम्रो हातबाट गइसक्यो । जसले पैसा लगानी गर्छ, त्यसैले उत्पादन गरेर लैजान पाउने अधिकार त्यहाँ छ । कर्णाली र कोशीलाई आफ्नो हातमा लिन यी दुई नदी मधेस वा थारु प्रदेशमा पर्नुपर्छ भन्ने भारतको ठहर छ । अहिले उनीहरुको मागको चुरो यही हो ।
कर्णाली तथा कोशी मधेस र थारु प्रदेशमा पार्न सकेमा उनीहरुलाई उपयोग गर्न फुक्का हुन्छ । र, त्यसैसँग चुरेलाई गाँस्न सक्यो भने दुई परियोजना पूरा हुन्छन् । त्यो कामका लागि भारतले सबैभन्दा पहिलो प्राथमिकता सीमांकनलाई दिएको हो । यसका लागि मधेसवादी दलहरु तथा थारु समूहहरुलाई भारत सरकारबाट प्रचुर आर्थिक तथा गैरआर्थिक सहयोग भइरहेको छ । थारु आन्दोलन, जनजाति आन्दोलन र मधेसी आन्दोलन गर्न एक जना गैरमधेसी नेतालाई जिम्मेवारी दिइएको छ, उनैलाई भविष्यमा प्रधानमन्त्री बनाउने योजनासहित ।
जनसंख्यामा घुस्ने रणनीति
मधेसी मोर्चाले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र माग्नुमा पनि भारतको रणनीतिक स्वार्थ लुकेको छ । युपी, विहार र पश्चिम बंगालका १० करोड भारतीयलाई नेपालमा बसाउने भारतको पुरानो योजना हो । अन्ततः नेपालमै नेपालीलाई अल्पमतमा पार्ने दिर्घकालिन रणनीतिमा उसले काम गरिरहेको छ र धेरै हदसम्म अगाडि पनि बढिसकेको छ । खुकुलो नागरिकता नीति र खुला सीमाले गर्दा तराईमा भारतीयहरु आउने, नागरिकता लिने र यतै घरजम गर्ने क्रम बढ्दो छ । नेपालको अंगीकृत नागरिकता लिएका भारतीयको बढ्दो संख्याले गर्दा उसले तराईमा बढीभन्दा बढी निर्वाचन क्षेत्र चाहेको हो ।
नेपालमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने लविङ गरेको भारतमा भने यस्तो छैन । सिक्किममा साढे चार लाख जनसंख्याले एक प्रतिनिधि चुन्छन्
भखरै एउटा भारतीय अखबारले लेख्यो, भारतको महाराजगञ्ज जिल्लामा मात्रै २० हजारसित नेपाली नागरिकता छ । त्यसो त आनन्दनगर भन्ने ठाउँमा ८० भारतीयसित नेपाली नागरिकता रहेको समाचार पहिल्यै सार्वजनिक भएको थियो । नेपाली नागरिकता लिएकाहरुलाई भारतको मतदाता सुचीबाट हटाउनुपर्छ भन्ने माग छ त्यहाँ ।
नेपालमा कति भारतीयहरु अस्थाई वा स्थाई रुपमा बसोवास गरिरहेका छन् भन्ने तथ्यांक हाम्रो सरकारसित छैन । भारतीय गृहमन्त्री राजनाथ सिंहले हालै नेपालमा एक करोड भारतीय छन् भनेर सार्वजनिक रुपमा बोलेका थिए । भारतको परराष्ट्र मन्त्रालयको हवाला दिँदै २३ लाख ८७ हजार ९ सय ७३ भारतीयले नेपाली नागरिकता लिएको तथ्य इकोनोमिक्स पत्रिकाले सार्वजनिक गरेको थियो ।
सिनासको रिपोर्ट अनुसार प्रत्येक वर्ष दुई लाख भारतीयहरु नेपालमा आएर स्थाई बसोबास गर्छन् । नेपालको जनसंख्या वृद्धिदर पहाडमा दुई प्रतिशतको हाराहारीमा छ भने तराईमा ७.५ प्रतिशत छ । यस हिसाबले तराईमा नेपालीहरु कतै अल्पमतमा त परिसकेका छैनन् भन्ने आशंका उब्जिन्छ । त्यहि भएर हामीले माग गरेका छौं विगतमा हचुवा तालमा बाँडिएका नागरिकताको छानविन गरियोस् । नत्र भविष्यमा भारतबाट आएर नागरिकता लिएका यिनै अंगीकृतहरुको जनसंख्या हाम्रो देशमा निर्णायक हुन सक्छ । तराईमा अंगीकृतहरुको जनसंख्या बढाउँदै जाने र त्यसका आधारमा निर्वाचन क्षेत्र पनि थप्दै जाने रणनीति भारतले अख्तियार गरेको छ ।
दुनियाँको कुनै पनि मुलुकमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिँदैन । नेपालमा बहुदल आउनुअघि निर्वाचन क्षेत्र निर्धारणमा जनसंख्यालाई आधार बनाइएको थिएन । प्रत्येक जिल्लामा दुई निर्वाचन क्षेत्र थिए । तर, बहुदल आएयता तराईमा लगातार निर्वाचन क्षेत्र बढाउँदै लगिएको छ । हिमाल-पहाडमा जनप्रतिनिधत्व पातलो भएकाले नै तराईको तुलनामा त्यहाँ विकास नपुगेको हो । हिमाल पहाडमा विकास नपुग्दा जनसंख्याको चाप तराईमा बेसी भएको छ । त्यसैले देशको समानुपातिक विकासका लागि भूगोललाई प्रमुख आधार मानेर नै निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्छ ।
नेपालमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने लविङ गरेको भारतमा भने यस्तो छैन । सिक्किममा साढे चार लाख जनसंख्याले एक प्रतिनिधि चुन्छन् । लक्षदीपमा २२ हजार जनाले पनि एक चुन्न पाउछन् । यता मुम्बईमा एक प्रतिनिधि बराबर ५५ लाख मतदाता छन् । लखनउमा ३५ लाख छन् भने बिहारमा ३२ लाख छन् ।
गिरिजाको राष्ट्रघात
Girija-Prasad-Koiralaगिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मधेसी मोर्चासित उनले नाजायज सम्झौता गरे, जसको मूल्य आज देशले चुकाउनु परिरहेको छ । २०६४ सालमा मधेस आन्दोलन हुँदा गिरिजाले भारतीय दुतावासमा आफ्ना नेता पठाएर आठबुँदे सम्झौता गरेका हुन् । गिरिजाले महेश आचार्य, शेखर कोइराला र उपाध्याय तीनजनालाई दूतावासमा पठाएका थिए ।
त्यहाँ मधेसवादी दलबाट जेपी गुप्ता, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुरसित उनीहरुको सहमति भएको थियो । त्यहि सहमतिका आधारमा २०६४ साल फागुन १६ गते गिरिजाले प्रचण्ड र माधव नेपाललाई दायाबाया राखेर मधेसी मोर्चासित सम्झौता गरे । उक्त सम्झौतामा ‘स्वायत्त मधेस प्रदेश निर्माण गर्न सकिने’ उल्लेख छ । गिरिजाले गरेको यो गम्भीर त्रुटीकै कारण आज तराईका आठ जिल्लालाई छुट्टै प्रदेश दिनुपर्ने अवस्था आएको हो भन्दा फरक पर्दैन ।
गिरिजाप्रसादलाई म नेपालको खलनायक मान्छु । उनको प्रधानमन्त्रीकालमा नेपालले धेरैथोक गुमायो । उनले आफू कुर्सीमा टिक्न जस्तोसुकै राष्ट्रघाति सम्झौता गर्न तयार भए । भारतीय स्वार्थमा नेपालका उद्योगधन्दा सबै बलिदान गर्ने उनै हुन् । उनकै कालखण्डमा लाखौं भारतीयलाई नागरिकता दिने काम भएको हो । गिरिजाले अंगीकृत नागरिकता दिएका भारतीयहरु नै आज मधेसीका नाममा आन्दोलनरत छन् ।
प्रधानमन्त्री ओलीको अडान
मधेसी दलहरुले अघि सारेका अवाञ्छित मागहरुका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता लिँदै आएका अडानहरुको प्रशंसा गर्नुपर्छ । यदि, उहाँ अडानमा नटिकेको भए हाम्रो यी नदीनाला र चुरेको स्वामित्व हातबाट गइसकेको हुन्थ्यो, किनभने अरु दलहरु चुकिसकेका थिए ।
Kp oliभारतले पूर्वको कोशी तारेर तथा पश्चिममा महाकाली तारेर दुई मधेस प्रदेशको प्लान्ट गरेको थियो । पश्चिममा पनि कैलालीको गाउँसम्म पुग्न चाहन्थे थारुहरु । अहिलेसम्म उसका दुवै अभिष्ट पूरा हुन सकेका छैनन् र यसबाट दुई नदीहरुलाई लिएर भारतले बुनेको योजनामा धक्का लागेको छ । यसमा भारतले एक मात्र वाधक केपी ओलीलाई सम्झिइरहेको छ र उनलाई प्रधानमन्त्रीबाट ढाल्न दिलोज्यान दिएर लागेको छ ।
प्रधानन्त्री भएपछि ओलीले एउटा महत्वपूर्ण उपलब्धी हासिल गर्नुभएको छ, चीनसँग तेल ल्याउने समझदारी गरेर । अहिले चीनबाट तेल आउने आशामा नै नेपालीहरुको त्राण धानिएको छ । देशको आत्मविश्वास बढेको छ । यो समझदारीलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सफल हुनुभयो भने भारतीय नाकाबन्दीको अस्त्र स्वतः कमजोर हुन्छ ।
अब प्रधानमन्त्रीले चीनसितका बढीभन्दा बढी संख्यामा नाकाहरु खुलाउन पहल गर्नुपर्छ । विगतमा हामीले चीनसँग ताक्लाकोटदेखि पूर्वको झिम्साङसम्म १८ वटा नाकाबाट व्यापार गरेका हौं । हाम्रा भेडाबाख्रा उता चराउन लैजाने, उताको यता ल्याउने परम्परा थियो । ती नाकाहरु फेरि खुलाउनुपर्छ र चीनसँगको व्यापारिक सम्वन्धलाई घनिभूत बनाउनुपर्छ । राष्टियतामा सौदावाजी गरेर मधेसी मोर्चाका मागहरुसित सरकार नझुकोस् भन्ने आम जनमत छ ।
तराईमा सेना परिचालन
तराईका जनतालाई सुरक्षा चाहिएको छ । गैरनागरिकहरु आएर आन्दोलनका नाममा लाठा, भाला, खुँडा, खुकुरी बोकेर आतंक फैलाइरहेका छन् । आन्दोलनमा नजानेहरुलाई घर जलाउने, स्वास्नीलाई बलत्कार गर्ने जस्ता धम्कीहरु दिएका छन् । त्यसैले तराईमा सुरक्षा व्यवस्था कडा बनाउनुपर्ने आवश्यकता छ । अहिले राजमार्ग र नाकाहरुमा सेना परिचालन गर्ने तयारी गरेको समाचार आएको छ । यसमा ढिलाइ गर्नुहुन्न । भारतसितको सीमानाकामा दीर्घकालसम्मै सेना परिचालन गर्नु उपयुक्त हुन्छ ।
दोस्रो कुरा भनेको देशको अखण्डता र साम्प्रदायिक एकता विथोल्ने खालका अभिव्यक्ति दिने र लेख्नेहरुलाई कानूनी कठघरामा उभ्याउनुपर्छ । भारतको झण्डा ओढेर नेपाललाई गाली गर्ने राजेन्द्र महतो जस्ता नेताहरुलाई सरकारले खुला छोड्नु हूँदैन । हिजो एम्बुलेन्समा आक्रमण गर्नेहरुमाथि ज्यान मुद्दा लगाएर जेल हाल्नुपर्छ । यति गर्न सके मात्रै यो देशमा सरकार छ र सुरक्षा निकाय छन् भन्ने प्रत्याभूति हुन्छ ।
यो हाम्रो सार्वभौमिकताका लागि सबैभन्दा चुनौतिपूर्ण घडी हो । यसको प्रतिकार र प्रतिवाद गर्नुको विकल्प हामीसँग छैन ।
(चिरञ्जीवी पौडेलसँगको कुराकानीमा आधारित)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/11/353937/#sthash.K941s2s5.YFNIETM0.dpuf

Tuesday, November 3, 2015

Nepal Constitution: the status of India's seven point amendment proposal:

Nepal Foreign Affairs, Kathmandu,  Sept. 30 – Although the world is yet to see through the Indian game, Nepalese are under no illusion that India has imposed on them an economic blockade, while lying to the rest of the world that there is no blockade at all. At the moment, India is openly engaged in the game of blackmail. It is threatening to a weakened Nepal everyday:  agree to our certain political conditions, or we strangle you economically. Remember, Nepal is struggling to get better from the devastating earthquake in April this year.
In order to get away, the ‘protesters’ are put forward at the no man’s land of the border between the two countries. They are given food and daily wages by India’s external Intelligence agency RAW and are mobilized by ruling BJP’s sister organization RastriyaSwayamsewakSangh (RSS), which wanted to reinstate the status of Nepal’s Hindu state. In doing this, India has cleverly brewed ‘dissension’ in a section of Nepal’s Madhesi politicians, who claim that their demands were not paid attention by the Government of Nepal and major political parties, who promulgated the new constitution on 20th September,  ratified by an overwhelming majority of 90% of the Constituent Assembly.
The so-called demands were not known to the people of Nepal until the Indian Express newspaper from New Delhi revealed them on September 24, 2015. It said there were seven demands forwarded to Nepal by the Indian ambassador to NepalRanajit Rae, on behalf of Nepal’s Madhesi parties. (www.indianexpress.com/article/world/neighbours/make-seven-changes-to-your-constitution-address-madhesi-concerns-india-to-nepal/)
Well, such a move itself equates to obstinacy since a country cannot really propose the constitutional amendments to another country. India realized this later and to escape from global scrutiny, disownedhaving made such proposal. But Nepal’s political circle was actually pressed to fulfil these demands which the three major parties had refused. To avoid further pressure from India, they didn’t agree to Indian Foreign Secretary S. Jayashankar’s call for the postponement of the promulgation of the new constitution. Then, came the economic blockade.
We have tried to assess the status of these seven proposals in the light of Nepal’s new constitution. It appears that two of them are already in the constitution (see below proposal 1 and 7), two are reasonable (proposal 4 and 6), one is debatable (proposal 3) and two cannot be accepted at all (proposal 2 and 5).
Indian Proposal 1:  In Article 21 of the Interim Constitution, it was mentioned that various groups would have “the right to participate in state structures on the basis of principles of proportional inclusion”. In the new Constitution (Article 42), the word “proportional” has been dropped — Delhi wants it re-inserted.
Article 50 of the new constitution of Nepal already has proportional inclusion arrangement. Saying ‘proportional has been dropped’ is false propaganda. The article says:
“It shall be the political objective of the State to strengthen a federal democratic republican system to ensure an atmosphere where democratic rights are exercised by acknowledging sovereignty, independence and integrity of the country to be of utmost importance; by protecting freedom, equality, property and all citizens through rule of law; by embracing the norms and values of fundamental rights and human rights, gender equality, proportional inclusion, participation and social justice; and by maintaining a just system in all spheres of national life in order to establish a government system aimed at public welfare,…”
Indian Proposal 2:  Article 283 of the Constitution states that only citizens by descent will be entitled to hold the posts of President, Vice-President, Prime Minister, Chief Justice, Speaker of Parliament, Chairperson of National Assembly, Head of Province, Chief Minister, Speaker of Provincial Assembly and Chief of Security Bodies. This clause is seen as discriminatory for the large number of Madhesis who have acquired citizenship by birth or naturalization. Delhi says this should be amended to include citizenship by birth or naturalization.
This is actually regarding the provision of Article 289.See the text of the article below:
Article 289 Special provisions relating to Citizenship of the office-bearers:
 (1) A person shall have acquired a citizenship by descent to be elected, nominated and appointed as the President, Vice-President, Prime Minister, Chief Justice, Speaker of the parliament, Chairperson of National Assembly, Head of the province, chief minister, speaker of Provincial Assembly and chief of security bodies.
(2) For appointment to the constitutional positions, other than those referred to in clause (1), the persons having obtained citizenship by descent, by naturalization or by birth may be eligible.
Status:No country in the world agrees to the foolish ideaas proposed by India. Insistence on this arrangement is propagated by an ulterior motive. Therefore, Nepalalso will not agree on this. Even if its leaders do agree under Indian duress, there will be a backlash. This provision will harm the prospect of Madhesis themselves. And read the second point above, naturalized citizenship is no bar to hold government jobs, take part in political parties and be elected. Make no propaganda please!This is the same in several countries including in India.
Indian Proposal 3: Article 86 of the new Constitution states that National Assembly will comprise 8 members from each of 7 States and 3 nominated members. Madhesi parties want representation in National Assembly to be based on population of the Provinces. This, Delhi says, should be done to address concerns.
Upper House is more an American senate like structure, where states send equal number of delegates indiscriminate to the population. This can be a subject of debate. But the Upper House would be the most inclusive parliamentary body if the constitution is implemented. See the text below and challenge:
Article 86 Formation of National Assembly and terms of members:
(1) National Assembly shall be a permanent house.
(2) There shall be fifty-nine members in the National Assembly as follows:-
(a) Fifty six members elected from an Electoral College comprising members of Provincial Assembly and chairpersons and vice-chairpersons of Village councils and Mayors and Deputy Mayors of Municipal councils, with different weights of votes for each, with eight members from each province, including at least three women, one Dalit, one person with disability or minority;
(b) Three members, at least one of whom would be a woman, shall be nominated by the President.
Comment: Being flexible, parties may still agree to increase the number of representatives for two provinces in Madhes. This is debatable.
Indian Proposal 4:  Five disputed districts of Kanchanpur, Kailali, Sunsari, Jhapa and Morang: Based on the majority of the population, these districts or parts of them may be included in the neighboringMadhes Provinces.
This is another contentious point. Three parties may decide, but this could trigger unrest. The five districts, except for Kailali are among the most peaceful so far. Madhesi parties don’t want a plebiscite. They know huge majority of the people in these districts will reject their idea. Actual Madehsi population, excluding Tharu and Muslims, is less than 5% in these districts. All of them put together, it goes to 39% in Kailai, 23% in Kanchanpur, 3% in Jhapa, 11% in Morang, 13% in Sunasari. But Tharus have wanted a separate state, not to be identified as Madhesis. Out of 31 elected representatives from these districts, 26 have supported the constitution while 5 have supported the Madehsi demands.
Indian Proposal 5: Article 154 of the Interim Constitution provided for delineation of electoral constituencies every 10 years. This has been increased to 20 years in Article 281 of the new Constitution. Echoing the Madhesi parties, India wants this restored to 10 years.
Comment: This can be accepted. Nepal holds its census every ten years. The population change can be incorporated in reviewing the electoral constituencies. But mind you, India also reviews its constituenciesin longer 20 years. One can just laugh about it.
Here is a fact: after 1976, India reviewed its electoral constituencies in 2002 and then in 2011. The review process there is far more complicated because it requires a law to be passed by the parliament every time.
Indian Proposal 6: Article 11(6) states that a foreign woman married to a Nepali citizen may acquire naturalised citizenship of Nepal as provided for in a federal law. Madhesi parties want acquisition of naturalized citizenship to be automatic on application. This also finds favour with Delhi.
This also can be accepted in case of no dual citizenship. But compare this with the Indian Citizenship Act, made as per the Constitution of India:
Only the children born of the parents who are citizens of Pakistan and Commonwealth countries are subject to obtain the naturalized citizenship of India. Foreign woman married with an Indian citizen must prove continuous stay of 5 years in India and must abandon the citizenship of her country of origin to be eligible to obtain the naturalized citizenship of India. Challenge this.
Indian Proposal 7:  Election constituencies be created on the basis of population
Article 286 (5) has this provision already in the constitution. The text says:
286.(5) The Constituency Delimitation Commission, while delimiting the constituencies in accordance with this Article, shall, based on population and geography, maintain as far as practicable the equal ratio or proportionality between geography, population and the number of members.
(6) While delimiting the constituencies pursuant to clause (5), attention shall be paid to population density of the constituency, geographical conditions, administrative and transportation proximity, and the communal and cultural characteristics of the people living in such districts.
Compare this with India and challenge.
For the Indian propaganda tools, yet to read their own constitution, Nepal’s provision matches with the Article 81 and 327 of the Constitution of India. Similar arrangements are made in the Constitution of South Africa as well.
Final words: Nepal is a country created together by Janajati which includes the Tharu/Rajbanshi/Tajpuriya/ Meche/Dhimal, and Chettri communities since unification while Bahuns were mostly at the advisory positions of the state. British India saw that the Janjatis were transforming and adopting Hindu values from Chhetris and Bahuns. To Christianize the Janjatis as per the order of Bible(Bible says a true Christian must help convert those who are yet to know the name of Christ. Once the last man on the earth accepts Christ as the savior, he will come to the earth again for salvation. So for Christians, conversion from other religions is an institutional practice), they started creating a narrative of rift between the Janajatis and Chhetri/Bahuns.
It happened rapidly in the last forty years in the investment of the West. Now India is using the Madhesi narrative, with an all-out effort to link this with the Janajatis. The unity between Upendra Yadav and Ashok Rai tries to validate this. Recently, countries like Switzerland and Denmark and also the UN have supported hugely for the social engineering in Madhes. Nepal government is weak. Top officials and many politicians have also proven themselves as sell-outs.
This is a policy to create rupture at the very foundation of the unifying elements of Nepal. Nepalese must see this before it is too late.
- See more at: http://nepalforeignaffairs.com/nepal-constitution-the-status-ofindias-seven-point-amendmentproposal/#sthash.VvKBPT9L.dpuf

हामी सबैले हारेको र जितेको : From Face Book status, October, 4 ,015

Subodh Raj Pyakurel


==================
१: यसपटकको मधेस अान्दोलनमा हामी सम्पूर्ण नेपाली हारेका छौँ। नेपाली नेपाली बीच मन फाटेको छ। अविश्वास र शंका बढेको छ।यसलाई सच्याउन हामी सबैको सदाशययुक्त प्रयत्न चाहिन्छ ।
२: समयक्रममा देख्नुहुनेछ, चाल पाउनुहुने छ कि संबिधानमा थोरबहुत थपथाप, शब्दमा सम्पादन गरेर सम्झौता हुनेछ। अाफै वा प्यादालाई मन्त्री-सन्त्री बनाएर मधेसी / पहाडी सबै नेताले थपडी बजाउने छन।
३: यो अान्दोलनको लक्ष थियो घृणा फैलाउनु । घृणाका परियोजना बने।दाताले लगानी गरे।भारतलाई फसाउने चक्रब्युह रचिएको थियो ।दम्भी भारत उत्ताउलिएर फस्यो। किनभने युरोप ,अमेरिकाले नेपालमा दह्रो प्रभाव जमाउनमा मुख्य वाधक तत्व भनेकै नेपाली - भारती जनता बीचको सांस्कृतिक सम्बन्ध हो, जुन कानुन, सहमति अादिको घेराभन्दा धेरै माथि हुन्छ।
४: युरोप पढेका र मधेसी नामाकृत संस्था चलाएका मान्छेले विद्वताको नाङ्गो दुरुपयोग गरे। अपप्रचार गरियो कि निर्वाचनक्षेत्र बिल्कुल जनसंख्याको मात्र अाधारमा गरिन्छ। जनतालाई यतिसम्म बताईएन कि जनसंख्या मात्रको अनुपातमा निर्वाचनक्षेत्र बाँडदा मधेसले पाउने प्रतिनिधि ८२ हो, जुन अहिलेको कुनै जिल्लालाई पनि प्रतिनिधि शून्य नबनाउने गरि प्रत्येक जिल्लामा न्युनतम एकजना छुट्याएर बाँडदा मधेसले पाउनेछ ७९। यसको पछाडि राष्ट्रद्रोहको सुविचारित षड्यन्त्रले काम गरेको छ। खासमा सन्देश के दिन चाहेका हुन कि - मधेसीहरुमा राष्ट्रियता यति शून्य छ कि देशको बिकट भूगोलको जनताका लागि ३ सिटको त्याग गर्न पनि मधेसी तयार छैनन।
उनीहरूलाई राम्रोसँग थाहा छ कि भूगोल र जनसंख्या दुबैको अाधारमा कुनैपनि भूभागलाई प्रतिनिधि शून्य नराख्नेगरी नै बन्छन निर्वाचनक्षेत्र हरु।
५: यी विद्वजनलाई राम्रोसँग थाहा थियो कि सम्बैधानिक प्रवन्ध के कस्ता छन। कसरी सम्बिधानले सिद्धान्त मात्र कोर्ने गर्छ र कानूनद्वारा त्यसको विस्तृतिकरण र कार्यादेश ब्यवस्थित गरिन्छ। उनीहरुलाई छर्लङ्ग थाहा थियो कि प्रस्तावना सम्बिधानको शीर हो। प्रस्तावनासंग बाझेका कुरा सबै अदालती ब्याख्यामा परास्त हुन्छन भन्नेपनि थाहा थियोे ।सर्वोच्च अदालत मार्फत अनेक चलन चलाएका, सच्याएका तिनलाई राम्रोसँग थाहा थियोे कि शाब्दिक अष्पष्टता, भाषिक अशुद्धता र सिलसिलेवार नमिलेका जस्ता अनेक विषय संबिधानमा छन तर अदालती व्याख्या वा संसदीय संशोधन मार्फत ती त्रुटि सजिलोसँग सच्चिने विषय हुन।
६: तथाकथित नेता, बौद्धिक अगुवालाई थाहा छ कि समाजमा चलनमा रहेको भेदभावको कारण सम्बिधान वा कानून होइन ।त्यो हामी सबै जातजाति बीच मनमा जरा गाडेर बसेको कुसंस्कार हो। कानून र सम्बिधानले सम्पूर्ण नेपालीलाई समान मौलिक अधिकार २००७ सालमा नै दिएको छ।अहिले त २०६५ यता अनेकन संरक्षणवादी कानून बनेका छन। मुख्य सवाल हामी जनताले कानून वमोजिमको अधिकार लिन, समान मर्यादा पाउन अाफै अग्रसर हुन अनि सामाजिक एक्यवद्धता स्थापित गर्न सकेका छैनौं । त्यसको दोषी को? जनचेतनाको अगुवाइ गर्छु भन्ने पार्टीहरु, जनचेतनाको क्षेत्रमा उत्पात काम गरेको दावा गर्नेहरु र बारम्बार सरकारमा पुग्दा संस्कार सच्याउन पाठ्यक्रममा सुधार नगर्ने, सञ्चार र नागरिक समाजलाई परिचालित नगर्ने, विभेद- शोषण - अत्याचार गर्नेलाई पार्टीको छाता अोढाएर जोगाउने, उक्साउनेहरु सबै सबै दोषी हुन।
७: नियत होइन वचनको अपब्याख्या गर्दै, जनताले अन्तरवस्तु थाहा पाउला भनेर पढ्नै नदिइ सम्बिधान सल्काउँदै, घृणाको पर्खाल लगाएर जनता जनतालाई सदाका लागि विभाजित गर्न हिर्काअो, मार , सल्काअो भनेर हुकुमनामा जारी गर्दै अान्दोलनको नाममा हिंसा- प्रतिहिंसाको जग तयार गरियो।
८: लगातार २ महिना सारा खेतबारी, रोजगारी , शिक्षा, स्वास्थ्य धरापमा राखेर गरिएको अान्दोलनको अन्त्य किन हुँदैछ भने (क)भारतले बिधीमा विमति राख्ने ठाउँ छैन (ख) सम्बिधानका प्रावधान अन्यायपूर्ण र भेदभावपूर्ण छैनन (ग) गम्भीर प्रकृयागत अपराध नगरिएको अवस्थामा वाह्य देशले छेक्ने त के सोध्ने सम्म पनि अधिकार छैन(घ) केही पश्चिमाली मुलुकले यो प्रश्न गर्न थालिसकेका थिए र केहिले त सम्बैधानिक अन्तरवस्तुका अाधारमा सहजीकरण गर्ने चासो पनि प्रकट गर्न थालेका थिए।
९: प्रदेशका सरकारले कानून बनाएर लागुगर्न सक्ने अधिकार दिएको यो सम्बिधानले अरु कुनै समुदायलाई नदिएको भूगोल मधेसीलाई मधेसमा दिएको छ। र मधेसी नेताले भने , मागे र चेतावनी दिए अनुसारको भूगोल दिएको छ। अारक्षण जनसंख्याको अनुपातमा दिएको छ। नोक्सान चाहिँ मधेसका ठाकुर,झा, यादव, महतो, त्रिपाठी , जस्तालाई हुँदैछ ।वंश र गोत्रले भाषा मात्र फरक हो। उनीहरु र पहाडी शासकमा फरकै छैन। उनीहरुले झण्डै ७०-८० प्रतिशत राजनीतिक पद पडकाएका थिए अब ६-८ प्रतिशतमा झर्नेछन।
१०: जनताले सम्बिधानको प्रस्तावना पढ्नुपर्छ । मौलिक हक पढनु पर्छ। नागरिकताको दफा पढनु पर्छ। संघ ( केन्द्र), प्रदेश र स्थानीय सरकारको अधिकार बाँडफाँड पढनुपर्छ। सच्याउनुपर्ने कुराको बारेमा प्रष्ट हुनुपर्छ। र सच्याउने कुरामा भर गर्न सकिने पार्टीलाई मात्र भोट दिनेछौं भन्नुपर्छ। हतारिनु पर्दैन । चाँडै स्थानीय चुनाव हुनेछ। लगत्तै प्रादेशिक सरकारको चुनाव हुनेछ। यी चुनाव अघि सम्बिधान मा यो यो संशोधन गरेर अाअो अनिमात्र हाम्रो भोट पाउने छौ भन्दा पुग्छ।
यति गरे पुग्नेमा सुरुमै जीवनको मोल ५० लाख तोकेर, जातीय घृणाको बीउ रोपेर, दंगा भडकाएर, निर्दोष नागरिकको जीवनलाई योजनावद्ध ढंगले सिद्याउनेहरु हाम्रा मान्छे होइनन् ।ईतिहास साक्षी छ। यिनले सरकारसँग मोलतोल गरेर दण्डमुक्ति लेलान। तर प्रमाण यति बलियो छ कि यिनले सजाय पाउने कुरा पक्कापक्की छ।नेपालमा दण्डहीनता उपभोग गर्लान् तर विश्व समुदायमा उम्कने ठाउँ छैन। यिनका मतियार र गुरु बनेका विद्व सल्लाहकारहरुको हविगत पनि चाँडै देखिनेछ ।

‘मधेसवादी’को माग : मधेसमा एउटा, वार्तामा अर्को- चन्द्र महर्जन

१३ कार्तिक २०७२ ( October,30,015).

मधेसको केन्द्रमा रहेको जनकपुर बहुमुखी क्याम्पसका प्राध्यापक विजय दतले आन्दोलित क्षेत्रको भित्रि तहसम्म पुगेर आफनो तीनहप्ते अध्ययनको अनुभव जसरी सुनाए त्यसलाई आधार मान्ने हो भने यो आन्दोलन धेरै भ्रमबाट चलिरहेको वुझनुपर्ने हुन्छ । त्यस्तो भ्रम खडा गरिएको थिएन भने वा भनांै संविधानमा भएका व्यवस्था अनुसार हुने हो भने यो प्रकारको र यति लामो समय यो चल्ने नै थिएन । जनता सडकमा न उत्रिएसम्म आन्दोलन हुँदैन । जनता उत्रन उनीहरुको मन दुख्नुपर्छ । यो वेला मधेसका जनताको जुन हदसम्म मन दुखेको छ त्यस्तो विषय चाहिँ छैन ।
यो आन्दोलनमा वास्तवमै मधेसका जनता खास गरी २ नं प्रदेश सडकमा आयो । कुनै एउटा नाकामा धर्ना वस्नका लागि ठूलो उत्सव जस्तो मानेर महिला, किसोर र वृद्धवृद्धाहरु यसरी प्रकट भए जोसँग जे छ त्यो साथमा ल्याए । जस्तै वीरगञ्जको नाकामा वस्न त्यो ठाउँबाट धेरै टाढा र आफना साथमा रहेका हात्ति घोडा सजाएर नै आए । यस्ता दृश्य प्राय सधै नै टेलीभिजनमा देखिरहिए । ठूला उत्सवमा मात्र यस्तो हुन्छ ।
यी नागरिकको मनलाई केले छोयो ? दतले गरेको अध्ययन त्यही हो । आन्दोलनमा जान तयार भैरहेका, कोही चाहि हिडि सकेका किशोर र युवा समूहलाई सोधिँदा उत्तर आयो– हामीलाई नागरिकता नै नदिने ? त्यो काठमाण्डौ को हो ? वृद्ध वृद्धाहरुको पनि भनाइ त्यही थियो । हाम्रा वालवच्चाले नागरिकता पाउदैनन् भने तिनीहरुले पछि कहाँ जागीर पाउँछन ? कतिपयले त भएको नागरिकता पनि खोस्न लागेकोसम्म भने । त्यसकारण उनीहरु आन्दोलनमा होइन नागरिकता लिन र भएको सृुरक्षित गर्न आएका हुनजस्तो भयो । त्यसकारण भित्रि तहबाट नै र घरका सवै परिवार नै यो अभियानमा लाग्यो । जताततै, माइक झुण्डाइएका छन । रात दिन नै यही कुरा प्रचार गरिरहिएको छ । सुनाउनेले पनि त्यही र सुन्नेले पनि त्यही । मधेसीलाई पहाडेले नागरिकता दिएनन वा नदिने भए । दिएको पनि खोस्न लागे । यो काम काठमाण्डौबाट भएको हो । त्यसकारण यसलाई नाकाावन्दी गर्नै पर्छ भन्ने एउटा लहर जस्तै आयो ।
मधेसमा संविधान नै पुगेन
यो देशको कुनै एउटा नागरिकलाई नागरिकता प्राप्त गर्नबाट नै वञ्चित गर्न खोजिएको हो भने जो केही पनि त्यसपछि के गर्छ उल्लेख भैरहनु पर्दैन । मधेसमा भएको यही हो । अरु जे होस नागरिकताका बारे संविधान स्पष्ट छ । तर त्यो मधेसमा पुग्दै पुगेन । पहिले मस्यौदा नै त्यहाँ लान दिइएन । त्यसवेला मधेस केन्द्रित दलहरुले कस्तो अवरोध खडा गरे भन्ने कतै लुकेको छैन । यता संविधानका दफाहरुमा छलफल चलिरहेको थियो भने उता मधेसकेन्द्रित दलहरुले वहिस्कार गरेर वसे वा भनौं आन्दोलन नै सुरु गरियो । त्यो भन्दा अझ अगाडि नै आन्दोलन थालिसकिएको थियो, सीमाङ्कन विनाको संविधान नमान्ने भनेर । तर यो वेलाको आन्दोलन यो तहसम्म पुगेको थिएन । हिंशाको सहारा लिनुपरेको अवस्थाले पनि त्यही बुझाउँछ । संविधान पारित र घोषणा भएपछि त त्यसलाई जलाइयो नै । जसले संविधान जलाए त्यसमा के छ के छैन भन्ने खोज्ने कुरै भएन । संविधान जलाउनुको कारण मात्र विस्तार भयो तर यो रुपमा अर्थात यहाँका नागरिकको मनै दुख्ने गरी ।
संविधान जारी भएपछि त्यसमा के छ के छैन भन्ने कुृरा लिएर त्यहाँका जनतासम्म पुृग्न आवश्यक नै ठानिएन । सत्ता परिवर्तन प्राथमिकतामा आयो र संविधान घोषणा भएको ४० दिन यसैले खाइदियो । सत्तालाइँ केही पर सारिएको भए र त्यो समयमा संविधानका विषयलाई प्रस्ट पारिएको भए मधेसकै वुद्धिजीवी अनुसार पनि त्यहाँका जनता यो रुपमा सडकमा उत्रने थिएनन । जसले संविधान एक पटक पनि हेर्न र सुन्न पाएको छैन, जे सुनाइरहिएको छ त्यो आफनो अनुकूलको छैन, अझ आफनो हक अधिकार खोसिएको कुरामात्र व्यापक भएको छ भने त्यस्तो अवस्थामा जसले पनि दिने प्रतिकृया यस्तै हुन्छ जुन मधेसमा भैरहेको छ ।
नागरिकतामा उदार
नागरिकताका सम्वन्धमा नेपालको संविधानमा छिमेकी देश भारतको भन्दा उदार व्यवस्था गरिएको अवस्था छ । भारतले अंगिकृतलाई त्यति सहज रुपले स्वीकारेको छैन जति नेपालले गरेको छ । अगिकृत भनेको त्यसले प्रभाव पार्ने ठाउँ स्थानीय तह नै हो । अंगिकृत नागरिकता भनेको अवसर खोज्दै कुनै अर्को देशबाट आयातित हुने नागरिक हो जस्ले त्यहीका स्थानीयको अवसरलाइ हत्याउने हुन्छ । यो कुरा वुझ्दा बुझ्दै त्यस्तो अवस्था सिर्जना गर्न कुनैपनि स्थानीय उत्सवै मनाउने गरी आन्दोलनमा उत्रन तयार हुँदैन । केही व्यक्तिको नीजी प्रयाश होला तर मधेसको आन्दोलन जसरी सामूहिक भएको छ त्यस्तो आकार लिन सक्तैन नै ।
आन्दोलनमा नागरिकता, वार्तामा सीमा
नयाँ सरकारसँग मधेसी मोर्चाको पहिलो वार्ता हुँदा मधेस आन्दोलनको प्रमुख बनेको नागरिकता यहा चाहिँ विषयसमेत बनेन । कार्तिक १२ को वार्तामा संलग्नहरुले आफनो बटम लाइन भन्दै मधेसमा दुइप्रदेश हुनुपर्ने मुख्य माग रहेको वताए । निश्कर्षहीन रुपमा टुङ्गिएको भनिएको त्यसदिनको वार्ता विवरण पढौं । त्यहाँ नागरिकता सम्वन्धी कुरै उठेन जसरी मधेसका भित्रिभागसम्म मूल समस्याका रुपमा पु¥याइएको थियो । माथि उल्लेख भएको अध्ययन मधेसकै प्राध्यापकबाट भएको हो । त्यो स्वतन्त्र पनि थियो । जुन कुराले मधेसी जनताको मनलाई विचलित वनायो त्यो कुृरा वार्तामा नआउनु भनेको त्यो आन्दोलनको विषय नै होइन भन्ने आफै प्रष्ट हुन्छ । त्यसो नहुँदो हो त यो कुरा वटमलाइनमा पर्नु पर्ने थियो । जस्तो आरोप लाग्यो त्यो सामान्य होइन । आफनो देशको कुनै नागरिकलाई नागरिकताको प्रमाणपत्र नै नदिने र दिएको पनि खोस्ने भन्ने कुरा कसरी कसैका लागि सह्य हुन्छ । यदि यसलाई आधार मान्ने हो भने झण्डै ५० को हाराहारीमा मान्छेको ज्यान गएको यो आन्दोलनमा जनतालाई ढाटियो । नागरिकता जस्तो प्रदेशको सीमा र अझ भन्ने हो भने प्रदेशको संख्या हँुदैन । त्यसका लागि कसैले पनि आफनो जीवन नै अर्पण गर्दैन । यो भनेको साझा विषय हो । नागरिकता भनेको व्यक्तिको नितान्त निजीकुरासँग प्रदेशको सीमा दाजिँदैन ।
मधेसको यो दोस्रो आन्दोलन हो । पहिलो आन्दोनले संघीय व्यवस्था र त्यसमा एक मधेस एकप्रदेश भन्ने मूल कुरा बनाएको थियो । मधेस केन्द्रित दलहरुको परिचय पनि त्यसले नै बनाएको हो । पहिलो संविधानसभा भरी यो नारा घन्किरह्यो । दोस्रो सभामा मात्र दुई प्रदेशका कुरा आएका हुन । पहिलो आन्दोलनको मूल माग छोडेको अवस्था हो यो । यी परिस्थितिहरुले प्रदेशका वारे जनतालाई त्यति आक्रोसित पारेको होइन भन्ने बुझाउँछ ।
निर्वाचन क्षेत्रको कुरा
नागरिकतामा मात्र होइन अरु विषयमा पनि मधेसका जनताले आफनै विरादरिबाट गुमराहमा वस्नुपरेको अवस्था छ । यो निर्वाचन क्षेत्रको कुरा हो । सामाजिक सञ्जालमा चढेका विवरणहरुले त्यसै भन्छन । हिमाल खवरको एउटा रिपोर्ट–
नेपालमा संविधान जारी भएको चार दिनपछि ७ असोजमा नयाँ दिल्लीस्थित एक थिंक ट्यांक आईडीएसएको वेबसाइटमा प्रकाशित लेखमा प्राध्यापक हरिवंश झाले निर्वाचन क्षेत्रको प्रावधानलाई संविधानको प्रमुख त्रुटिको रूपमा औंल्याएका छन् । लेखमा भनिएको छ– ‘नयाँ संविधानको व्यवस्था अनुसार, आधाभन्दा कम जनसंख्या भएको पहाड र हिमालले १०० तथा मधेशले ६५ सीट मात्र पाउनेछ ।’
त्यस्तै, संविधानप्रति सांकेतिक विरोध जनाउन राष्ट्रिय झण्डामा कालो पोतेर आफ्नो ‘प्रोफाइल पिक्चर’ बनाएका क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका नायव सुब्बा मनिषकुमार साहले केही दिनअघि फेसबूकमा लेखे– ‘तराईको जनसंख्या ५१ प्रतिशत, जनसंख्याका आधारमा हुनुपर्ने निर्वाचन क्षेत्र ८३ । तर, संविधानको व्यवस्था अनुसार ७५ जिल्लालाई कम्तीमा एक निर्वाचन क्षेत्र दिंदा तराईका २० जिल्लाले पाउने २० सीट ।
बाँकी ९० सीटमा जनसंख्याका आधारमा तराईले पाउने ४५ सीट । यसरी भूगोल र जनसंख्याका आधारमा तराईले पाएको कुल सीट ६५ (३९.४ प्रतिशत) । ४९ प्रतिशत जनसंख्या भएको पहाड र हिमालले पाउने ६०.६ प्रतिशत । अर्थात् १ वा २ होइन पूरै २० प्रतिशतको असमानता ।’
झा र साहले यस्तो निष्कर्ष निकाल्नुको कारण थियो– संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि तोकिएको १६५ निर्वाचन क्षेत्र र ‘मुख्य रूपमा जनसंख्यालाई आधार मानेर, संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी’को सीट निर्धारणमा गलत बुझाइ ।
आन्दोलनरत मधेशकेन्द्रित दलहरूका धेरैजसो नेता–कार्यकर्ताको बुझाइ पनि यस्तै देखिन्छ– पहाड र हिमालमा १०० सीट, तर मधेशमा ६५ मात्र । तर, ‘निर्वाचन क्षेत्र निर्धारण आयोग–२०७०’ मा सदस्य रहेका नेत्रप्रसाद धिताल निर्वाचन क्षेत्र त्यसरी नभई एउटा निश्चित सूत्रबाट निर्धारण गरिने बताउँछन् । उनका अनुसार, त्यस अनुसार संविधानमा व्यवस्था भएको १६५ निर्वाचन क्षेत्रमध्ये तराईले त्यहाँको जनसंख्याको अनुपातमै मिल्ने गरी ७९ सीट पाउँछ ।
५०.२७ प्रतिशत जनसंख्या भएको मधेशले खोजेको निर्वाचन क्षेत्र ८३ हो । धितालका अनुसार, निर्वाचन क्षेत्रको निर्धारण एकमुष्ट रुपमा तराई, पहाड वा हिमाल भन्ने भौगोलिक आधारमा हुँदैन । प्रत्येक जिल्लाको जनसंख्या अनुसार निर्वाचन क्षेत्र वितरण हुने हुँदा क्षेत्रगत रूपमा जनसंख्याको भार केही तल–माथि पर्छ । यसरी हिसाब हुँदा तराईमा एकमुष्ट माग गरिएको ८३ भन्दा चार सीट कम भएको हो ।
सरकारले २१ असोजमा संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले ‘मुख्य रूपमा जनसंख्यालाई आधार मानी जनसंख्या र सदस्य संख्याको अनुपात यथासम्भव समान हुने गरी संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी’ निर्धारण गरिने उल्लेख छ । यसरी क्षेत्र निर्धारण हुँदा तराईका २० जिल्लाले ७९ (४८ प्रतिशत) सिट पाउछन ।
यो रिपोर्टमा सिट कसरी विभाजन हुन्छ र औसतमा हिसाव हुदा कुन क्षेत्रले कति पाउछन र कति गुमाउछन भन्ने हिसाव पनि गरिएको छ । त्यसमा तराइले मात्र होइन पहाडले पनि गुमाएका हुन्छन । भनिएको छ– ५७ जिल्लालाई १४७ निर्वाचन क्षेत्र वितरण गर्दा प्रति निर्वाचन क्षेत्रको औसत जनसंख्या १ लाख ७३ हजार ३०३ हुन आउँछ । तराईका २० जिल्लामध्ये बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, चितवन, धनुषा र सुनसरी बाहेकका १३ जिल्लाका निर्वाचन क्षेत्रको जनसंख्या औसत जनसंख्याभन्दा कम हुनेछ ।
एक निर्वाचन क्षेत्रमा दुई लाखभन्दा बढी जनसंख्या पर्ने तराईको जिल्ला बर्दिया मात्र हो । त्यस्तै, पहाड र हिमालका ३७ मध्ये १६ जिल्लाका निर्वाचन क्षेत्रको जनसंख्या औसत भन्दा बढी हुन्छ । त्यसमध्ये मकवानपुर, खोटाङ, रामेछाप, प्यूठान, रोल्पा, रुकुम, सल्यान, डोटी र बैतडी जिल्लामा एक निर्वाचन क्षेत्रमा दुई लाखभन्दा बढी जनसंख्या पर्छ ।
७५ जिल्लामध्ये बैतडीको निर्वाचन क्षेत्रमा सबभन्दा बढी २ लाख ५० हजार ८९८ जनसंख्या पर्नेछ । तराईका निर्वाचन क्षेत्रमा सबभन्दा बढी जनसंख्याको भार बोक्ने बर्दियामा भन्दा बढी जनसंख्या पहाडका प्यूठान, रोल्पा, सल्यान र बैतडी जिल्लाका निर्वाचन क्षेत्रमा देखिन्छ । यसले औसतभन्दा कम जनसंख्या भए पनि न्यूनतम एक निर्वाचन क्षेत्र पर्ने हिमाली र पहाडी जिल्लाहरूको जनसंख्याको भार पहाडी जिल्लाहरूले नै बोकेको देखाउँछ ।
यस्तो सत्यकुरा मधेसका जनताले सहि रुपमा जानकारी पाए भने ठूलो जनसंख्यालाइ थोरै सिट दिन लागिएको भन्ने आक्रोसको कुनै अर्थ रहदैन । तर कसरी भ्रम खडा गरिएको छ भन्ने माथिका उद्धरण फेरी पढौं ।
( लेखक व्यवस्थापिका संसदको सदस्य हुन् ।)
साभार देशान्तर डटकम

६३ वर्षदेखि भारतकाे नागरीकता प्रयास सम्बधि षड्यन्त्रको इतिहास: भरत दाहाल

६३ वर्षदेखि भारतकाे नागरीकता प्रयास सम्बधि षड्यन्त्रको इतिहास( सबैले बुझ्नै/पढ्नै पर्ने)

राजनैतिक विश्लेषक -भरत दाहाल
राजनैतिक विश्लेषक -भरत दाहाल
निर्वाचनका लागि प्रधानमन्त्री चयन गर्ने बहानालाई लिएर सहमतिका नाममा फेरि पनि नागरिकताको मुद्दा सर्तका रुपमा उठेको छ । ०६३ सालपछि ०४७ साल चैत्र मसान्तसम्मको जन्मलाई आधार बनाएर ‘एक पटकका लागि’ भनि नागरीकता दिईएकाहरुबाट पहिल्यै भारतमा जन्मेका निजका सन्तानहरुलाई वंशजका आधारमा र संविधानसभाको निर्वाचनमा मतदाता नामावलीमा सामेल गरिएका सबै व्यक्तिहरुलाई नेपाली नागरिकता दिनुपर्ने मधेशवादी गुटहरुको मागले नेपालको अस्तित्वलाई थप चुनौतिको दिशातिर धकेलेकोे छ । फेरिपनि यो मुद्दा ४ दलिय छलफलको एजेण्डा बन्नुले यस्ता दलहरुको औचित्यका बारेमा प्रश्न उठाउनु पर्ने बेला पनि आएको छ ।
नागरीकताको कृत्रिम समस्याभित्रको गंभीरतालाई बुझ्नका लागि यससंग जोडिएका दुईवटा पक्षहरुमाथि ध्यान केन्द्रीत गर्न आवश्यक छ । पहिलो पक्ष के हो भने माओवादी विद्रोह र जनआन्दोलको समयमा कसैद्वारा कहिल्यै पनि नउठाईएको यो मुद्दा ०६३ सालमा संसदको पुनस्र्थापना भएपछि सरकार र ८ दलका नामबाट पहिलो प्राथमिकताका साथ गरिएको राजनितिक निर्णय हो । यसैबाट थाहा हुन्छ कि यो १२ बुँदे समझदारीमा नलेखिएको दिल्लीको एउटा मूख्य सर्त हो । दोश्रो पक्ष यो हो कि ०६३ सालपछि यो नै एकमात्र यस्तो मुद्दा हो, जसले दलीय सहमतिका नाममा निरन्तरता पाउन सफल भएको छ । देशका सबै मुद्दाहरुमा असहमति र नागरिकता वितरणमा सहमति नै १२ बुँदे पछिको दलीय सहमतिको विषेशता रहेको छ ।
आफुभन्दा साना र कमजोर छिमेकी देशहरुमा जनसंख्या अतिक्रमण गरेर यस्ता देशहरुलाई विलय, नियन्त्रण वा विभाजन गर्ने भारतीय नीति नयाँ होइन । फिजी, श्रीलंका, तात्कालिन पूर्वी पाकिस्तान (हालको बंगलादेशं), भुटान, मालदिभ्स लगायतका देशहरु धेरै पहिलेदेखि भारतको यो नीतिको शिकार हुँदै आएका छन् । नेपालमा राजाहरुको शासनकालमा असफल भएको यो मुद्दा भारतले विसं २०१० सालदेखि नै उठाउन लगाएको छ । १२ बुँदेपछि मात्र त्यसले जनसंख्या अतिक्रमणलाई संवैधानिक आधार दिलाउन सफल भएको हो ।
शासकवर्गको निम्नस्तरको सत्ता र पैसा लिप्साका कारणले नागरीकताको नक्कलि मुद्दा देशका लागि कति भयावह बनिसकेको छ भन्ने कुरा ०४९ जेठ ३० गते कपिलवस्तुबाट बंशजको आधारमा नेपाली नागरीकता लिने कुख्यात भारतीय अपराधि बब्लु श्रीवास्तवको यो भनाइले काफि हदसम्म स्पष्ट पार्दछ । उनले भनेका छन् ‘जुन मुलुकमा ५० लाख , १ करोड खर्च गरेकै भरमा सिधै प्रधानमंत्रीसंग बस्न सकिन्छ, त्यस्तो देशमा के गर्न सकिन्न र ? नागरीकता त मिनेटमैं पाउन सकिन्छ ।’ (चक्रब्युहमा चन्द्र सूर्य, सरोजराज अधिकारी) जमीम साह, फैजान अहमद लगायत नेपालका जानेमानेका व्यक्तिहरुको हत्या गर्ने अपराधिहरु नक्कली नागरीकता लिएका भारतीयहरु थिए भन्ने तथ्यले यहाँको नागरीकताको मामिला देशका लागि कति खतरनाक भैसकेको छ भन्ने विषयको गंभीरतामाथि प्रकाश पार्दछ ।

नेपालमा प्रयास

नेपालको नागरिकता नीति आफ्ना नागरिकहरुको सुलभ पहुँचभित्रको विषय बन्नुपर्छ भन्ने भारतीय चिन्तन नेपाललाई भारतको अंग ठान्ने विस्तारवादी सोंचबाट उत्पन्न भएको छ । “नेपालीहरुले कदापी विर्सनु हुन्नकि उनीहरुको देश सदासर्वदा भारतकै अभिच्छेद्य अंग रहेको छ” भन्ने आचार्य कृपलानी होउन वा “नेपालमा पनि हैदरावाद जस्तै भारतीयहरु माथि अमानुषीत अत्याचार भैरहेको छ” भनेर नेपाललाई “भारतीय संघको स्वतन्त्र सदस्य बनाउनु पर्छ” (२००७ कार्तिक) भन्ने सरदार बल्लभ भाइ पटेल होउन, सबै भारतीय शासकहरुले आफ्नो अंगका रुपमा नेपालभित्रका यावत् नीतिहरु बन्नु पर्दछ भन्ने सोंचाइ राख्दछन् । नागरीकताबारे पनि उनीहरुको दृष्टिकोण प्रारंम्भदेखि नै यहि रहेको छ ।
२००८ साल माघमा तात्कालिन मन्त्री भद्रकाली मिश्रले नेपाली सेनामा विश्वास गर्न नसकिने भन्दै सेनामा भारतीय नागरीकहरुलाई भर्ति गर्नुपर्ने र काठमाडौं लगायतका नेपालका विभिन्न स्थानहरुमा १० हजार भारतीय सेना राख्नुपर्ने प्रस्ताव मंन्त्री परिषदको वैठकमा राखेका थिए । मातृका सरकारले २००९ सालमा नागरीकता कानुन जारी गरेर २ वर्षदेखि नेपालमा बसोबास गर्दै आएका सबै भारतीयहरुलाई आदिवासीका नाताले नेपाली नागरिकता दिन सुरु गर्यो । यो कानुन २०१९ पौष १ गते महेन्द्रले नयाँ संविधान जारी गरेपछि खारेज भयो । ६ जुन १९८० (वि.सं. २०३७) को त्जभ क्तबतभकmबल नामक भारतीय पत्रिकाले नेपालमा बसेका कुल ३८ लाख भारतीयहरु मध्ये २३, ८७, ९७३ ले नेपाली नागरिकता पाईसकेको तथ्यांक सार्वजनिक गरेको थियो ।
२०५१ सालमा मनमोहन सरकारको पालामा बनेको धनपति आयोगले जनसंख्या अतिक्रमण भएको निष्कर्ष निकाल्दै सिमा बन्द गर्नुपर्ने सिफारिस ग¥यो, जसलाई उक्त आयोगका सदस्य राजेन्द्र महतोले विरोध गरेका थिए । २०५२ सालमा महन्थ ठाकुरको कार्यदलले ०४७ साल कार्तिक महिनालाई आधारबर्ष मानेर नेपालमा बसेका जम्मै विदेशीहरुलाई नागरिकता दिनुपर्ने कुरा सुझाव दियो । तर लागु भएन । २०५४ सालमा जीतेन्द्रदेवको अध्यक्षतामा गठित नागरिकता वितरण आयोगले ६ दिनभित्र ३४,००० भन्दा बढी गैर नेपालीहरुलाई नागरिकता वितरण गर्यो । यो कदमलाई २०५८ साउन ९ को सर्वोच्च अदालतको फैसलाले खारेज गरिदिएको थियो । यसैगरि २०५४ सालमा बामदेव गौतमको गृहमन्त्रालयले स्थानिय निर्वाचन निर्देशिका जारी गरेर स्थानिय चुनावमा उठ्न र भोट हाल्न नागरिकता नचाहिने ब्यवस्था गरेको थियो । यसलाई पनि अदालतको निर्णयले खारेज गरेको थियो । २०५७ जेठमा राज्य ब्यवस्था समितिले पारित गरेको नागरीकता संबन्धि निर्णयलाई प्रतिनिधिसभाले पारित गरेर अर्थ विधेयकभित्र घुसाई अनुमोदनका लागि राष्ट्रियसभामा पठाएको थियो तर राष्ट्रिय सभाले फिर्ता पठायो । प्रतिनिधिसभाले पुनः साउन ११ गते त्यसलाई पारित ग¥यो । यो निर्णय स्वीकृतीका लागि राजाकहाँ पठाए पछि उनले सर्वोच्चमा राय मागे । सर्वोच्चले २०५८ बैशाख १२ मा त्यसलाई गैरसंवैधानिक घोषित गर्यो ।
विभिन्न रुपमा प्रयोग गरिएका यी सबै हतकण्डाहरु पूर्ण रुपमा सफल हुन नसकेपछि दिल्लीले माओवादी युद्धको संवेदलशिल अवस्थालाई चयन गरेको देखिन्छ । बाह्रबुँदे समझदारीपछि २०६३ साल भदौ २१ गते सरकारबाट ०४७ साल चैत्रभित्रको जन्मका आधारमा नेपालमा बसोबास गर्ने सबै ‘ब्यक्ति’हरु लाई नागरीकता दिने भनि विधेयक पारित गरी ८ दलका बीचमा सहमति गरियो र त्यसलाई अन्तरिम संविधानमा सामेल गरियो । बाबुराम सरकारको गठनका लागि मधेशी मोर्चा र एमाओवादीका बीचमा २०६८ भदौ १० गते भएको ४ बुँदे सम्झौतामा नागरिकतालाई सहज र सरल रुपमा वितरण गर्ने सहमति भयो । एमाओवादी र मधेशी मोर्चाका बीचमा भएको यहि सहमतिलाई आधार बनाएर ०६८ माघ २० गते मन्त्रीपरिषदले गरेको निर्णयानुसार २४ गते गृहमन्त्री विजय गच्छेदारले ०६३ सालपछि जन्मका आधारमा नागरिकता लिएका विदेशीहरुका सन्तानहरु, जो नागरिकता लिनु पूर्व नै जन्मेका थिए, लाई वंशजको आधारमा नागरीकता दिनु भनि जिल्ला प्रशासन कार्यालयहरुलाई आदेश दियो । झापाका तात्कालिन प्र.जि.अ.ले यस्तो गैर संवैधानिक आदेश कार्यान्वयन गर्न इन्कार गरेपछि उनललाई कार्वाहि स्वरुप त्यहाबाँट सरुवा गरियो । यो आदेशलाई सर्वोच्च अदालतले खारेज गर्यो ।

१२ बुँदे र नागरीकता रणनीति

नेपालभित्र रहेका वा नरहेका भारतीयहरुलाई विभिन्न बहानामा नागरीकता दिने हालको संवैधानिक ब्यवस्था माओवादी युद्धको नियतीसंग जोडिएर आएको विषय हो । संसदको पुनसर्थापनापछि आठ दलीय कार्यभारको पहिलो नम्बरमा परेपछि श्रृंखलाबद्धरुपमा घटेका घटनाहरुको समग्र सन्दर्भभित्र मात्र नागरीकता रणनीतिको अर्थलाई ठम्याउन सकिन्छ । अन्तरिम संविधानमा ‘एक पटकका लागि’ भनेर जन्मका आधारमा नागरिकता वितरण गर्ने ब्यवस्था गरिएको थियो । भारतीय नागरीकहरुलाई लक्षित गरी बनाईएको यो ऐन कार्यान्वयन हुनसाथ ०६४ साल असोज महिनाको तेश्रो हप्तामा भारतको पटनामा तात्कालिन भारतीय विदेश मन्त्रालयकी सहसचिव प्रितिशरण कौरको उपस्थितिमा राजेन्द्र महतो, महन्थ ठाकुर, ज्वाला सिं, जयकृष्ण गोइत लगायतका ब्यक्तिहरुको बैठक बसेर तराइ रणनीतिमा छलफल गरेको थियो । बैठकमा भएको सहमति अनुसार मंसीर महिनामा तात्कालिन कृषिमन्त्री महन्थ ठाकुर र सांसदहरु जेपी गुप्ता, हृदयेश त्रिपाठी, राजेन्द्र महतो लगायतका ८ जना ‘मधेशी’ नेताहरुले आ–आफ्नो पदबाट राजीनामा गरे र एमाओवादी, कांग्रेस तथा एमालेमा रहेका भारतीय मुलका द्वेध नागरीकहरुलाई अलग्याएर मधेशवादी गुटहरुको गठन गर्ने प्रकृया सुरु भयो । यसै दौरानमा महन्थ ठाकुरलाई अघि सारेर तमलोपा बनाईयो भने विजय गच्छेदार लगायतका केहि ब्यक्तिहरुलाई उपेन्द्र यादवको फोरममा पठाईयो ।
०६३ माघ २ गते देखि फोरमले आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनमाथि भएको दमनका विरुद्ध फोरमले गृहमन्त्रीको राजीनामा, दमनको छानविनका लागि आयोगको गठन र समावेशी समानुपातिक प्रणालीको माग राखेको थियो । तर ध्यान दिन लायक रहस्यमय कुरा के छ भने सरकारले आन्दोलनका आव्हानकर्ता, समर्थक दुबै नभएका राजेन्द्र महतो र ऋदयेश त्रिपाठीलाई १५ गते मधेशी प्रतिनीधिका नाममा वार्तामा बोलायो । पुनः २४ गते महतो र त्रिपाठीसंग भएको वार्तामा सरकारले संपूर्ण तराईलाई ‘मधेश’को नामले संवोधन गर्ने, संघियतालाई अन्तरीम संविधानमा सामेल गर्ने र समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर्ने सहमति गर्यो ।
मधेशी गुटहरुको गठनपछि ०६४ फागुन १ गते देखि ‘समग्र मधेश, एक प्रदेश’ मा केन्द्रीत आन्दोलन सुरु भयो । सोहि महिनाको फागुन ७ र ८ गते भारतीय दुतावासभित्र राजदुतको उपस्थितिमा कांग्रेसका प्रतिनिधिहरु र मधेशी प्रतिनिधिका रुपमा अनिल कुमार झाँ, राजेन्द्र महतो, महन्थ ठाकुर, उपन्द्र यादव बसेर स्वायत्त मधेश प्रदेशको स्थापना र मधेशीको छुटै सैन्य संरचना बनाउने विषयमा सहमति गरे । त्यसलाई सरकारले अनुमोदन ग¥यो । सो सहमतिलाई पुष्पकमल दाहाल र माधव नेपालले बाहिरबाट समर्थन जनाएका थिए ।
नागरीकता ऐनबाट वितरण गरिने नक्कली नागरीकताहरुको निर्णायक भूमिका स्थापित गर्नका लागि तराईमा बसोबास गरेका पहाडी मुलका नेपालीहरुमाथि त्यसबेला भएको बर्वर ध्यान दिन लायक छ । भारतीय सत्ताले दिएको पैसा, हतियार र गुण्डाहरु प्रयोग गरी गरिएको सो आक्रमणको निशाना पहाडी मूलका नेपालीहरु मात्र देखिएको भएतापनि त्यो घटना सर्वप्रथम तराईका मधेशी मूलका नेपालीहरुको सहानुभूति लिएर पहाडी मूलका नेपालीहरुलाई लखेट्ने र त्यसपछि मधेशी मूलका नेपालीहरुलाई पनि विस्थापित गरी संपूर्ण क्षेत्रलाई नक्कलि नागरीकहरुको अखाडा बनाउने भारतीय षडयन्त्रबाट घटेको थियो भन्ने कुरा कथित मधेशवादी गुटहरुले मैथिली, भोजपुरी, अवधि, थारु, कोच भाषा सस्कृतिहरुलाई निषेध गरी हिन्दी भाषालाई स्थापित गर्न गरेको प्रयत्न र पछिल्ला समयमा सशस्त्र गुटहरुबाट स्थानिय मधेशीहरुमाथि बढ्दै गएको आक्रमणबाट प्रष्ट हुन्छ ।
०६३ सालपछि कथित मधेशवादको नाममा जति पनि मुद्दाहरु उठाईएका छन् ती सबैको श्रोत र आधार नक्कली नागरीकता हो भन्ने कुरा पछाडिका सबै घटनाहरुले प्रमाणीत गर्दछन् । यद्यपी समग्र मधेश प्रदेशको मुद्दालाई दिल्लीले बेदानन्द झाँ मार्फत् २०१० सालमैं उठाउन लगाएको थियो तर यो मुद्दाले ०६३ सालको नागरीकता ऐन बनेपछि मात्र आन्दोलनको रुप प्राप्त गर्ने आधार बन्यो । समग्र मधेश प्रदेशमा यहाँका केही दलालहरुबाट सहमति गरिएपछि समान जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको माग सार्वजनिक भयो, जो तराईमा बढ्ने भारतीय जनसंख्याका आधारमा निर्वाचन क्षेत्रहरु बढाएर नेपालको ब्यवस्थापिका र कार्यपालिका कब्जा गर्ने भारतीय षडयन्त्रसंग जोडिएको विषय हो ।
नक्कली नागरिकहरुलाई केन्द्रबिन्दुमा राखेर १० हजार मधेशीहरुको अलग सैन्य संरचना बनाउने भनि उठाईएको माग नेपालमा समानान्तर सैन्य संरचना खडा गर्ने र फिजीमा त्यहाँको सेनाले महेन्द्र चौधरीको सत्ता बर्खास्त गरेको घटनालाई दोहरिन नदिने योजनासंग संबन्धित छ । श्रीलंकामा भारतीय तामिलहरुलाई नागरीकता दिन लगाएर दिल्लीले उत्तरपूर्वी श्रीलंकालाई टुक्राउन जसरी तामिल विद्रोहलाई संगठित गरेको थियो, त्यसैको नेपाल संस्करण तराईको अपराधिक हिंसा हो भन्ने कुरामा कुनै शंका छैन ।
नक्कली नागरीकताले खेल्ने निर्णायक भूमिकालाई मध्यनजर राखेर नै दिल्लीले सुरुमा माओवादीलाई र पछाडी मधेशी गुटहरुलाई संघियता सहितको आत्मनिर्णयको अधिकारको मुद्दा उठाउन लगाएको र यसैसंग जोडिएको षडयन्त्र एमाओवादी महाधिवेशनमा उठाईएको अतिक्रमित सिमानाबारे जनमतसंग्रहको विषय रहेको तथ्यप्रति नेपालीहरुको ध्यान पुग्न आवश्यक छ । मधेशीको नामबाट जतिपनि मुद्दाहरु उठेका छन्, त्यसको नेतृत्वकर्ता तराईको सामन्त तथा दलालपूँजीपति वर्ग र नक्कलि नागरीकताधारीहरु रहेका छन् । यीनीहरुका मागमा तराईका आदिवासी, तल्लोवर्ग, तल्लो जाति, उत्पीडित भाषा, संस्कृति कसैका सरोकारहरु सामेल गरिएका छैनन् ।
दिल्लीको नागरीकता रणनीति यतिमा मात्र सिमित छैन । नागरीकता ऐनको कार्यान्वयन पछि तराईका निजी अस्पताल र प्रसुति गृहहरुमा भारतीय लगानी ठूलो मात्रामा बढेर गएको छ । जन्मको आधारमा नेपाली नागरिकताको दाबी गर्ने उद्देश्यले त्यसले प्रतिमहिना सयौं गर्भवती भारतीय महिलाहरुलाई बच्चा जन्माउन तराइका अस्पताल र प्रसुतिगृहहरुमा पठाउने र त्यहिं जन्मदर्ता गराउन लगाउने गरेको छ । चितवनको आरक्षलाई काटेर मेची–महाकाली हुलाकी मार्ग बनाउने भारतीय प्रयास पनि समग्र मधेश प्रदेशका नाममा मेचीदेखि महाकालीसम्मको भूभागलाई एउटै लाइनमा जोड्नेषडयन्त्रको अभिन्न पाटो हो । भारतका पूर्व प्रधानमन्त्री इन्द्रकुमार गुजरालले कृत्रिम नागरीकतालाई नै लक्षित गरी नेपाललाई मधेश र पहाड गरी दुई देशको एकिकृत रुप बताएका थिए । जुन भनाई २०१० सालमा बेदानन्द झाँ मार्फत् भारतले उठाउन लगाएको ‘नेपाल यूनियन’ (मधेश र पहाडको यूनियन) को निरन्तरता हो । ‘एकपटकका लागि’ भनि ०६३ सालमा जन्मका आधारमा नागरीकता दिइएको व्यवस्थालाई संशोधन गरी त्यसरी नागरीकता लिने व्यक्तिहरुका नागरिकता लिनुभन्दा पहिलेका सन्तानहरुलाई समेत वंशजका आधारमा नागरीकता दिनुपर्ने भनि मधेशवादी गुटहरुले अहिले उठाएको माग कहिल्यै नरोकिने दिल्ली रणनीति हो ।
छिमेकिहरु संग तुलना
श्रीलंका
–बेलायती उपनिवेश रहेको सिलोन (श्रीलंका)मा अंग्रेजहरुले उन्नाइसौ तथा बीशौँ शताब्दीतिरै ठूलो संख्यामा दक्षिण भारतीय कामदारहरुलाई, मूख्यतः तमिलहरुलाई, चिया, कफी, रबर तथा नरिवल खेतीका लागि कामदारका रुपमा भित्र्याए । सन् १९४६ सम्म आइपुग्दा यसरी श्रीलंका पुग्ने दक्षिण भारतीय आप्रवासी कामदार संख्या ७ लाख ८० हजार पुग्यो । जुन श्रीलंकाको तत्कालीन जनसंख्याको ११.७ प्रतिशत थियो ।
–फेब्रुअरी ४, १९४८मा श्रीलंका ब्रिटीश उपनिवेशबाट स्वतन्त्र भएपछि सरकारले नागरिकता सम्बन्धी अध्यादेश (बील) अनुमोदनका लागि संसदमा पठायो । जुन अध्यादेशकोे मुख्य उद्देश्य वास्तविक नागरिकलाई नागरिकता दिने थियो । उक्त अध्यादेशले श्रीलंकन नागरिकता प्राप्तिका लागि निवेदकले आफ्नो बुवाको जन्म श्रीलंकामा भएको प्रमाणित गर्नुपर्ने थियो । उक्त अध्यादेशको भारतीय तमीलहरुका राजनीतिक दलहरु सिलोन इण्डियन काँग्रेस, अल सिलोन तमील काँग्रेस र सिंहाली बामपन्थी दलहरुलेसमेत चर्को विरोध गरेपनि उक्त अध्यादेश २० अगष्ट १९४८ का दिन संसदबाट पारित भइ १५ नोभेम्वर १९४८ का दिनदेखि कानूनको रुप लियो । उक्त कानून अनुसार केवल ५ हजार भारतीय तमीलहरु श्रीलंकन नागरिकताका लागि योग्य ठहरिएका थिए भने बाँकी अयोग्य साबित भएका थिए ।
–त्यसपछि भारत सरकारको दबाबामा सन् १९४९ मा श्रीलंका सरकारले श्रीलंकामा बसोबास गर्ने भारतीय तमीलहरुलाई नागरिकता दिने उद्देश्यले इण्डियन एण्ड पाकिस्तानी रेसिडेन्टस (सिटिजिनसिप) पारित गर्यो । जस अनुसार १० वर्षदेखि श्रीलंकामा निरन्तर बस्दै आएका १ लाख भारतीय तमीलहरुले श्रीलंकन नागरिकता पाउन सफल भए ।
–सन् १९६४ अक्टोवर ३० मा भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री र श्रीलंकन प्रधानमन्त्री श्रीमाओ बन्दरनायकेका बीचमा इण्डो–सिलोन सम्झौता भयो, जसअनुसार अरु ३ लाख भारतीय तमीललाई श्रीलंकन नागरिकता दिने सहमति भयो । बाँकी १ लाख ५० हजार भारतीय तमीलको नागरिकता सम्बन्धमा पछि निर्णय गर्ने सहमति भयो ।
–जुन २८, १९७४ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र श्रीलंकन प्रधानमन्त्री श्रीमाओ बन्दरानाइके बीच श्रीमाओ–गान्धी प्याक्ट मा हस्ताक्षर भयो जसअनुसार भारत र श्रीलंका दुवै देशले पहिलेका बाँकी १ लाख ५० हजार भारतीय तमीललाई नागरिकता दिन सहमति भयो ।
–सन् १९८७ जुन २९ मा राजीव गान्धि र जे. आर. जयबर्धनेका बीचमा भएको एक संझौता अनुसार तमिल भाषालाई सरकारी भाषा बनाउने र उत्तर तथा पूर्वी श्रीलंकालाई एउटै प्रान्तका रुपमा मर्ज (विलय) गर्ने कुरा उल्लेख गरियो । यसका लागि जनमत संग्रह गर्ने व्यवस्था पनि सामेल गरिएको थियो ।
–सन् १९८८ मा भारतीय प्रधानमन्त्री राजीव गान्धीको दबाबमा श्रीलंकाको संसदले नागरिकता विहीनहरुका लागि नागरिकता दिने नयाँ ऐन पारित गर्यो, जसअनुसार श्रीलंकामा रहेका बाँकी सबै भारतीय तमीलहरुलाई पूर्व सहमतिका नाममा श्रीलंकन नागरिकता दिने प्रावधान राखियो ।
–अक्टोबर ७, २००३ मा श्रीलंकन संसदले ग्रान्ट अफ सिटिजनसीप टु पर्सन अफ इण्डियन वरिजन एक्ट २००३ पारित गर्यो जसअनुसार श्रीलंकामा सन् १९६४ पछि बसोवास गर्दैआएका सबै तमीलहरुलाई नागरिकता दिने प्रावधान राखियो । यसरी अन्ततः श्रीलंका स्वतन्त्रतापछिका ५५ बर्षमा सबै भारतीय तमिलहरुले श्रीलंकाको नागरीकता पाउन सफल भए ।
फिजी
–फिजीमा सन् १९७७ मा भारतको दबाबमा भारतीय मूलका नागरीकहरुलाई नागरीकता दिने निर्णय गरियो ।
–सेप्टेम्बर २८, १९८७ देखि २४ जुलाई १९९० सम्म फिजी संविधान विहिनताको अवस्थामा थियो । यो संवैधानिक सून्यताको फाइदा उठाएर भारतले उक्त अवधिसम्म फिजीमा रहेका सबै भारतीयहरुलाई नागरीकता दिनुपर्ने भनि दिएको दबाब अनुसार नयाँ संविधानको धारा २० मा फिजीमा जन्मेका जुनसुकै व्यक्ति नागरिक हुने प्रावधान राख्न लगायो । साथै सोहि ऐनमा कुनै बालक निजको बाबुले फिजीको नागरीकता लिनुभन्दा पहिले विदेशमा जन्मेको भएपनि नागरीकता पाउने प्रावधान समेत् राखियो ।
–सन् १८८१ मा ५८८ को संख्यामा रहेका भारतीयहरुको जनसंख्या सने १९९६ सम्म आइपुग्दा ३ लाख ३९ हजार पुग्यो र यहि नक्कलि नागरीकताको आडमा भारतीय नागरीक महेन्द्र चौधरीले प्रधानमन्त्रीमा विजय हासिल गर्न सफल भए भने संसदमा ७१ सिट मध्ये ३७ सिट भारतीय नागरीकहरुको हातमा गयो ।
संकटको मौका खोजी
भारतले छिमेकी देशहरुमा राननीतिक वा संवैधानिक संकट उत्पन्न भएको बेला आफ्ना नागरिकहरुलाई नागरीकता दिलाउन दबाब दिदैं आएको छ । श्रीलंका र फिजीमा जस्तै यहाँ पनि समान प्रकारको अस्थिर परिस्थितिलाई चयन गरिएको छ । २०३६ सालको आन्दोलनदेखि जनमत संग्रहसम्मको अस्थिरताको समयमा नेपालमा रहेका ३८ लाख भारतीयहरु मध्ये २३,८७,९७३ ले नेपाली नागरीकता प्राप्त गरीसकेको तथ्याँक भारतको पत्रिका त्जभ क्तबतभकmबल ले सन् १९८०, जुन ६ को अंकमा प्रकाशित गरेको थियो । २०६३ सालमा संसदको पुनस्र्थापना भएपछि २०४७ सालको संविधानलाई निष्कृय बनाईएको र अन्तरिम संविधान पनि नबनेको परिस्थितिमा मन्त्रीपरिषदले ०४६ साल चैत्र मसान्तलाई जन्मको आधार बनाएर नागरीकता दिने निर्णय गरी विधेयक बनाएको थियो । अहिले ०६३ सालपछि नेपाली नागरीकता लिएका तीनै भारतीयहरुबाट पहिल्यै जन्मेका सन्तानहरुलाई वंशजका आधारमा नेपाली नागरीकता दिने माग पनि संविधानसभाको विघटन भएको र दलीय राजनीति असफ भएको अवस्थामा उठाईएको छ ।
देशको अस्तित्वप्रति बिल्कूलै संवेदना नभएका दलहरुको यस्तो स्वेच्छाचारी कदमको जनस्तरबाटै प्रतिरोध नहुने हो भने आगामि १० बर्षसम्म नेपालमा भारतीयहरुको जनसंख्या बहुमतमा पुग्ने कुरामा कुनै संका छैन । भारतको छिमेकिहरुका विरुद्धको यस्तो षडयन्त्रको परिणाम श्रीलंकाले ३० बर्षसम्म गृहयुद्धको सामना गर्नु परेको र फिजीमा भारतीय नागरीकहरुले प्रधानमंत्री र संसदको बहुमत सिट जितेको इतिहासलाई नेपालीहरुले शिक्षाका रुपमा समयमैं ग्रहण गर्न जरुरी देखिन्छ । बर्षैपिच्छे नेपालमा किन लाखौं नागरीकताको समस्या देखाईन्छ र कहिल्यै नघट्ने यी कथित नागरीकहरु कसका हुन् भन्ने विषयलाई स्पष्ट गर्न प्रतिरोध अघि बढेन भने एकाध बर्षभित्रै पुनः लाखौं भारतीयहरुले नागरीकता लिन सफल हुने कुरामा संदेह छैन ।
असोज १२ ,२०७२  श्रोत भरतदाहालडटकम