Thursday, November 5, 2020

यतिबेला हामी गम्भीर राजनीतिक संक्रमणकालमा छौँ

 यतिबेला हामी गम्भीर राजनीतिक संक्रमणकालमा छौँ l क्रान्तिलाई हिंसात्मक वा जबरजस्तीको रुपमामात्र बुझ्नेहरुको अर्धज्ञानको प्रताडनामा आजको मुलुक परेको छ l नयाँ पुस्ता अगाडी छ र अघिल्लो पुस्ता आफैले त्यागेको इतिहासको बन्दी छ l सबै संघीयताको विकास तल तल शक्ति-विन्यास खोज्ने भुईं मानिससँग माथि माथिका शासकीय अधिकारीको द्वन्द्वको परिणतिमा आधारित रहेको विश्व इतिहास छ l यो द्वन्द्वलाई लोकतन्त्रको मर्मको रुपमा ठम्याउने ज्ञानी नायकहरुले संचालन गर्दा परिणाम बहुतै असल निस्कियो l नसक्दा विनास र सत्यानास पनि भोग्नु पय्रो l

लोकतन्त्रको मर्म नागरिक सर्वोच्चता हो l यहीबाट बौद्धिक स्वतन्त्रता निशृत हुन्छ l लोकतन्त्रमा हाम्रो पहिलो पहिचान, आधार र अधिकार नागरिकपनबाट हुन्छ l सिटिजेनरी शब्दार्थ त्यहीँ छ l अबको युग सीमित-सरकार, कानूनको शासन र सुपर-कर्पोरेट व्यवस्थापनको युग हो l सुपर कर्पोरेटले प्रतिष्ठान र अनुष्ठानलाई नियमन गर्ने सक्षम नागरिकको कल्पना गर्छ l सक्षमताका आधारशीलामा बिना भेदभाव, व्यक्तिको विवेकमा विश्वास गर्ने, नतिजा निकाल्न स्वतन्त्र प्रशासन र त्यस्तो प्रशासनिक स्वायत्ततालाई सहजीकरण गर्ने व्यवस्थापनको अपरिहार्यताको माग गर्छ जुन व्यवहारसिद्ध अनुभव र व्यवसायीक अनुसन्धान र व्यवहारिक शिक्षामा आधारित हुन्छ l राज्यको काम त मानव विकासका तमाम आधारशीलाको निर्माण गरिदिनु हो l उसको योजनाले सबैको समान व्यक्तित्व विकास होस भन्ने चाहना राख्नु पर्छ l अनुकुल-विभेद (पोजिटिभ - डीसक्रिमिनेसन) को सिद्धान्त मानवअधिकारको अन्तरराष्ट्रिय कानूनमा समाहित गर्नु पर्नाको कारण पनि यही हो l राज्यले कानूनले गर्नु भनेको काम मात्र गर्छ तर नागरिकले कानूनले नगर्नु भनेको बाहेक सबै थोक गर्न पाउँछ l तर कानूनले गर्नु भनेको छैन भनेर राज्यले गर्दिन भन्न पाउंदैन किनकि नागरिक राज्य भन्दा माथि हुन्छ l पूँजीवादी संरचनामा करार-ऐनले बाँकि सबै ऐनलाई जित्छ l अपराध बाहेक सबै कुरा गर्न नागरिक स्वतन्त्र छ l मलाई अमेरिकी संविधानको घोषणा बहुतै मन पर्छ " जीवन, स्वतन्त्रता र खुसी खोज्ने संबैधानिक अधिकार " Right to life, liberty and pursuit to happiness " , किनकि म पनि हरेक व्यक्तिको बराबरी स्वतन्त्रता, मर्यादा र अधिकारमा बिश्वास गर्छु l
समान चाहनाका साथ् आम नागरिकको खुसि खोज्ने अधिकारको प्राप्तिमा संधै संगै रहौंला l
Sabita Sharma, Bimala Devkota and 76 others
20 Comments
2 Shares
Like
Comment
Share

No comments:

Post a Comment