Tuesday, February 7, 2012

हास्यास्पद आश्वासन:



सरकारले विद्यार्थीकालागि ३३% छुटमा ग्यास र मट्टीतेल उपलब्ध गराउने आश्वासन दियो र बिद्यार्थीहरु दंग परे. असम्भव छुट र हास्यास्पद सन्तुष्टि देख्न पाइयो. सबैलाई थाहा भएको कुरा हो कि नेपालमा ६०% बालबालिका स्कुल जान्छन. शहरमा यो ८० प्रतिशतको हाराहारी मा छ. घर घरै विद्यार्थी छन. सरकारले छुट दिने भनेको एक्लो बिद्यार्थीलाई मात्र होइन होला. त्यसमाथि गरिब र किसानलाई पनि एक तिहाइ छुट दिने भनिएको छ. नेपालका ६५% जनता खेती किसानीमा छन. सरकारले नै ४०% जनता गरीबीको रेखा मुनि छन भन्छ. अनि यो एक तिहाइ छुट नपाउनु पर्ने को चाहिं बाँकि रह्यो कुन्नि. सबैलाई राहत घोषणा गर्नु पर्ने भएन र? तेल मन्त्री ८ अरब चाहिन्छ भन्दै छन. सरकार २ अरब बल्ल दिन तयार भएको छ.
यो घोषणा पत्यार लाग्दो भएन. जनता झुक्याउने मात्र मनशाय हो कि?

सुबोधराज प्याकुरेल.
बिराटनगर, हाल: ललितपुर.
www.SubodhFreenep.blogspot.com

No comments:

Post a Comment