Wednesday, March 21, 2012

आउन नमिल्ने गरी पठाईएको निम्तो





                                                       ०६८ चैत ८

वान की मुन अन्तत: नेपाल भ्रमण स्थगित गर्न बाध्य भए. बाहिर बेस्कन हल्ला खल्ला गर्ने तर भित्री नियत चाहिं आफ्नो नितान्त व्यक्तिगत स्वार्थ र झुठलाइ मान्यता दिलाउने एमाओवादीको कुत्सित मनशायका कारण यो भ्रमण रद्ध हुन गयो.
सबैलाई थाहा भएको कुरा हो कि दोश्रो विश्व युद्धको विभिषिका बाट आक्रान्त विश्व समुदायले संयुक्त राष्ट्र संघको गठन गरेको हो. संयुक्त राष्ट्र संघको बिधान, घोषणापत्र र आचारसंहिताले कहीं कतै कुनै पनि बहानामा हिंसाको पक्षधरता जनाउन दिंदैन.
एमाओवादीले लुम्बिनी विकाशकालागि भनेर पुष्प कमल दाहालको नेतृत्वमा राष्ट्रीय निर्देशक समिति बनायो. त्यसलाई देशभित्रको सीमानामा राखेको भए त ठिकै थियो. तर त्यो गरीमामय दर्जालाई पुष्पकमल दाहालले आफ्नो झूठ लाई संयुक्त राष्ट्र संघको अनुमोदन लिने भय्रांग बनाउन खोजे पछि सारा कुरा चौपट भएको हो.
अनेकन शान्ति सम्झौता गर्ने तर पार्टी भित्र हिंसालाई नै अन्तिम लक्ष्य ठान्ने, सार्वजनिक रुपमा हिंसा परित्याग नगरेको मात्र होइन कि फेरी हिंसा गर्छौँ भनी भाषण गर्ने अनि हिंसा बिरुद्ध स्थापना भएको विश्व संस्थाका प्रमुखलाई आफ्नो निम्तामा बोलाएको भन्दै जनताको हिंसा बाट मुक्त हुने चाहना र अभिमत उपर धावा बोल्ने जुन षडयन्त्र रचियो त्यसको प्रतिफल हो कि वान की मुन नेपाल आउन नसक्ने हुनु भयो.
मैले सार्वजनिक रुपमा अपील गरेको थिएँ,  दाहालजी एक्काइसौं शताब्दीको सम्राट अशोक बन्नुहोस, यो मौकाको सदुपयोग गर्नुहोस भनेर. महासचिवको भ्रमणको पुर्व सन्ध्यामा उहाँले हिंसा परित्याग गरेको औपचारिक र सार्वजनिक घोषणा गर्न सक्नु हुन्थ्यो. अरुलाई पनि हिंसालु बिगत प्रति पश्चाताप गर्न आग्रह गर्न सक्नु हुन्थ्यो. नेपालमा शान्तिको वास्तविक बिजारोपण गर्ने एतिहासिक अवसर सृजना गर्न सक्नु हुन्थ्यो.
नेपाल सरकारका तर्फ बाट बान की मुनलाई सुरुमै निम्तो गर्नु पर्थ्यो. उत्ताउलिएर पुष्पकमल दाहाल अमेरिका जानु भन्दा पहिले निम्ता प्रति अनुकुल प्रतिक्रिया हासिल गर्न आफ्नो दूतावास परिचालन गर्नु पर्थ्यो. तर दाहालजीलाई सबभन्दा ठालु भएको ले सबै कुरा गर्ने मै हुँ भन्ने संदेश नछरि भएन. नेपालले सरकारी निम्ता ढिलो गरी मात्र पठाएको सबैलाई थाहै छ.
वान ले भ्रमण स्थगित गर्नु पर्ने विविध कारण छन. नेपालको शान्ति प्रकृया उनको फिर्ती पछि धरापमा पय्रो भने उनको असफलता हुन सक्थ्यो. हिंसा लाइ प्रमुख उपायको रुपमा सैद्धान्तिक र कार्यनीतिक औजार मानि  आएको संग कुम जोडेको आरोप लागेमा उनका लागि असैह्य बेदना दायी हुन सक्थ्यो.
हिंसा र विकास संगै जान  सक्दैन. त्यसो हुन्थ्यो भने जनयुद्ध कालमा नेपालको धुम धाम विकाश हुनु पर्थ्यो. अहिले केहि व्यक्ति हामीलाई तिब्बती शरणार्थी संग मिलेर वान को भ्रमण रोक्न लागि परेको फत्तुर पनि लगाउँदै छन. कुनै आधार बिना, मनगढन्ते हल्ला मच्चाउने हरुको यो रोदन समयले नांगे झार पर्ने छ.
सुबोधराज प्याकुरेल.
ललितपुर.
       

1 comment:

  1. Yo bhraman kunai Maobadi party ko laagi nabhai kana sammurna Desh ko laagi khusiko kura thiyo. UN ko Mahasachib hamro desh ma aunu bhaneko bishwoma hamro barema sakaratmak sandesh jaane abasar thiyo. Tara ke garnu hamro desh ma tapai jasta bektigat swartha ra rishibi ko laagi je pani garne manchheharuko Bahulyata chha. Tesaile ta aaja haami jasta Yuwaharu afno desh ma farkera auna man pani laagdaina. Yo desh tapaiharuko pewa haina sampurna Nepaliko sajha thalo ho tesaile afno bektigat risibi ko karan deshka laagi naramro kaam garera afulai mahapapi banaune kaam nagarnuhola.

    ReplyDelete