प्रश्न जटिल छ. महाधिवेशनले गरेको पदीय चयन कहाँ हावा खायो त? यो जनवाद हो कि केन्द्रीयता? इतिहासलाई जवाफ दिनु पर्ने बेला आउला नि कुनै दिन. पद नमिल्नुको कारण सिद्धान्त हो कि अख्तियारी? गन्जागोलको उपयोग गर्दै निराशा र आक्रोशको विस्फोटलाई राजनीति ठान्ने एमाओवादीले राजनीतिले बहुल-नीति र समग्र समाधान दिनसक्नु पर्ने दायित्व बाट कहिले पनि पन्छन पाउंदैन भन्ने कुरा सुरुमै बुझेको भए यो झन्झट व्यहोर्नु पर्ने थिएन. जसरि भएपनि जित्नकालागि अपराध,आक्रोश र बल्जफ्तिलाई जय-पराजयको मापदण्ड बनाएर थालिएको जनयुद्ध नामको सुनामीले सोर पटार गरेर ल्याएको वितण्डाको उपचार नगर्ने हो भने एमाओवादीको जमात युद्ध सरदारको नया कलेवरका रुपमा प्रकट हुन सक्छ.कब्जा गरेपछि जितिन्छ भनेर रीमले पढाएको उत्ताउलो पाठ बाट नेपालका उरनठ्यौला जमात बहकिए.रीमका बुढाहरु अमेरिकामा भेटिन्छन. ति जसलाई कहिले क्रान्ति गर्नु छैन. न्यु योर्क,बोस्टनका अँध्यारा गल्लीमा तिनले पुस्तकालय, पाठक केन्द्र खोलेका छन्. दानका फर्निचर, सन् ८० अगाडिका पुस्तक र खुइलिएका पाण्डुलिपि जम्मा गरेका छन्. ति म्याद गुज्रेका बुढा हरु अहिले पनि सिसाकलमले क्रान्ति, रगत र सत्ता कब्जाका कथा, कबिता र सारांश लेख्छन. तिनलाई कसैले वास्ता पनि गर्दैन. तर तिनका काम कलेजका केहि विद्यार्थीले इमेल, वेबसाइट मा हालिदिन्छन. तिनलाई आफ्नै नामको इमेलको ठेगाना र पासवर्ड पनि थाहा छैन.सबै प्रकारका रोगको उपचार भनेको सत्य जीवन (भन्ने औषधि) भने जस्तो तिनले हर रोगको उपचार क्रान्ति हो भन्छन. तर तिनको क्रान्तिको गीत जागिर बाट अवकाश पछी छोरा छोरी र समाज बाट परित्यक्त भै सकेपछि मात्र कोरिएको सपनाको कोरस हो. त्यस लाइ आधुनिक मानव कति स्वतन्त्र र बिस्तारित छ भन्ने कुराको कुनै हेक्का छैन.
माओवादीले उत्पादनलाई पनि ब्रिगेड देख्छ. अब उत्पादनलाई जबर्जस्तीको खेति पनि देख्ने छ. उत्पादन ब्रिगेडका मजदूर ले ट्रेड युनियन मागे भने तिनको ढाड भांच्नु लाइ तत्कालिन कार्यभार देख्ने छ.
कसैमा सच्याउने हिम्मत भए बेग्लै कुरा. होइन भने सुनको संसार देखेर सांचै होमिएका बबुरा लडाकुको जीवन र तिनमा आउने निस्सार, निरासाले हाम्रो कति र कुन भविष्य लाइ खरानी पार्ने हो टुंगो छैन. आफ्नै ज्यान र इज्जत लाइ पर्खालको सुरक्षा कवच ले मोडन नेताहरु परचक्री को पाउ पर्न सक्छन. दोश्रो, तेश्रो दर्जाका नाइके हरु डन र सरदारका साखुल्ले बन्न सक्छन. खुला र बैधानिक राजनीति मार्फत दाम संकलन को असहाय पात्र बन्न सक्छन. यस्तो नहोस.

No comments:
Post a Comment