Friday, April 22, 2016

कागमाथि कोइलीको प्वाँख जडान : रामशरण बजगाईं , चक्रपथ अनलाइन |





Thursday, 21 Apr, 2016 4:50 PM  चक्रपथ, ०७३ बैसाख १०, शुक्रवार |
रामशरण बजगाईं

को काग हो र को कोइली हो भन्ने थाहा पाउन वसन्तऋतु आउनु पर्छ
नीतिशास्त्र । 

प्राकृतिक विभाजनले निर्धारण गरेको वसन्तऋतु भर्खरै सकिएको छ । संयोग कस्तो परेको छ भने नेपाली राजनीतिको इतिहासमा यो वसन्तमाजति कागकोइली कहिल्यै छुट्टिएनन् । गनेर भन्ने हो भने राजनीतिको यो वसन्तमा चारवटा मात्रै दृश्य थिए । 

दृश्य एक नेपालमा संविधानसभाबाट संविधान जारी भो । दृश्य दुई छिमेकी देश भारत र मधेसी मोर्चा त्यसबाट साह्रै क्रुद्ध भए र संयुक्त नाकाबन्दी लाग्यो । दृश्य तीनभारतसँगको एक निर्भरता तोडेर नेपालले पारवहन सुविधा लिने अरु वैकल्पिक बाटो पनि बनायो । र दृश्य चार नेपालको संविधान अपूर्ण रहेको भन्दै भारत र इयुले संयुक्त वक्तब्य निकाले । यीनै चारवटा दृश्यमा आधारित रहेर नेपाल भित्रका राजनीतिक, ‘बौद्धिक’, ‘कुटनीतिकपात्र र मिडियाम्यानहरुका ध्वनी   आकाशगंगामा गुञ्जिरहेका छन् । र यी ध्वनीले चारवटा घटनाचक्रको चिरफार गर्ने भन्दा तिनले आफ्नो परिचय मात्रै दिइरहेका छन्ती काग हुन् कि कोइली ? छुट्याउने जिम्मा पाठककै । 

अव प्रवेश गरौं विषयमाः 
कुरा बाबुराम भट्टराईको पहिरनमाथि ट्वीटरमा कमल थापाले गरेको कम्मेन्टबाट सुरु गरौंः 

@brb_laaldhwoj लाई थरि थरिका पहिरनमा देखियो। सुहाएकै छ। दौरा सुरुवालमा पनि हेर्ने रहर छ। pic.twitter.com/fmGCZCgouT
— Kamal Thapa (@KTnepal) April 18, 2016

कुर्ता पाइजामामा मधेसतिर डुलिरहेका बाबुरामको तस्बिरमाथि कमल थापाले एकदिन टिप्पणी गरेडासावलाई खुब सुहाएको छ, अव दौरा सुरुवालमा पनि हेर्ने मन छ । 

कमल थापाले किन बाबुरामको कुर्ता/पाइजामा पहिरनमाथि रुचीपूर्वक टिप्पणी गरे उनैले जानुन् । तर, एक समय वर्ग संघर्षको झन्झावातलाई दिल्लीको रिमोट थमाउन सफल बाबुरामको कुर्ता/पाइजामा दिल्लीको हातबाट खुस्केको रिमोट फिर्ता गराउने शिखण्डी पहिरन हो । जसरी महाभारतमा भिष्मपितामहलाई ढाल्न शिखण्डीको पहिरन अर्जुनका अगाडि खडा गरिएको थियो । 

माओवादी अभियानको उत्पादन अवश्य पनि नेपाली समाजकै गरिवी र अस्थिरताको मलखादबाट उत्पादित थियो र त्यसमा धेरै सीमान्त नगरिकले देश बनाउने सुन्दर सपनाका खातिर रगत पसिना बगाए । तर, दुर्भाग्य त्यो वर्ग संघर्षकोरिमोट दिल्ली दरवारमा बुझाउने इन्जिनियर बाबुराम नै थिए । निकै पछि बुझे, र त्यो दलदलबाट फर्के पुष्पकमल दाहाल । तव दाहाललाई तिरीमिरी बनाइदिन संविधान जारी भएको चौथो दिन नै बाबुरामले माओवादी आन्दोलनको विरासत त्यागिदिए र उही दिल्लीको नयाँ अस्त्रका लागि नयाँ आवरणमा कोइलीको रुप धारण गरे । जवहारलाल नेहरु विश्वविद्यालयदेखि दश वर्षको जनयुद्धको समापनसम्म आइपुग्दा बाबुरामको कोइली अवतार कागमा रुपान्तरण भइसकेको थियो । त्यही कागमा कोइलीको पंखेटा जडान गर्ने उपक्रममा जन्मियो नयाँ शक्ति 

नयाँ शक्तिले पछिल्लो पटक चोक चौबाटोमा गाउने भाका सबैलाई थाहै छत्यसको ध्वनी कोइलीको प्वाँख जडेको कागसँग मिलिरहेको छ । त्यो किन पनि भने नेपालका राजनीतिक दलहरु संविधान जारी गर्ने प्रतिबद्धतामा कस्सिंदै गएपछि बेचैन भएका बाबुरामले टीकापुर काण्डको पूर्वसन्ध्यामा रक्तपातको भविश्यवाणी गरे । संविधान रोक्न आएका एस जयशंकरको रौद्र मुद्रामा दिल्लीफिर्तिपछि बाबुरामको अर्काे घोषणा थियो, ‘२४ घन्टा भित्र नेपाल टुक्रिन सक्छ ।यी घोषणा र भविश्यवाणी र त्यसको अघिदेखि पछिसम्मका बाबुरामका सबै क्रियाकलाप संयोग थिएनन् । पछिल्लो समय उनी मधेसी दल भन्दा अलि माथिल्लोस्तरको हतियार हुन् दिल्लीका । गोरखामै जन्मिएको पहाडे बाहुनको छाताको ओत पृथकताबादी आन्दोलनलाई चाहिएको थियो । प्रभावहीन बन्दै गएको मधेसी दलको आन्दोलनलाई राष्ट्रिय चरित्र दिने एकमात्र योग्य पात्र उनै थिए । 
सुशील कोइरालाको दाह्रीवाल फोटोमुनी उभिएर संविधानका पिताघोषणा गर्ने कांग्रेसको पनि सायद यो अन्तिम परीक्षा हो । पिताजीहरु  नेपालको संविधानमाथि ब्रसेल्सको हस्ताक्षरप्रति तपाईंको मौनताले तपाईंलाई कतै कोइलीको प्वाँख जडित काग बनाउँदै त छैन

नेपालले चीनसँग पारवहन सुविधा लिएको र ब्यापारिक साझेदारीको सुरुवात गरेर बाँकी संसारसँगको ब्यापारका ढोका खुलेको तथ्यसँग एसडी मुनी जति उत्तेजित हुन पुगे त्यति नै उत्तेजनाको भाका टिपेर राष्ट्रिय आकांक्षालाई केटौले राष्ट्रवादको पहिरन लगाइदिए मुनीका अनुगामीहरुले । काग र कोइलीमा जस्तै उनीहरुको रंग फरक छ तर, भाका कागकै छ । महाभारतको युद्ध निर्णायक मोडतिर पुग्दा महारथी कर्णको मनोवल गिराउने उनकै सारथी मद्रनरेश शल्यजस्तै यहाँका टुक्रे कुटनीतिज्ञहरु  अंध्यारो भेलतिर साँचो खसाइदिएर बत्तीको पोलमुनी उज्यालोमा आफूले साँचो खोजेको भ्रम बाँडिरहेछन् । 

वस्त्र उत्रेर लज्जा मात्र बाँकी भएको मधेसी दलको आन्दोलनलाई हतियार बनाएर नेपालकोे सार्वभौमिकतामाथि ब्रसेल्समा प्रश्न उठाइयो । त्यसबारे आफ्नो देशले गरेको प्रतिवादप्रति एसडी मुनीका नेपाली चेलाहरुको प्रतिक्रियाले उज्यालेमा साँचो खोज्ने कथा सम्झाइदिन्छ । 

कथामा महत्वपूर्ण ढुकुटीको साँचो नियतवस नै अंध्यारो भेलको जंघारमा खसाइन्छ । जसले साँचो खसाउँछ ऊ बत्तीको पोलमुनी उज्यालोमा साँचो खोज्न थाल्छ । साँचो भेटिंदैन । अरुलाई पनि गुहार गर्छ । सबैले साँचो कहाँ खसेको भनेर सोध्छन्, । ऊ भेलमा साँचो खसेको वताउँछ । भेलमा साँचो खसालेर किन यता खोजेको भन्ने प्रश्न सबैका मनमा उत्पन्न हुन्छ । प्रश्न सोध्छन्किन त्यता हराएर यता खोजेको ? ऊ उत्तर दिन्छ– ‘यता उज्यालो छ, त्यसैले ।भेलको अध्यारोमा हराएकाले उज्यालोमा साँचो भेटिंदैन । नेपालले आत्मनिर्भरताका लागि साँचो जहाँ हरायो त्यही खोज्ने काम गर्न थाल्यो । उज्यालोमा साँचो नखोजेको अभियोग लगाएर विद्वानहरु त्यसलाई आलोकाँचो कुटनीतिको संज्ञा दिन्छन् र अंध्यारोमा साँचो खसाल्नेको नियत ढाकछोप गर्छन् ।  
जवहारलाल नेहरु विश्वविद्यालयदेखि दश वर्षको जनयुद्धको समापनसम्म आइपुग्दा बाबुरामको कोइली अवतार कागमा रुपान्तरण भइसकेको थियो । त्यही कागमा कोइलीको पंखेटा जडान गर्ने उपक्रममा जन्मियो नयाँ शक्ति 

अधिकारको आन्दोलन हो यो ?
मधेसी दलको आन्दोलनलाई कोइलीको रुप धारण गरेका कागहरुले अधिकारको आन्दोलनभनेका छन् । संविधानको कुन प्रावधानले अधिकार खोस्यो ? मुलुकलाई यति जोखीमीमा पुर्याइसक्दा पनि ती अभियन्ताहरुसँग जवाफ छैन । त्यो अधिकारको आन्दोलनका कारण वताउन मिल्ने खालका पनि छैनन् । त्यसैले उनीहरु वताउँदैनन् । त्यसको भित्री उद्धेश्य एउटा र बाहिरी प्रचार अर्काे गर्नै पर्ने खालको छ । अधिकारको भनिएको आन्दोलनको जग भने तल वर्णन गरिएजस्तो छ ।  

संविधानले जातीय पहिचान मेटेकाले आन्दोलन भन्ने उनीहरुको तर्क छ । समाजभित्रका वर्गीय बिभेदलाई छोपेर जति जातीयकरण गर्न सक्यो त्यति नै लाभ यहाँ निरन्तर हिंसा भड्काउनेलाई पुग्छ भन्ने सोची विचारी यस्तो मुद्दा अघि सारिएको छ । जातमा त्यहाँका राजादेखि रंकसम्म सबै एउटै छातामुनी आउँछन् । समाजका समस्या ज्युँ का त्युँ राखेर जातीय भोटबैंक राख्न सकिन्छ । विचारमा आधारित राजनीतिले छोटेमोटे ठेकेदार ओझेल पर्छन् । उत्पीडनमा रहेको पक्ष त्यसबाट चनाखो हुन्छ । 

मधेसमा विचार आधारित राजनीति पस्न नदिन र जात आधारित शक्ति विस्तारमा मधेसी दल र बाबुराम छन् । त्यसैले वर्गका मुद्दाबाट राजनीतिक शक्तिलाई छिन्नभिन्न बनाएर जातका आधारमा निर्मित शक्तिको कार्ड खेल्ने काम दक्षिणतिरबाट भइरहेको छ ।  

एक पटकको भेटमा एमाले नेता शंकर पोखरेलले भनेका थिए–‘एमाले मधेसमा फस्टायो भने अहिलेसम्म अभ्यास गर्दै आएको सम्प्रदायमाथि आधारित साँघुरो राजनीति प्रयोजनविहिन होला भनेर मधेसी दलहरूले एमालेलाई प्रधान शत्रुमान्ने गर्छन् । यो अहिलेको मात्रै होइन, धेरै अघिदेखिको कुरा हो ।उत्पीडनमा परेका वर्गहरुमा राजनीति जान नदिन मधेसी दलले गरेको पहिचानको आन्दोलनले खासगरी एमालेलाई सत्रु घोषणा गरेको छ । एमाले नेता पोखरेलको यो भनाईलाई तथ्यहरुले पनि पुष्टि गरेका छन् । 

मधेसमा नेताजी संस्कृति
राणा शासनको अन्त्यपछि नेपालको पहाडी क्षेत्रमा विस्तारै मुखिया, जिम्मुवाल संस्कृति हराउँदै गयो । तर, तराईमा जिम्मुवाल मुखिया नभए पनि नेताजी संस्कृति छ । मधेसमा जुन दलसँग नेताजीहरु छन् तिनले मास जुटाउने सामथ्र्य राख्छन् । नेताजी आफूतिर हुँदा मास जुट्छ नेताजी नभएपछि जुट्दैन । त्यो एकप्रकारको रैती संस्कृति हो । एमाले नेता पोखरेलले विद्यार्थी राजनीति कालको अनुभव पनि भेटमा सुनाए– ‘विद्यार्थी राजनीति गर्दा बीरगञ्जमा मैले के महसुस गरेको थिएँ भने नेतालाई अघि नलगाई कुनै पनि काममा अग्रसर नहुने संस्कार मधेसमा छ । प्रहरी प्रशासनमा पहुँच नेताजीको हुन्छ । स्वभाविक हुने काम पनि नेताजीले आफूले गरिदिएको भन्छ र प्रशासन र जनतावीचको विचौलियाका रुपमा आफ्नो नेताजी हैसियत बनाउँछ । राणाकालमा राज्यले स्थानीय ठालुहरूलाई कर र प्रशासनिक काम सञ्चालनलगायतको जिम्मा दिने गथ्र्यो । तिनै ठालू प्रजातन्त्र आएपछि नेता बने । राणाकालदेखि नै सरकारी काम गर्न ठालूहरूको पछि लाग्नुपर्ने संस्कार प्रजातन्त्र स्थापनापछि पनि जारी रह्यो । राजनीतिक सचेतनालगायत कारणले गर्दा पहाडमा यो चलन हराएर गयो । तराईमा भने जनता ठालुबाट शासित हुन पुगे । ती जनताका नाममा ठालुले माथिबाट जे लिन्छ र त्यही शक्ति प्रयोग गरी जनतामाथि रजाई गर्छ ।’ 

राज्यप्रशासन र जनताबीचको अन्तरक्रिया हुन नदिएर अहिलेका मधेसी दलका नेताले जुन मुद्दा र कार्यशैली अपनाइरहेका छन् पोखरेलको भनाई यसबाट पनि पुष्टि हुन्छ ।

एसडी मेहताको कलेजो
जवाहरलाल नेहरूको पालामा हिमालयलाई भारतले आफ्नो उत्तरको सुरक्षा पर्खाल मान्थ्यो । तर यो अवधारणामा ऊ सफल हुन सकेन । त्यसपछि ऊ तराईमा झर्यो । राजा महेन्द्रले कोदारी राजमार्ग बनाउन चिनियाँ सहयोग लिएपछि भारतले यो नीति लिएको थियो । भारतको अनिच्छाका बीच महेन्द्रले चीनसँग जोड्ने कोदारी राजमार्ग बनाए । त्यसपछि कम्तीमा पनि मधेसलाई अठ्याइराख्नुपर्छ र सकिन्छ भने मधेसलाई भारतमा गाभ्नुपर्छ भन्ने नीति भारतले लियो । 

कोदारी राजमार्ग निर्माण र सिक्किम विलय एउटै समयमा भएको थियो । कोदारी राजमार्ग बन्ने भएपछि र सिक्किम विलयपछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले भारतीय गुप्तचर निकाय रअलाई नेपालको समथल भूभाग भारतमा गाभ्ने गेमप्लानबनाई कार्यान्वयन गर्न निर्देशन दिइन् । रअका अधिकारी आरके यादवको किताब मिसन रअमा यससम्बन्धी उल्लेख छ । मधेसमा अहिले भारतको संलग्नतालाई त्यही श्रृङ्खला अन्तर्गत हेर्नुपर्छ । इन्दिरा गान्धी प्रधानमन्त्रीबाट हटेपछि रअतराईलाई टुक्र्याउने रणनीतिमा अग्रसर हुन पाएन । 

इन्दिरा गान्धीको नीति अन्तर्गत अहिले भारत परिचालित छ र अधिकारको आन्दोलनका नाममा मधेसमा जे भइरहेको छ त्यो उसैको प्रायोजन हो भन्ने यी तीन सन्दर्भबाट पुष्टि हुन्छ । 

सन्दर्भ एकसन् २०१४ को मेमा बीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुलेट जनरल एसडी मेहताले तराईका भूमीलाई पहाडसँग जोड्नेगरी गरिएको राज्य पुनर्संरचना प्रस्तावको खाका देखेर आफ्नो कलेजो चिराचिरा भएको महसुस गरेको वताउँदै मधेसी सभासद्हरुलाई डाकेर यस बिरुद्ध मधेसमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्न उक्साएका थिए । 

सन्दर्भ दुईभारतीय सेनाका गुप्तचर अधिकारी आरएसएन सिंह (जो पछि रअका सहसचिव पनि भए)ले आफ्नो पुस्तक द अनमेकिङ अफ नेपालभन्ने पुस्तकबाट पनि यसको पुष्टि गरेका छन् ।  सिंहले इन्दिरा गान्धीको पालामा पूरा हुन नसकेको तराई टुक्र्याउने भारतीय गेमप्लान शिवशंकर मुखर्जी भारतीय राजदूत भएको बेला ब्युँताउन खोजिएकोप्रष्ट संकेत गरेका छन् । उनको पुस्तकमा नेपालको पूर्व पश्चिम राजमार्गलाई नेपालको भर्टिकल स्प्लिटको सांकेतिक रेखा’  दाबी गर्दै मधेस मार्फत नेपाल राष्ट्रका पार्टपूर्जा खोलेर यसलाई बिघटन गर्नु पर्नेपक्षमा पैरवी गरिएको छ । 

सन्दर्भ तीनमधेसी दलको आन्दोलनलाई अधिकारको आन्दोलन दाबी गर्नेहरुले छोप्न चाहेको अर्काे गम्भीर तथ्य पनि छ, त्यो के हो भने सिंहको यो पुस्तकमा ब्यक्त विचार उनका निजी विचार होइनन् ।  भारतीय सैन्य संस्थापनसँग आबद्ध लेन्सर पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्सले यो पुस्तक प्रकाशन गरेको हो । इण्डियन आर्मीज सेन्टर फर लेण्ड वारफेयर स्टडिजले पुस्तक लेख्ने रकमको जाहो गरेको हो । पुस्तकको भूमिका लेख्ने ब्यक्ति भारतीय सेनाका भूपू ब्रिगेडियर गुर्मित कन्वाल हुन् । यी सबै तथ्यले नेपाल टुक्र्याउने गेमप्लानलाई पुष्टि गर्छ । तर, यहाँ कोइलीको प्वाँख जोडेका काग संविधानले जनतालाई अधिकारबाट बञ्चित गरेको भ्रम छर्छन् ।
नेपालले चीनसँग पारवहन सुविधा लिएको र ब्यापारिक साझेदारीको सुरुवात गरेर बाँकी संसारसँगको ब्यापारका ढोका खुलेको तथ्यसँग एसडी मुनी जति उत्तेजित हुन पुगे त्यति नै उत्तेजनाको भाका टिपेर राष्ट्रिय आकांक्षालाई केटौले राष्ट्रवादको पहिरन लगाइदिए मुनीका अनुगामीहरुले ।

नयाँ नयाँ कोइली
पुरै बनमा डंढेलो सल्किन नदिन फायरलाइन जोनबनाउने चलन पछिल्लो पटक आएको छ । बनमा बीच बीचको भाग खाली राखेर आगो सल्किन नदिने चलन छ । पहाडमा विकास हुने आफूप्रतिकुल अवस्था सीमावर्ती भारतीय क्षेत्रमा छिर्न नपाओस् भनेर भारतले मधेसलाई फायरलाइन जोनबनाउन खोजेको छ । 

नेपालको अस्थिरताका लागि माओवादी द्वन्द्वमा मलजल गरे पनि यसको प्रभाव युपी, विहारलगायतमा छिर्न नपाओस् भनेर भारतले मधेसमा माओवादीका गतिबिधिलाई निरुत्साहित गर्न खोज्यो । गौर हत्या काण्ड त्यसैको प्रकट रुप थियो । बाबुराम मार्फत सिंगो माओवादीलाई आफ्नो लाइनमा हिंडाउन सक्ने अवस्थासम्म हिंडाउने, नभए फुटाउने काम उसैबाट भयो । बाबुरामको पक्षमा आम सहमति बन्न सक्ने तर, प्रचण्ड शानदार बहुमतमा भएर पनि कठीनाई भोगिरहनु पर्ने अवस्थामा माओवादी पुग्यो । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि मधेसमा उसलाई कमजोर बनाउन मधेसवादी दललाई उपयोग गरिएको थियो । मधेसवादी दलमा पनि उपेन्द्र यादवमाथि भरोसा गर्न नसकेपछि कांग्रेसबाट महन्थ ठाकुरलाई लगेर नयाँ कोइली बनाइयो ।  ठाकुरको सामथ्र्य पुगेन, राजेन्द्र महतोहरु अघि सारिए । यी सबैको समुहिक आयतनले पनि नपुगेपछि विद्रोहको राष्ट्रिय अम्रेला बनाउन बाबुरामलाई माओवादीबाट चुँडालियो । 

बाबुराम र मधेसी मोर्चाको योग मात्रैले भारतीय गेमप्लानलाई पर्याप्त शक्ति दिन सक्दैन । त्यसका लागि आमसञ्चारमा नेपालको आन्तरिक ब्यवस्था अस्तब्यस्त रहेको हौवा चलाएर संविधान कार्यान्वयन अलपत्र पार्न सकियो भने आफ्नो मिसन सफल हुने भारतले ठानेको छ । नेपालमा चीनको प्रभाव रोक्न संयुक्त रुपमा सक्रिय भारत र इयुले नयाँ कोइलीका रुपमा शेरबहादुरलाई अघि सार्ने प्रयास पनि अघि बढाएका छन् । पत्नीको उपचारगर्न दिल्ली गएका शेरबहादुर कस्तो उपचार लिएर फर्किन्छन्, हेर्न बाँकी छ । न्यायाधीश र राजदूतको सुनुवाई नयाँ चुनावपछि मात्रै भन्ने रामचन्द्र पौडेलको प्रतिक्रियाले केही अपशकुनी संकेत गरेकै छन् । सुशील कोइरालाको दाह्रीवाल फोटोमुनी उभिएर संविधानका पिताघोषणा गर्ने कांग्रेसको सायद यो अन्तिम परीक्षा हो । पिताजीहरु नेपालको संविधानमाथि ब्रसेल्सको हस्ताक्षरप्रति तपाईंको मौनताले तपाईंलाई कतै कोइलीको प्वाँख जडित काग बनाउँदै छैन ?
 
 

- See more at: http://www.chakrapath.com/content/an-article-by-ramsharan-bajagain-1.html#sthash.9a6O7nFb.dpuf

No comments:

Post a Comment