०४६ चैत २७ गते तत्कालिन राजाले गरेको प्रजातन्त्रको बहालीको घोषणालाई जन-आन्दोलन प्रति बाममोर्चा र कांग्रेस द्वारा गरिएको धोका भन्दै त्यसका बिरुद्ध महान-जनआन्दोलन जारी छ भनेर निरन्तर संघर्षको घोषणा गर्ने त्यसबेलाका संयुक्त राष्ट्रिय जनआन्दोलन समितिका मोहन बैद्य, बाबुराम, पुष्पकमल लगायतको समुह यतिबेला पुर्व लडाकु व्यवस्थापन लगायतको सवालमा बिभाजित छ. यहि सोलोडोलो समुह हो जसले ०६३ बैशाख ११ गते राजा ज्ञानेन्द्रले गरेको संसद पुनर्स्थापनाको घोषणालाई पनि अबैध र अस्वीकार्य भन्दै जनआन्दोलनको निरन्तरताको घोषणा गरेको थियो. ०४६ चैत २७ पछि जस्तै ०६३ बैशाख ११ पछि एकाध बाहेकले साथ नदिने देखेपछि उनीहरुले लोकतन्त्रका ति विकाश क्रमलाई स्वीकार गर्नु परेको थियो. लडाइले थालेपछि लडाइले नै टुंग्याउनु पर्छ भन्ने धंग धंगी ले नछाडे पछि त्यस्तो हुन्छ. उनीहरुले के बुझेनन भने युद्धबीराम पनि वार्ता कै टेबुलमा हुन्छ र सम्झौता कागजमा कलमले लेखेर गरिन्छ. बन्दुक संग मसि हुन्न. बन्दुकले रगत बगाउँछ, मसी सजाउँदैन.
०४७ को संबिधानका निर्माता निर्मल लामालाई त्यहि संबिधानको बिरुद्ध रत्न पार्क अगाडी झोली थापेर बस्न अह्राउने समूह पनि अहिले एमाओवादी मै छ. निर्मल लामालाई हामीले सोधेका थियौं – शान्तिपूर्ण बाहेक अरु कुन उपायले जनवाद ल्याउने सोच्नु भएको छ त? भनेर. यतिबेला म ०४६ पछि त्यसबेलाका अनन्तकालिन क्रान्तिका यिनै अनुहारलाई नियाली रहेको छु. र, डा राजेश गौतमलाई पनि सम्झी रहेको छु जो संगै गएर निर्मल लामा संग उहाँको हाल खबर सोधपुछ गरिएको थियो.
सुबोधराज प्याकुरेल,
बिराटनगर. हाल- ललितपुर.
No comments:
Post a Comment