सन् २००२ तिर हुनुपर्छ, म स्वीडेनको निम्तोमा स्टकहोम गएको थिएँ. त्यहाँ एकजना
प्रोफेसर मेरो नजिक आए र उनले नेपाली टोपी को सुन्दरता को बखान गरे. मेरो
व्यक्तित्व मैले त्यतिबेला पहिरेको टोपीले बढाएको कुरा गरे. मलाई खुसि लाग्यो.
उनले भने ‘ हे भगवान तिम्रो देश सुन होइन सेतो सुन जुन सुन भन्दा दोब्बर महँगो
हुन्छ, फलाउन सक्ने देश हो’. मैले अचम्भ मानेर उनीतिर हेरेको देखेर उनले भने की
उनले नेपालको मध्य, पश्चिम पहाड र पुर्वी तराइको भ्रमण करिब १० बर्ष अघि गरेका थिए
. उनि बनस्पति र वातावरण दुवै बिषयका प्रोफेसर रहेछन. उनले नेपालमा ल्याटिन
अमेरिका, अफ्रीका र तिब्बतमा पाइने सबै जसो अति महँगा जडीबूटीको खेति हुन सक्ने र
जनताले गाउँ गाउँमै सामुदायिक बन मार्फत त्यसको पूर्वाधार सृजना गरि सकेको कुरा
बताए. उनले अफ्नो सम्पर्क पनि दिएका थिए. तर त्यो बेलामा मलाइ यस बिषयमा खासै ज्ञान
र चासो थिएन. हिजो ‘मेड इन नेपाल’ नामको मेलामा गएका बेलामा मलाइ झल्याँस्स सम्झना
आयो. त्यहाँ सांग्रीला हर्बल प्रडक्ट ले चीनको
एउटा अनकन्टार ठाउँका बासिन्दाहरुले पिउने गरेको ज्ञानोस्टेमा पेन्टाफ्लाम
नामक बनस्पतिको नेपालमै उत्पादन गरेर त्यसको चिया उत्पादन थालेको कुरा सगर्व
उल्लेख गरेको छ. मलाइ ति प्रोफेसरले पेन्टाफ्लाम सेवन गर्ने हरु १०० बर्ष भन्दा
बढी बाच्ने गरेको र तिब्बतको एक क्षेत्रमा त्यस्ता मान्छे प्रशस्त रहेको कुरा
बताएका थिए. अहिले शरीर लाइ छरितो र निरोगी बनाउन भनेर यस्तो चियाको उत्पादन
नेपालमा थालिएको दावी गरिएको छ.
आधारभूत तहको अभियान (ग्रस रूट मुभमेन्ट) नामको अमेरिकामा बस्ने तन्नेरी हरुको
संस्थाले पिछडिएका गाउँ हरुमा ५० भन्दा बढी कक्षा कोठा बनाइ सकेका रहेछन. बाँसका
फड्के देखि पुस्तकालय, धारा बनाउने र शिक्षक तालिम आदिको काम गर्दा रहेछन. मनहटन
बैंकले एउटा परियोजना खोलेको रहेछ. त्यस अनुसार धेरै मान्छेको समर्थन भएको
संस्थाले आधारभूत जनताको सेवा गर्ने परियोजनाका लागि आर्थिक सहयोग पाउने भएको
रहेछ. उनीहरु आफ्नो संस्थाको पक्षमा फेसबुक मार्फत समर्थन प्रकट गर्न दर्शकहरु माझ
आग्रह गरि रहेका थिए. उनीहरुले केहि कम्प्युटर राखेका थिए र दर्शक हरुलाई सघाउँदै
थिए.
नेपालका राष्ट्रिय दैनिक हरुको एक दिनको समाचारलाई मात्र आधार बनाउँदा बिकासका
मामिलामा मुलुकको तस्बीर कस्तो देखिएला त? मैले परिक्षण गरेको सिमित अखबार को भदौ-
२४ गतेको छनौट पूर्ण अध्ययनको परिणाम यस्तो छ. पर्बतका किसानले कफिको मूल्य प्रति
किलो एक सय रुपिया बढी पाउने भए. किनकि कोरियाली कम्पनी उनीहरुको गाउँमा कफी किन्न
आइपुग्यो (नागरिक). रामेछाप जिल्लाको मझुवा गाउँ का किसानले (बोधीचित्त)
बुद्धमालाको एउटा रुखमा फलेको दाना बाट एक बर्षमा १२ लाख कमाए. चार बर्ष अघि उनले १२ सयमा बेचेका थिए. यस बर्ष काठमान्डू लगेर
बेच्दा १२ लाख पाए (कान्तिपुर). दानी नेपाली हरुको चर्चा प्रेरणादायी छ. कास्की,
तांगतिंग की ३५ बर्षीया बन्दना गुरुंगले अफगानिस्तानमा मारिएका आफ्ना पति थमन का
नाममा प्राप्त राहत रकम ९० लाख रुपिया स्वर्गीय पति र उनका बिदेशी सहयोगी म्याट का
नाम बाट छात्रवृत्ति कोषको स्थापना गरिदिएकी छन् (नागरिक).
राजनीतिक समाचारको तस्बीर भने दिक्क लाग्ने खालको छ. प्रधानमन्त्री बाबुराम
भट्टराईको खास मान्छे हुँ भन्दै एमाओवादीका जिल्ला सदस्य जीवन पौडेल र उनका सहयोगी
हरुले ४० लाख नदिए ज्यान लिने धम्कि दिए पछि सिर्से- ओखलढुंगा सडक र पुल निर्माण
को काम लिएका ठेकेदारहरु भागेर काठमान्डू आइपुगेका छन्. लिखु जल बिद्युत अन्तर्गत
निर्माणाधीन उक्त काम अलपत्र परेको छ (नेपाल समाचारपत्र). सुर्खेत दशरथपुरका पूर्व
लडाकू हरुले सटिक व्यहोरा सहित एमाओवादी संग १७ करोडको हिसाब मागेका छन् (उही). गोरखाको
आँप पिपलमा प्रचण्डले भनेको भनेर छापिएको समाचार गाइजात्रा संग मिल्दो जुल्दो छ.
उनले पार्टी ओच्छ्यान परेकोले अब शल्य कृया गर्ने देखि टाठा बाठा नेताले घर घडेरी
जोडेको तर गरिबले केहि नपाएकोले छटपटी बढेको लगायत सबै दोहोरो, तेहोरो पुर्व वचन
दोहय्राएका छन्. बाबुराम भट्टराईले आम जनता, द्वन्द पीडित र अधिकारकर्मीले
सार्वजनिक रुपमा र उनैलाई समेत गरेको अपील बिल्कुलै थाहा नपाए जस्तो गरि सत्य
निरुपण तथा बेपता आयोग को सम्बन्धमा राष्ट्रपति लाइ सोध्न भनेका छन् (नागरिक).
नेपालगंज बाट प्रेषित समाचारमा द्वन्द पीडित लाइ राहतमा बिभेद गरिएको समाचार
यथेष्ठ प्रमाण सहित उल्लेख छ (नागरिक).
ट्रेड युनियन र व्यवशायीक समाचार पनि कमको छैन. ललितपुर कुपन्डोलको ग्रीनवीच
भिलेजका मजदूरले २० बर्ष काम गरेका लाइ १ किलो १०० ग्राम र १५ बर्ष काम गरेका
लाई ५ सय ५० ग्राम सुनको तक्मा दिनु पर्ने
माग राख्दै होटेल बन्द गराए (नागरिक). सरकारले तोकेको मुल्यमा २५ पैसा प्रति लिटर
थपेर पेट्रोलियम पदार्थ बेच्नु भन्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले निर्णय
परिपत्र गय्रो (नागरिक).
भदौ २२ गतेको दिशा निर्देश मा गगन थापाले राष्ट्रको जरा, बिकट गाउँ हरुमा गएर
जनताको सेवा गरि रहेका कर्मयोगी, तपस्वी हरुको बारेमा चर्चा गर्नु भएको थियो.
एउटा यस्तै कार्यक्रममा प्रदीप गिरीले आधारभूत ठाउँमा जनताको जीवनस्तर उकास्न लागि
परेका हरुको योगदानका कारण हामी यत्रो शंकटमा पनि जीवित रहन सकेका छौँ भन्नु भएको
थियो. तर त्यस्ता सेवा अनुरागी हरुका लागि हामी के गरि रहेका छौँ? हाम्रो सञ्चार
जगतले उनीहरुको समाचार मुख्य पृष्ठमा छापेको वा मुख्य समाचारमा बोलेको पढ्नु,
देख्नु, सुन्नु भएको छ? माथि उल्लेखित सबै राजनीतिक समाचार ले मुख्य पृष्ठ वा
बिजोर पाना मा ठाउँ पाएका छन्. तर उन्नति, मिहेनत र बिना भेदभाव समर्पित सेवा
कार्यका समाचार जोर पाना का दोस्रो महत्वको ठाउँमा प्रेषित छन्. श्रीमती बन्दना
गुरुंगको छात्रवृति को समाचार बाहेक उल्लेखित सबै दोस्रो दर्जाका समाचार बनाइएका
हुन.
यदि किसानले पहिले बाली भित्र्याउन पाइयो भने मात्र खनजोत, रोपाइँ, बाली को
स्याहार गरौंला भन्यो भने के होला? वास्तविक किसान लाइ थाहा छ, पहिले खनजोत,
रोपाइँ, स्याहार गरेपछी मात्र बाली भित्र्याउन पाइन्छ. अधिकारको आन्दोलन यति
विद्रुप बनाइएको छ की राज्यले घर नभएकालाई घर, आराम गर्ने लाइ रुपिया र मस्ती
चाहने लाइ मस्ती दिनु पर्ने अर्थमा अधिकारको अपव्याख्या भएको छ. संबिधानसभा ले
मैलिक कर्तब्यको खाका पारित गरेको थियो. त्यसलाई व्यक्तिको निजी-पारिवारिक,
सामाजिक-सार्वजनिक र व्यवशायीक गरि तिन प्रकारमा बर्गीकरण गरेर बिस्तारित नागरिक
आचार संहिता बनाउनु पर्ने छ. तर कहिं कतै यसबारेमा चर्चा गरिन्न. हामीलाई अधिकारको
भूत लागेको छ. राज्यलाइ सहज कर्ता को रुपमा बुझ्न कोहि तयार छैन. अहिले राज्य
यस्तो जिन्न को रुपमा बुझाइएको छ जसले हर कोहिले जुन सुकै माग राखोस उसको माग पुरा
गर्नु राज्यको परम कर्तब्य हो. अहिले आ-आफ्नो गुणगान बिगतको चिहान र आर्यघाट बाट
निश्रित हुन्छ. बिकाशलाई राष्ट्रिय धारा को रुपमा बुझ्न कोहि तयार छैन. जसले
बुझेका छन् तिनीहरु, यी हल्ला र आडम्बर बाट पर सबै खालका जनताको बीचमा कर्मको
समाधीमा आनन्द पुर्वक समर्पित छन्. तिनीहरु नै हुन जसले यो महा- आडम्बर र निकृष्ट
पिपाशु हरुको बबण्डरको बीचमा पनि आशाको दियालो जीवन्त राखेका छन्. उनीहरुलाई सलाम.
No comments:
Post a Comment