Thursday, October 1, 2015

तराइमधेशको जनसंख्या र प्रतिनिधित्व:

 :एक तस्विर तराईमधेशका जनताको आँखा खुलोस
  • भट्टरागुरु ई Description: गुरु
मधेश केन्द्रित दलका नेताहरुको एउटा प्रमुख माग छ तराइको जनसख्याको आधारमा प्रतिनिधि संख्या तोकियोस वा निर्वाचन क्षेत्र तोकियोस | संबिधानको धारा ८४ कअनुसार भूगोल र जनसंख्याका आधारमा पहिलो हुने निर्वाचित हुने पध्दती अनुसार १६५ सदस्य हुने भनिएको छ I|हाल कायम रहेको एक जिल्लालाई कमसेकम एक प्रतिनिधि तोक्ने हो भने पहाडका २० जिल्लाले न्युनतम १ सिट प्राप्त गर्नेछन र ति यस्ता हुनेछन:
ताप्लेजुङ्ग: १२७४६१, धनकुटा: १६३४१२, तेर्हथुम: १०१५७७, संखुवासभा: १५८७४२, सोलुखुम्बु: १०५८८६ , ओखल्ढुङ्गा: १४७९८४, रसुवा: ४३३०० , लमजुङ्ग: १६७७२४ , मनाङ्ग: ६५३८ , मुस्ताङ्ग: १३४५२ , म्याग्दी: ११३६४१ , पर्वत: १४६५९० , डोल्पा: ३६७०० , जुम्ला: १०८९२१, कालिकोट: १३६९४८, मुगु: ५५२८६, हुम्ला: ५०५५८ , बाजुरा १३४९१२ , डडेल्धुरा: १४२०९४ , दार्चुला: १३३०७४
जम्मा सिट: २० सिट
जम्मा जनसख्या: २०९४८००
बाँकी जनसंख्या (पहाड, हिमाल, तराइ) : २४३९९७०४
बाँकी जिल्ला: ५५
बाँकी सिट: १४५
जनसंख्या प्रति सिट: १६८२७४
तराइको जनसंख्या: १३३१८७०५
तराइको प्रतिनिधित्व: ८० जना
पहाडको प्रतिनिधित्व: ६५ जना
यसरि प्रत्यक्षमा तराइका जिल्लाको प्रतिनिधित्व : ८० जना
पहाडका जिल्लाको प्रतिनिधित्व: ८५ जना हुनेछ I
समानुपातिक प्रतिनिधित्वको निम्ति: आधा जनसख्या तराइको भएकोले तराइको सबै मत मधेश केन्द्रित दललाई पर्ने हो भने बढिमा ५५ जना निर्वाचित हुनु पर्नेछ |
तराइको समानुपातिक सिटलाई संविधानको धारा ८४ (२) अनुसार मधेशी, जनजाति, दलित, खस आर्य, थारु, मुस्लिमको जनसख्याको आधारमा छुट्याउदा यास्तो देखिन्छ:
खस आर्यको जनसख्या: २६५१८५७, सिट संख्या: ११
मुसलमान: ११०७४५२, सिट संख्या: ५
थारु: १६६६२६३, सिट : ७ सिट
जनजाति (पहाडि): १४५३५८८, सिट संख्या: ६ सिट
दलित (पहाडि र मधेसी ) : ४८८२२००, सिट संख्या: २० सिट
मधेशी (यादब, झा, महतो, देब, राजपुत इत्यादि) : १५५७३४५, सिट संख्या: ६
जम्मा: ५५ सिट (तराइको)
यसरि तराइको सबै १ करोड ३३ लाख मत आजका मधेश केन्द्रित दलले प्राप्त गर्ने हो भने पनि तिनको नेतृत्व दावी गर्ने जातका नेताहरु समानुपातिक पध्धतिबाट बढिमा ६ जना निर्वाचित हुनेछन |
अब भन्नुस राजेन्द्र महतो, अनिल कुमार झा, उपेन्द्र यादव सिंगो मधेशको जमिन्दार बन्न खोजेको हो कि हैन?? यिनको दलमा तराइका दलितको (मधेशी पहाडि दुवै) कति प्रतिनिधित्व छ जसको जनसख्या तराइमा झन्डै ५० लाख छ? हो समस्याको मूल गाँठो यसरि कसिएको छ I यिनको तराइको जमिन्दारी खोसिने डरले यो सब बितण्डा भैरहेको छ | तराइका थारु, मुसलमान, दलितहरुको प्रतिनिधित्व संविधानले ग्यारेन्टी गरेको कारण यिनको निंद हराम भएको छ I तराइका पिछडिएका मधेशी दलितहरुको प्रतिनिधित्व सुनिस्चित बनेकाले तिनैलाई युगौ देखि दल्ने यादब, झा, महतोहरुले यो बितण्डा मच्चाई रहेका छन् I समानुपातिक सिटमा मधेशको सबै मत पाएपनि राजेन्द्र महतो, उपेन्द्र यादब, अनिल झाहरुले पाउने सिट जम्मा ६ सिट मात्र हो | मधेशका जनताको आँखा खुलोस |
साभार गुरु भट्टराईको फेसबुकबाट 
असोज ४ ,२०७२ 


No comments:

Post a Comment