| 
 
६० वर्षअघि अन्तर्राष्ट्रिय अदालतमा उभिएको
  थियो भारत 
  
   
  
  योगेश ढकाल/नयाँ पत्रिका 
  काठमाडौं, १४
  असोज 
  आर्थिक नाकाबन्दी, आवत–जावतमा
  रोक लगाउन नपाउनेजस्ता थुपै्र नैसर्गिक अधिकार नेपालजस्ता
  भूपरिवेष्ठित देशका लागि निर्धारण गरिएको छ । अहिले भारतले
  संयुक्त राष्ट्रसंघ तथा विश्व समुदायले ग्यारेन्टी गरेका अधिकार छिनेर नेपालमाथि
  आर्थिक नाकाबन्दी लगाएको अन्तर्राष्ट्रिय कानुनका विज्ञहरूले बताएका छन् । 
  १२औँ शताब्दीभन्दा पहिलादेखि नै भूपरिवेष्ठित देशका लागि अधिकार
  निर्धारण गरिएको
  थियो । तर, अहिले भारतले ती सबै कानुन र सिद्धान्तलाई
  तिलाञ्जली दिएर अमानवीय
  रूपमा नाकाबन्दी लगाएको भूपरिवेष्ठित देशको अधिकारसम्बन्धी विषयमा विद्यावारिधि
  गरेका डा. लक्ष्मणप्रसाद उपाध्यायले बताए । ‘अनादिकालदेखि
  नै भूपरिवेष्ठित
  देशका लागि नैसर्गिक अधिकारहरू तय भएका छन्, ती सबै
  अधिकारहरू भारतले अहिलेको नाकाबन्दीमा छिनेको छ,’ उपाध्यायले
  नयाँ पत्रिकासँग भने । विश्वमञ्चमा नेपालले कूटनीतिक प्रयास र कुशलता
  देखाउन नसक्दा पनि भारतले वेलावेला नाकाबन्दी गर्ने
  गरेको पनि उनको भनाइ छ । 
  डा. उपाध्यायका अनुसार विश्वले सामान्यत: पाँचवटा सैद्धान्तिक
  आधारमा भूपरिवेष्ठित देशलाई अधिकार दिएको छ । संयुक्त राष्ट्रसंघले सन् १९८२ मा
  पारित गरेको सामुद्रिक स्वतन्त्रतासम्बन्धी महासन्धिलाई पछिल्लो महासन्धिका रूपमा
  लिइन्छ । त्योभन्दा पनि सन् १९६७ मा मानवजातिको साझा सम्पदासम्बन्धी महासन्धि भएको थियो
  । उक्त महासन्धिले सार्वजनिक सम्पदालाई कुनै पनि देशले कब्जा गर्न नपाउने व्यवस्था
  गरिएको थियो । र, समुद्रको उपयोगमा पारवहन अधिकार नैसर्गिक
  अधिकारका रूपमा संयुक्त
  राष्ट्रसंघले पारित गरेको थियो । 
  यता, १६औँ शताब्दीमा स्विट्जरल्यान्ड, पोर्चुगललगायतका
  देशले भूपरिवेष्ठित देशको अधिकारको सन्दर्भ उठाएका थिए र त्यही वेलामा
  परभूमि भोग–अधिकारसम्बन्धी व्यवस्था भएको थियो । डा.
  उपाध्यायका अनुसार भूपरिवेष्ठित देशले तटीय देशको बाटो निर्वाध
  रूपमा उपयोग गर्न पाउने अधिकारको व्यवस्था गरिएको थियो । हुन पनि
  त्यही सैद्धान्तिक अधिकारका आधारमा अहिले तटीय देशले
  भूपरिवेष्ठित देशलाई समुद्रसम्म आवत–जावत गर्न
  पारवहन अधिकार दिइएको छ । 
  सन् १९८२ को सामुद्रिक स्वतन्त्रतासम्बन्धी महासन्धिले त तटीय
  देशले भूपरिवेष्ठित
  देशले प्रयोग गर्ने उसको देशको बाटोसमेत निर्माण गरिदिनुपर्छ । पूर्वमहान्यायाधिवक्ता
  प्रा.डा. युवराज संग्रौलाका अनुसार तटीय देशले भूपरिवेष्ठित देशले
  प्रयोग गर्न बाटो निर्धारण गरिदिनुका साथै बाटो निर्माणसमेत गरिदिनुपर्छ, त्यसबापत
  कुनै पनि कर लगाउन पाइँदैन । 
  त्यसैगरी, १२औँ शताब्दीदेखि नै जलयात्रा अर्थात्
  पानीजहाज निर्वाध रूपमा आवत–जावत गर्न पाउने अधिकार
  भूपरिवेष्ठित देशलाई उपलब्ध गराइएको थियो । डा. उपाध्यायका अनुसार
  तेस्रो देशबाट भूपरिवेष्ठित देशले खाद्यलगायतका सामग्री र यात्रु
  बोकेर आएका पानीजहाजलाई निर्वाध रूपमा आवत–जावत गर्न पाउने
  अधिकार तय भएको हो । ‘तेस्रो देशबाट ल्याएको वा आएका सेना र
  हातहतियारसहितको पानीजहाजलाई
  चेकजाँच गर्ने अधिकार तटीय देशलाई भए पनि बन्दरगाह उपयोगको अधिकार भूपरिवेष्ठित
  देशसँग रहेको छ,’ डा. उपाध्यायले भने । 
  १) प्राकृतिक न्यायको सिद्धान्त 
  प्राकृतिक न्यायको सिद्धान्त अनादिकालबाटै सुरु भएको सैद्धान्तिक
  अधिकारअन्तर्गत पर्दछ । अन्तर्राष्ट्रिय कानुनका विज्ञ डा. लक्ष्मणप्रसाद
  उपाध्यायका अनुसार हावापानीलगातका प्राकृतिक सम्पत्ति उपभोगमा अर्को देशले
  बिघ्न बाधा नगराउने सिद्धान्त हो । प्रकृतिले दिएका सम्पत्तिहरू एक देशले अर्को
  देशलाई उपभोगमा समस्या सिर्जना नगर्ने आधारमा यो अधिकारको सिद्धान्त निर्धारण भएको हो । 
  २) जलयात्राको अधिकार 
  यो अधिकार भूपरिवेष्ठित तथा अन्य देशले समुद्रको उपभोग गर्न तय
  भएको हो । १२औँ शताब्दीबाट सुरु भएको यो अधिकारअन्तर्गत सामान र यात्रु बोकेको
  पानीजहाज निर्वाध आवत–जावत गर्न पाउने अधिकारअन्तर्गत पर्छ । यसमा
  सेना र हातहतियार
  बोकेका पानीजहाजमा भने तटीय देशले चेकजाँच गर्न सकिने व्यवस्था थियो । 
  ३) परभूमि उपभोगको अधिकार 
  भूपरिवेष्ठित देशले व्यापार र पारवहनका लागि अर्को देशको भूमि
  उपभोग गर्न पाउने अधिकार हो । यो १६औँ शताब्दीबाट सुरु भएको हो । खासगरी पोल्यान्ड, हंगेरी, स्विट्जरल्यान्डलगायतका
  युरोपेली देशले अधिकार मागेपछि यो अधिकारको व्यवस्था भएको हो । 
  ४) मानवजातिको साझा सम्पदा उपभोग अधिकार 
  यो अधिकार कुनै देशसँग सीमा जोडिएको वा त्यो देशको बाटो
  भएर समुद्र जान पाउने भूपरिवेष्ठित देशको अधिकारसँग जोडिएको छ । सन् १९६७ मा
  माल्टा नाम गरेको देशले समुद्रको भागलाई सार्वजनिक बनाउनुपर्ने प्रस्ताव
  गर्यो । त्यही प्रस्तावलाई संयुक्त राष्ट्रसंघले पारित गर्यो
  र सन् १९७० मा त्यसका नियमहरू पारित भए । यही सैद्धान्तिक अधिकारका आधारमा
  चन्द्रमालगायतका उपग्रह, मंगल, सूर्यलगायतका
  ग्रह, अन्टार्टिका महादेश, समुद्रलगायतलाई
  कुनै पनि देशले कब्जा गर्न नपाउने व्यवस्था गरिएको अन्तर्राष्ट्रिय कानुनका
  विज्ञ डा. लक्ष्मणप्रसाद उपाध्यायले बताए । 
  ५) सामुद्रिक स्वतन्त्रता महासन्धि 
  यो सैद्धान्तिक अधिकारका आधारमा समुद्रमार्फत हुने पारवहन
  अधिकार भूपरिवेष्ठित देशले पाएका हुन् । संयुक्त राष्ट्रसंघमा सन् १९५८ मा केही
  अधिकारबारे पहिलोपटक निर्णय भयो । त्यसलाई परिस्कृत गर्ने भन्दै सन् १९६० मा छलफल भयो
  । तर, त्यतिवेला टुंगो नलागेपछि सन् १९८२ मा यो
  अधिकारबारे राष्ट्रसंघको सभाले पारित गर्यो । 
  
 | 
 
No comments:
Post a Comment