Friday, October 16, 2015

भारतले आफूलाई फसाएकोमा मधेसी नेताको चित्त दुख्यो : (रातो-पाटी , अनलाइन)

भारतले आफूलाई फसाएकोमा मधेसी नेताको चित्त दुख्यो :
(रातो-पाटी , अनलाइन)

= = = = = = = = = = = = = = = = = = = = = = = = = = = =
चित्त नदुखाउनुहोस , मौकामा यसको लाभ मिल्नेछ| दुतावास वा सरकारले चित्त बुझ्दो उपचार गरिदिनेछ| भारत बेगर केहि गर्न नसक्नेको जमात बनाइसक्नु भयो तपाइहरुले आफुलाई| सजिलो, सम्मानित तरिका तपाइहरुलाई मान्य छैन | मधेस लोकतन्त्रको र संघियताको मातृभूमि हो| यो स्थापित सत्यलाई लत्याएर माओवादीको अस्थिर लोकप्रियता प्रति ललचाएर तपाईहरु तिन नेता र तिन पढेका उपबुज्रुकको पछि लाग्नु भयो | के जरुरि थियो? के मधेसी जनतामा ज्ञान र विवेकको कमि छ र? तपाईहरुको उग्रताको उपयोग सीमा पारिका भाजपाले बिहार चुनावमा मनग्गे गय्रो | अहिले दुइ नम्बरीहरुले मज्जाले उपयोग गरिरहेका छन| भारत-नेपाल बीच पेट्रोलियमको पाइपलाइन ओछ्याई सकेको थियो भने कसरि नाकाबन्दी गर्नुहुन्थ्यो ? राजनीतिमा यस्तो अस्थाई उपाय रचिन्छ र? जनताको अर्थात देशभरिका जनताको मन जित्नुपर्नेहरु ढाठको मन जित्न लाग्नु भयो| न दुखि श्रमिकको हुनुभयो, न पिडित दलितको हुनुभयो, न अल्पसंख्यक मुसलमानको हुनुभयो| पहाडीलाई त तपाइहरुले पल्लो कित्ता धकेली हाल्नु भयो | दुइ हातले चार दुश्मन संग कुस्ती खेल्न खोज्दाको हविगत हो यो | सत्य जे सुकै होस, जनताले भन्ने छन्, - दुतावासबाट कति लिनुभयो? मारिएका आन्दोलनकारीलाई तत्काल चाहियो ५० लाख|
कृपया जनतालाई अझै दुख नदिनोस| तपाईलाई मंत्री बनाउन जनताले दुर्गा पूजा, दीपावली, छठ बिर्सनु पर्ने? खुरुक्क आफुले चलेको कदमको अनुकुल पाटोको सदुपयोग गर्नुस | संसदमा भाग लिनुभएको छ, अति राम्रो| लोकतन्त्र प्रतिको तपाईहरुको आस्थामा अब कसैले प्रश्न गर्न पाउंदैन | त्यहाँ तर्क गर्नुस | तपाईहरुको तमाम तर्क प्रत्यक्ष प्रशारण गर्ने शर्तबंदी गरेर मात्र बहस थाल्नुस | हेर्नुहोला सारा देश तपाईहरुका जायज मागका पक्षमा जुरुक्क उठ्नेछ | नश्लीय चिन्तन बाट मुक्त हुनुस |देशको हीतमा आफ्नो एजेन्डा भन्नुस |मधेस कि मधेस अति भयो | के मधेस, के पहाड, सबैतिरका नेपालीको आत्म सम्मानको कुरा हो | मधेस त उदाहरण मात्र हो | 
फेरी कतिपयलाई यत्ति कुराले रिस उठिहाल्छ | तपाइहरुले मान्छेलाई यति असहिष्णु बनाइसक्नु भएको छ कि कुरा के हो भनेर कोहि सुन्नै तयार छैन | कसले भन्यो भनेर मात्र हेर्छ/ सुन्छ| यसैलाई भनिन्छ नश्लवाद | मधेसमा नश्लवादको भविष्य छैन | बिस्तारै संसारले र तपाइहरुले पछ्याउनु भएको बिलायती विद्वानले पनि त्यहि प्रतिवेदन लेखेर पश्चिमा मुलुकमा पठाउन थाल्ने छ | फरक पर्दैन | उसको प्रतिवेदनले भन्ने छ, - " भारतीय संस्थापनले जनताको एक्यवद्ध आत्मियता र मधेसीको राष्ट्रप्रेम लाई बुझ्न सकेन | केहि मधेसी नेतालाई चुनाव हारेपछि माओवादीले उग्र व्यवहार मार्फत जनतालाई आकर्षित गरेको व्यवहारले प्रेरणा दिएको थियो | त्यस्ता मधेसी नेताहरु माओवादीको बर्गीय विभाजनको रणनीतिलाई नश्लीय विभाजनको रणनीति बनाएर आक्रोश भजाउन लागि परे | फलत: मधेसीको बारेमा नश्लीय पक्षधर र भारतको बारेमा मधेसीको मसिहा भन्ने आरोप बलियो संग जरा गाडेकोछ नेपालमा | यो चिन्तन मधेसी, पहाडी सबै समुदायमा ब्याप्त छ | " 
अन्तिम सत्य, पश्चिमाले चाहेको यहि हो | भन्नुस, कसलाई कसले खेलायो? हामी आपसमा अविश्वास बढायो, भारतलाई खास एक समुदायको पनि परम्परागत शासक बर्गको मात्र मित्रका रुपमा स्थापित गय्रो | हामी सबै नेपाली हाय्रौं महानुभाव| भारत पनि नराम्ररी हाय्रो| मधेसी नेता दोहोरो हारे | यो फसानमा भारतलाई जाकिदिएको आक्रोश तपाइहरुले कतिन्जेल र कसरि खाप्नुपर्ला अन्दाज गर्नुस| धरातलका जनताको आक्रोश त हामी मिलिजुली खपौंला, एकै देशका बराबरी नागरिक जो परियो |

No comments:

Post a Comment