Thursday, October 1, 2015

गज्जब सुनियो

(क): : पात्र ; भारतेली राजदुत रणजित राय; संन्दर्भ; भारतेली नाकाबन्दी ।
" भारतले नाकाबन्दी गरेको छैन। यताका मानिस भारत भित्र गएर उताबाट अाउने साधनमा तोडफोड गरिरहेका छन। सामान ढुवानीमा भारतले होइन मधेसी अान्दोलनकारीले बाधा गरेका हुन।"
१: सिमाना पारिबाट अाउने ढुवानी साधनलाई अहिले भारतेली सिमा सुरक्षा बल एसएसबी ले बाधा गरिरहेको कुरा घाम जत्तिकै छर्लङ्ग छ। हाम्रा मधेसी नेता एसएसबी भएछन?
२: निर्लज्जताको पराकाष्ठा हेर्नुस, उनको धर्तीमा पसेर उनको जवाफदेहितामा रहेको सम्पत्ति तोडफोड हुँदा नागरिकता अनुसार तोडफोड गर्न पाइने भएछ भारतमा? उल्टो त्यसरी तोडफोड गर्नेलाई भोजन, अाराम सहितको अातिथ्य मिल्दो रहेछ? हामी भारतसँग सिमा गाँसिएका अरु छिमेकीलाई पनि यस्तै कर्म गर्न अाग्रह गरौँ?
३: यस्तै सम्मान र सुरक्षा भुटानबाट जबर्जस्ती खेदिएका ( अाफ्नै मनले गएका होइनन् ) नेपाली भाषी भुटानी नागरिकलाई भारतमा किन प्राप्त भएन महोदय? तपाईंले अाफ्नो नैसर्गिक हक माग्न नेपाल- भारत सिमानामा बसेका भुटानी नागरिकलाई गोली ठोकेर मार्नु भयो ।सम्झना छ कि छैन?
१:१: मधेसी नेताले मागेको कुरा पुरागर्ने तरिकामा भारतसंग तालमेल मिलाउनु पर्छ।नत्र फेरि भारतको बुई चढछन, केही " मधेसी बुद्धिजीवी " भ्रमको खेतीमा लाग्छन र परिस्थिति भडकाउँछन। उनको रणनीति प्रष्ट छ, सम्बिधान पढन नदिने ,बुझ्न नदिने।सल्काउने,ठोक्ने, पिट्ने,सिद्धयाइदिने।
१:२: उनीहरुले समग्र राष्ट्रिय चिन्तन राखेका छैनन। समग्रताको योजना छँदैछैन। नजानेर हो? खुलाखुलस्त बात छ, होइन ।उदाहरणका लागि लट्ठी बोकेर मागिएको झापा,मोरङ ,सुनसरी लाई क्षेत्र नं २ मा राख्नुपर्छ भन्नेले खुकुरी बोकेर खबरदार हामीलाई लिम्बुवानबाट झिक्न पाइन्न भन्नेको चित्त कसरी बुझाउलान? त्यस्ता कुनै कुरासंग यिनले जानाजान मतलब राख्दैनन।
१:३: उनीहरुलाई राष्ट्र ध्वस्त पार्नुछ। साम्प्रदायिक दङ्गा- फसाद गराउनुछ र भारतेली सैनिक उपस्थिति सहित नेपाललाई भारतको संरक्षित क्षेत्र बनाउनुछ। थाहा भएको कुरा हो, अन्तर्राष्ट्रिय कानुन र प्रचलित जिम्मेवारी अन्तरगत कुनैपनि राष्ट्रमा असह्य ,अनियन्त्रित शंकट पय्रो भने राहत,उद्धार र नियन्त्रणको पहिलो जिम्मेवारी नजिकैको छिमेकी राष्ट्रमा, त्यसपछि पहिलेको अौपनिवेसिक शासक देशमा अनि अन्तर्राष्ट्रियमा सर्छ।
३: सरकार चलाउनेहरु ज्युँदा छन कि मरिसकेर पनि मुटु, अाँखा र थुतुनो मात्र मर्न बाँकी रहेका प्राणी हुन, बुझ्नै सकिएन। न नागरिक सम्वाद छ। न भुकम्पले ध्वस्त नाकाको पुनर्निर्माण छ। हुँदाहुँदा अध्यादेशको म्याद गुज्रिएको समेत थाहा नपाउने कृशकायको नेतृत्वमा चलेको देश छ।मन्त्रीपरिषद भित्र धेरै देशका बुख्याँचा छन। भनिन्छ भारतेली शासक भक्त हनुमानहरुको बिगबिगी छ। होला नहोला हामीलाई हाम्रो स्वाभिमान र स्वतन्त्रताको ग्यारेन्टी चाहिन्छ। सक्नेले राज गर्नुस। नसक्नेले कुर्सी छोडनुस। अब धेरै समय लाग्दैन ।कुनै झ्वाँकीले अपिल गर्नेछ र राष्ट्रवादी - अन्धराष्ट्रवादी सबैले सकेको ,भएको अौजार सहित राष्ट्रिय युद्धमा अाफूलाई समर्पित गर्नेछन।
४: भारत बकुला- ध्यान लगाएर बसेका छ, कतिबेला गोटीहरु सबै मेरो पासामा पोजिसन मिलाएर खडा हुन अाउनेछन भनेर।
४:१: यो लफडा भारतसंगको हो। अात्मनिर्भर १६ बुँदे बिरुद्ध हो। शासकहरुको नागरिकसंग टुटेको सम्वाद र सम्पर्कको प्रतिफल हो। युएन लगायत विदेशी दाताको धनमा खसवाद, बाहुनवाद, पितृशत्ता जस्ता नारा लगाएर निरन्तर अाक्रोश मात्र बढाउने सुविचारित योजना अन्तरगत खर्चिएको, अवधि ले ९ वर्ष र रकमले ९ अरब भन्दा बढी लगानीको विषबृक्षको प्रतिफल हो। अहिलेपनि नालायक शासकहरु सबै एनजीओ लाई थोकमा गाली गर्छन। क-कसले के के गरे र गरिरहेका छन भन्नेकुरा हेर्दैनन।समाजकल्याण परिषद र मन्त्रालय अनि अर्थमन्त्रालय, मुद्रा निर्मलिकरण र अन्य निकायलाई भएभरको यथार्थ थाहा छ। पार्टी नेताका प्यादा ठानिएर त्यहाँ गएका दासहरु अहिले खटाउने नेता होइन अह्राउने मालिकको दास भै सकेका छन। स्वाँठ नेतालाई थाहै छैन।
५: कुरा खुलस्त छ। भारतलाई भन्नुस कि हामी भारतेली सम्बिधानलाई साक्षी राखेर हाम्रो सम्बिधानलाई संशोधन गर्ने छौँ। तिम्रो भन्दा नराम्रो बनाउन नपाउने पुर्वशर्त भयो ।प्रतिनिधि पठाउ।
५:१: भारतेली सम्बिधानको सम्बन्धित दफा पल्टाएर तदनुकूल संशोधन गर्न थाल्नुस।
५:२: हरेक विषय खुला खुलस्त, टेलिभिजन, रेडियो मार्फत प्रत्यक्ष प्रसारण गर्ने र जनताले ठूला पर्दामा हेर्न पाउने प्रवन्ध गर्नुस।
५:३: तपाईंहरू लाई लाग्ला यस्तो शर्तमा महतो, ठाकुर, यादव वार्तागर्न अाउदैनन। नअाए के भो? दिपेन्द्र झा ले लेखेको, मधेसवाणीले छापेको, भारतले पेशेको प्रस्ताव छँदैछ। त्यसमा मच्ची मच्चीकन उपेन्द्र यादवले रट्ने रटाउने गरेको २२ बुँदे र ८ बुँदेको दफावार जवाफ दिनुस जनतालाई ।
६: वार्ता कुनै हालतमा नगर्ने भएकाले सरकारले वार्ता गरेन भन्ने हल्ला पिटाएका छन।प्रधानमन्त्री स्वयं अरु नेता लिएर घरघरमा जाँदापनि वार्ता गरेन, गर्न चाहेन भन्छन। यदि कुनै अाफन्तले बोलायो भने भोजनको परिकार के के हुनेछ, फेहरिस्त पठा, अनि मनपरेको मेनु रहेछ भने मात्रै अाउँछु भनिन्छ र? अान्दोलनको सुरुवात नै अाक्रमण गर, मार कि मर, मर्नेलाई ५० लाख रुपियाँ बाट सुरु भएको छ। मधेसी बुद्धिजीवी भन्छन पञ्चायत बिरुद्धको, राजा बिरुद्धको अान्दोलनमा भारतको साथ सहयोग हुने अहिले किन नहुने ?
६:१: खास्साको कुरा यहाँ छ। 
त्यतिबेलाको अान्दोलन ब्यवस्था बिरुद्धको अान्दोलन थियो। कि यिनले भन्नुपय्रो हाम्रो अान्दोलन लोकतन्त्र ,संघियता र गणतन्त्र बिरुद्धको अान्दोलन हो भनेर।अहिलेको संबिधानको मान्यता बिरुद्धको यो अान्दोलन होइन ।यो त सिमांकन प्रमुख र अन्य प्राविधिक ,शाब्दिक प्रष्टताका लागि गरिएको अान्दोलन हो। जुनकुरा सम्बिधानसभा मै जोडदार ढंगले उठाउन सकिन्थ्यो ।मधेस र थारुका कुरामा नेपालका अाम नागरिक समाज गाँसिएर अाउला र मै मात्र हुँ यो अान्दोलनको मेठ भनेर दावी गर्न नपाइएला भन्ने चिन्ताले सिमित " मधेसी बुद्धिजीवी " , केही विदेशी , स्वार्थ लम्पट बिकाउ नेता- कर्मचारी र बाह्य चक्रब्युह ले रचेको यो विभिषिका हो। मुफतमा हाम्रा नागरिक मारिए । कुम्भकर्णहरु कहिले ब्युँझेलान, नित्यकर्म सक्लान र सुस्त शरीरले चल्मलाउलान र बुझ्लान।त्यतिन्जेल नेपाल अर्कैको संरक्षित क्षेत्र भैसकेको हुनेछ।
६:२: यति कुरा प्रष्ट छ, जुनदिन सबै नेपालीले सत्य थाहा पाउनेछन, त्यसदिन धेरैले नेपाल चौहद्दीमा वास पाउने छैनन।

No comments:

Post a Comment