प्रिय रोशन जी,
नेपाली जनताको मनको बह पोख्नु भएको रहेछ.सत्य त यहि हो. नेता हरुले कुर्सी मोहमा परेर आ-आफ्नो पार्टीको दर्शन - सिद्धान्त बिर्सिए, तिनकै पिछलग्गु हरुलाई झट्टै सत्तामा पुग्ने अति मोह जाग्यो र तात्तातो बिषय छानेर झट्टै सत्तामा पुग्न तिनले जातीय द्वेष मच्चाउने बाटो अंगाले. जनताको दैनिकीमा भेदभाव हुने गरेको कुरा सत्य हो. जनतालाई बताइयो कि तिम्रो जातको मान्छे मंत्री-सांसद भएपछी सबै समस्या छु मन्तर भएर समाधान हुनेछ.
संस्कार र संस्कृति बडो जटिल बिषय हुन. कानुन बनाएर मात्र त्यस्ता समस्या समाधान हुँदो रहेनछ. तपाइँ हामी सबै ले परिवार - समाज - समुदाय र आफु संलग्न भएको भए दल मा, नभए आफ्ना राजनीतिक प्रतिनिधी समेत लाइ सामेल गरेर संस्कार सच्याउने अभियान चलाउनु पर्दो रहेछ. त्यहि गर्न नसकेका कारण कानुन बनेको ५० बर्ष बिती सक्दा पनि जातीय विभेद अझै हटी सकेको छैन. छाउपडी, देउकी प्रथा अझै निमिट्यान्न भएको छैन. जनजातिको अधिकार को कुरा गर्नेले उनीहरुलाई मंत्री सांसद बनाउने कुरा त बेस्कन गर्छन तर तिनलाई आधुनिक जीवन शैली र आधुनिक उन्नतिको उपभोग गर्न सक्षम् बनाउनु पर्ने कुरा लाइ दिनु पर्ने जति महत्व दिएको जस्तो देखिन्न.
सबै मानिस एक हुन. ढिलो चांडो आएका भएपनि सबै नागरीक एकै हुन. हामी हाम्रा आफन्त ले युरोप अमेरिकामा पी.आर. पायो, ग्रीन कार्ड पायो, नागरिकता पायो भने खुसी हुन्छौं. तर यहाँ को परदेशी, को आदिवाशी भन्ने अविकशित युगको नारा उत्पात संग उरालिएको छ. हो नागरिकता प्रति चनाखो हुनुपर्छ तर यहाँ त तीन सय, चार सय बर्ष भन्दा पहिले आएका लाई पनि जात र भूगोल को काल्पनिक फत्तुर लगाएर हेला होचो गर्न थालिएको छ. जो हिजोको विभेद लाइ सच्याउन लागि परेका थिए आज तिनै अगुवा हरु आफु बाहेक अरुलाई हेला होचो गर्न तिर लागेका अनुभूति हुन्छ..
नेताहरुले गल्ति मात्र होइन अपराध पनि गरे. तर यो सबै एक रात मा गरिएको होइन. अहिले जातीय नारा लाइ जातीय मुक्तिको कार्यक्रम बनाउनु पर्नेमा जातीय संकीर्णता मा बदल्ने हरु सबै हिजो एउटा न एउटा दल मै आवद्ध थिए. र अहिले पनि त्यहि दल का नेताको चाकडी र गणेश घुमाइ गरे वापत मनोनित सांसद - सभासद् पनि भएका थिए. अहिले नया अवसर खुल्ने भयो भनेर हतार हतार जातीय नेता बनेका छन. भोली दलको बर्चस्व बढ्ने देखे भने फेरी त्यति फर्किने सम्भावना बढी छ.
हामी सबै को साझा जात नेपाली हो . बिश्वब्यापी मानवताको लहर चलेको बेलामा देशकै नागरिकको परिचय देश भित्र सामुदायिक, भौगोलिक हिसाबले फरक फरक होला तर देश बाहिर र राष्ट्र बिकाशका हैसियत मा हामी सबै पहिले नेपाली हौँ किनकि हाम्रो भविष्य र चेतना एक आर्का संग अविछिन्न रुपमा गाँसिएको छ. सबैको आ-आफ्नो संस्कार र संस्कृति, भाषा, चलन को हामी एक आर्काले सम्मान गरी आएका छौं. कुनै एक दुइ ले हेला गरे भनेर त्यो समुदायका सबैलाई मनपरी गाली गर्नु , आक्रमण गर्नुलाई नै फासीवाद भनिन्छ. अहिले नेपाल जातीय र क्षेत्रिय् बिखन्डन को स्थितिमा पुगेको छ. संकीर्ण राजनीतिक स्वार्थमा फसेको छ. मधेसमा एउटा मात्र प्रदेश बनाउनु पर्ने तर पहाडमा १२-१३ वटा बनाउनु पर्ने रे. तर्क र बिज्ञान हारेको नेपाल भएको छ. र, सम्पूर्ण कुराको समाधान भनेको जात बिशेषको मान्छेको सरकार र सांसद भएपछी पुरा हुन्छ भने जस्तो गरिएको छ. त्यस्तो हुने भए विघटित संबिधान सभा त जातीय अनुपात को समावेशी छंदै थियो. एक बेलामा मंत्री परिषद मा झन्डै ७० प्रतिशत मधेसी हरु थिए. पंचायतकाल को कुनै बेलामा १४ मध्ये ९ जना गुरुङ अन्चलाधीश थिए. तर उनीहरु पंचायतका हनुमान थिए. जो भएपनि चीन्तन र स्वार्थ को पहिचान मुख्य हुँदो रहेछ. हामी जो भएपनि अर्काको सम्मान र समानता लाइ स्वीकार नगरी हामी आधुनिक र बिकशित हुन सक्दैनौं भन्ने कुरामा सामुहिक बहस चलाउने बेला हो यो.
हामी सबैले हिजोको गल्ति को विश्लेषण गर्नु पर्ने र विनम्रता पुर्वक हाम्रा आफन्त हरु संग चर्चा गरेर सत्य लाइ सामुहिक रुपमा स्वीकार गर्ने संस्कार बसाल्नु पर्ने बेला मा तपाइको लेख पढें र मलाइ तपाइको विश्लेषण ले यो निस्कर्ष तर्फ डोय्रायो.
तपाईलाई धन्यवाद.
No comments:
Post a Comment