ठिकै छ. (०१): ' आयन्दा हामीलाई सबै खाले सरकारी सेवा र राजनीतिक पदमा जान बाट पूर्ण बन्देज लगाउने व्यवस्था सहितको संबिधान जारी गरियोस. तर, हामीले स्वतन्त्रता पुर्वक आफ्नो पेशा, व्यवशाय र सरकारी बाहेकको क्षेत्रमा काम गर्न बाट कुनै बन्देज र बाधा, बिघ्न नहुने कुराको ग्यारेन्टी पनि संबिधान मै गरियोस. र, भविष्यमा हाम्रो ल्याकत ले आर्जेको सुख र सम्पत्तिमा आहारिस गर्दै लौ यी बाहुन क्षेत्रीले शोषण गरे, लुटे,बढी कमाइ हुने निजि क्षेत्रको जागीरमा र लाभप्रद पेशा, व्यवशायमा कब्जा गरे भन्दै अर्को हडकम्प न मच्चाउने वाचा पनि गरियोस ' भनेर ब्राह्मण क्षेत्री ले माग गरुन .
यत्ति कुराको व्यवस्था गरिदिन सक्नेले (०२): नेपाललाई कानुनी समानता नभएको, राजनीतिक अधिकारका मामिलामा जातीय विभेद भएको राज्य नेपाल हो भनेर पनि उल्लेख गर्नु पर्ने हुन्छ. र, उनीहरुले के पनि स्वीकार्नु पर्ने हुन्छ भने (०३): कानुनले समान भने पनि व्यक्ति व्यक्ति को व्यवहार का आधारमा फरक फरक माग राख्ने र अलग अलग राज्य को माग राख्ने अधिकार सबै नेपालीलाइ हुनेछ. (०४):कानुनको सिद्धान्तको पनि नया परिभाषा गर्नु पर्ने हुन्छ. किनकि कानुनको सिद्धान्त अनुसार पीडितले रितपूर्वक माग, दावी र उजुरी गर्नु पर्छ, प्रमाण पुय्राउनु पर्छ. अब नेपालमा संबैधानिक व्यवस्था नै कस्तो गर्नु पर्छ भने एक करोड बर्ष वा त्यो भन्दा पहिले (रामा प्रिथेकस, आदि - मानव भन्दा पहिले देखिकै) कसको पुर्खा ले के के अत्याचार गरे भनेर एकोहोरो आरोप लगाउन पाइन्छ र आरोप लगाउनेले प्रमाण पुय्राउनु पर्ने छैन. प्रमाणको भार आरोपित माथि नै पर्ने छ. (०५): के पनि स्वीकार्नु पर्छ भने राणाकाल र पंचायत कालमा हामीले कानुनी भेदभाव गरियो भनेर जे जति बिरोध गय्रौं ति सबै वाहियात थिए र अब नेपालले कानुनको सिद्धान्तको विश्वब्यापी सिद्धान्त बाट आफुलाई अलग पार्दै सच्याएको छ . अत: जे जति अन्तर्राष्ट्रिय कानुनको हामी पक्ष राष्ट्र भएका छौं तिनमा भएका कानुनी समानताका सम्पूर्ण सिद्धान्त बाट अब आयन्दा नेपाल मुक्त भएको छ. (०६): आइ.एल.ओ. १६९ र अन्य अन्तर्राष्ट्रिय कानुनको परिभाषा सच्याई दिनु पर्छ. ति कानुनले आम्दानी र जीवन शैली का आधारमा जनजातिको परिभाषा गरेका छन. अब थर को आधारमा को जनजाती हो, को होइन भन्ने कुराको निर्क्योल गर्ने कानुन बनाउनु पर्छ. आफ्नो थर, पहिचान आफै रोज्न पाउने मानव जातिको विश्व ब्यापी आत्म निर्णयको सार्वभौम अधिकार पनि बाहुन क्षेत्री ले पाउने छैनन् भन्ने संबैधानिक व्यवस्था गर्नु पर्छ. पूर्ण प्रकाश नेपाल यात्री, भवानी भिक्षु, मोदनाथ प्रश्रित, बालकृष्ण सम, जस्ता विद्वान हरुले राखेको थर (टाइटल) हटाइ दिनु पर्छ. (०७): सरकारी पेशामामा पनि विशिष्टीकृत आरक्षण लागु गर्न सकिन्छ जस्तै कुन जात थर को ले कुन मन्त्रालय, बिभाग, डाक्टरी, इन्जिनियरिंग, पाइलट, शिक्षक्, प्राध्यापक, वकिल, न्यायाधिश आदिमा जागीर पाउने हो, त्यसको प्रावधान राखिदिए हुन्छ. (०८): बाहुन, क्षेत्री, दशनामी आदिको राजनीतिक अधिकार नभएको नेपाल राज्यले तोके बाहेकका जात थर का लाइ पाकिस्तानमा अहमदीया लाइ भने जस्तो '
बे-पहिचान' को कोटिमा राख्नु पर्छ र तिनलाई नागरिकता लगायत सबै खाले पहिचान र अधिकार बाट बिमुख गर्नु पर्छ.
(०९): मानव बिकाश प्रतिवेदनले क्षमता र सेवामा पहुँचको आधारमा नागरिकको बर्गिकरण गर्ने गरेको छ. मानव अधिकार कर्मी हरुले मानव बिकाश प्रतिवेदनका आधारमा पछाडी परेकाहरुको क्षमता बिकाशमा अग्राधिकारको वकालत गर्दै आएका थिए. बढेको क्षमताका आधारमा हिजो पछाडी परेका हरु प्रतिष्पर्धामा बिजयी बन्न सकुन, उनीहरुमा आत्म बिश्वास र आत्म सम्मान बढोस भन्ने चाहना राखिएको थियो. त्यस्तो चाहना र योजना लाइ गैर कानुनी घोषित गरिदिनु पर्छ र संयुक्त राष्ट्र संघ लाइ पनि नेपालको मानव बिकाश प्रतिवेदन लगायत अब बन्ने मानव सुरक्षा सूचकांक समेत बनाउन बाट रोक लगाई दिनु पर्छ. संयुक्त राष्ट्र संघको आगामी महासभामा नेपालका तर्फ बाट - क्षमता र अवसर भन्नु नै जात थर हो र जात थर भन्नु नै क्षमता हो- भन्ने नया परिभाषा पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नु पर्छ. त्यसको पक्षमा बिश्वब्यापी प्रचार अभियान थाल्नु पर्छ.
अब ' क्रान्तिकारी' नया नेपाल बनाउने यत्रो अभियान मा हिटलरले तारो बनाएको यहुदी भन्दा खतरनाक बाहुन, क्षेत्री, दशनामी, सन्यासी आदिले सबैको भाग पुगोस भनेर आफ्नो सम्पूर्ण अधिकारको त्याग गर्नु पर्छ. हिजो अस्ति नेपाल छिरेका लगायत एक पुस्ता पनि नेपालमा न बिताएका हुन अथवा आफुलाइ आफै जनजाती, आदिवासी, मधेसी आदि बिभिन्न थरी मा विभक्त गरेका हुन , ति सबैको एकलौटी राजनीति र शासनमा उनीहरुको एकाधिकार को जय गाउनु पर्छ.
मलाइ लाग्दैन आम नेपालीले विभेदको बिरुद्ध विभेदकारी समाधान खोजेका छन. तर अहिले जुन खालको हुण्डरी मचाइएको छ र जस्तो उग्रताका साथ् बिरोध उरालिएको छ त्यसले आतंक र विभाजित मनस्थितिको खेति मात्र गरिरहेको छ. गाउँ घरमा जनता एकै साथ, उस्तै आत्मीयताका साथ बसेका छन. तथापी असल मनका मान्छे हरुलाइ अशक्त र असहाय बन्न बाध्य पारिएको यो विषम परिस्थितिमा - ' लौ एकलौटी गरी खाउ '- भन्नु भन्दा अरु उपाय देखिन मैले.
सुबोधराज प्याकुरेल,
बिराटनगर. हाल: ललितपुर.
०६८ बैसाख २८.
No comments:
Post a Comment